शिक्षामा बटुलेको अनुभव

शिक्षाको अर्थ जन्मदेखि मरणसम्मको सिकाई भनेर बुझ्दा फरक नपार्ला । २१ औं शताब्दीमा शिक्षा मानव जीवनको तेस्रो आँखा हो । जीवनलाई परिणाममुखी बनाउन शिक्षा आफैंमा महत्वपूर्ण हुन्छ । जल देख्दा जलविद्युत् देख्नु, जङ्गल देख्दा जडिबुटी देख्नु सबै घोकन्ते भन्दा सोचन्ते शिक्षाको उपलब्धि हो । शिक्षाले नै जीवनलाई व्यवसायिक, प्राविधिक, चारित्रिक र नैतिकवान बनाउँदछ । तसर्थ कस्तो छ त नेपालको शिक्षा ?

शिक्षा व्यवहारिकता र विकाससँग सिधै जोडिनुपर्ने विषय हो तर नेपालको शिक्षा अधिकांश ठाउँमा परम्परागत र घोकन्ते नै छ । उदाहरणको लागि एउटा वालक अथवा वालिका विद्यालयमा जान सुरु गर्दछ । अभिभावक वा शिक्षकहरुले जानी नजानी धेरै पढ्न पर्दछ, धेरै पढेपछि राम्रो–राम्रो जागिर पाइन्छ र पैसा पनि कमाइन्छ भन्ने सोचको विकास गरिदिएका हुन्छन् । विद्यालय पढुन्जेल चाहिने–नचाहिने भएजति सबै पढ्न लगाइन्छ र उर्जाशिल कलिलो उमेर अथवा काँचो माटो परिपक्व नहुँदै आफ्नो क्षमता अभिवृद्धिमाभन्दा अरुको दिन चर्यामा गफिँदा रमाउने समाजको कुरा सुनेर आफ्नो ईच्छाएको विषयभन्दा प्रतिष्ठा र पैसाको नाममा इन्जिनियर र डाक्टर पढ्छ र पढाइ सकाएपछि उसले आफ्नो क्षमता अनुसार काम पाउँदैन । र, उसले पढेका सिद्धान्तहरु सबै कितावमा मात्रै सिमित हुन्छन् । आफुसँगै पढेको साथी विदेशमा गाडि चढ्छ, आईफोन बोक्छ, पैसा देख्छ र व्यवहारिक शिक्षाको महत्व पनि बुझ्दछ । तर, त्यतिबेला ढिलो भइसकेको हुन्छ ।

भारत

नेपाल र भारतको पढ्ने पढाउने र सोच्ने शैली लगभग ७० प्रतिशत एउटै हो तर तिनै ३० प्रतिशतको व्यवहारिक ज्ञानले गर्दा आज भारतमा पढ्ने विद्यार्थी नाशामा काम गर्ने मध्ये ३७ प्रतिशत हिस्सा बन्न सफल छन् भन्ने विषय पनि अध्ययनहरुले देखाएका छन् ।

उद्योगहरू काफी मात्रामा छन् जसले गर्दा सिक्न चाहने सैद्धान्तिक शिक्षा पछि व्यवहारिक रुपमा प्रयोग गर्न चाहने विद्यार्थीहरूलाई सहजै ठुलाठुला उद्योग कलकारखानाको सुविधा छ । कलेज, युनिभर्सिटिहरूमा प्रयोगशालाहरू, पाठ्यक्रम अनुसार चाहिने जति सबै उपलब्ध छन् । जस्तो उदाहरणको लागि भर्खरै चन्द्रयान २ को सदस्य हामी पढेको विश्वविद्यालयवाटै थिए । भारतमा पनि नेपालमा जस्तै अभिभावकहरूले विद्यार्थी माथि दिने प्रेसर सिमित विषयहरू मात्र छनोट गर्ने सुविधा एउटै नै हो ।

अष्ट्रेलिया

जब म २ बर्ष अघि अष्ट्रेलिया आएपछि यहाँको पढ्ने तरिका युनिभर्सिटीहरूको खुलापन, परिक्षामा सबैकुरा किताब हेरेर लेख्ने शैली देख्दा लाग्थ्यो– किन होला यस्तो युरोपियेली राष्ट्रहरूमा शैक्षिक गुणस्तर हामी एसियाबाट आएकोहरूलाई अनौठो लाग्यो । तर, विस्तारै बुझ्दै गएँ । कक्षाकोठाहरूमा सिमीत विद्यार्थी ताकी शिक्षकको नजर सबैमा होस् । नेपाल र भारतमा धेरैजसो सौद्धान्तिक र कितावको ज्ञान दिईन्छ भने अष्ट्रेलियामा ल्यावहरूमा प्रयाक्टिकल, लेटेस्ट टेक्नोलोजीहरूबाट सिकाउने, अभिभावकहरूले बिद्यार्थीलाई भविस्य रोज्न र ईच्छाएको बिषय रोज्न खुल्ला छोडिदिन्छन् ताकि १८/२० बर्षको उमेर देखिनै पैसा कमाउन नयाँ नयाँ स्किल विकास गर्न सिक्छन् । गृहकार्य दिदाँ समूहकार्य दिने, प्रस्तुतीहरु, परियोजनाहरु लगायत बिभिन्न टाक्सहरू दिईन्छ र सबैको मूल्यांकन गरिन्छ । सेमेस्टर सकिने बेलामा मानौ १०० मा पास हुन ५० ल्याउनुपर्ने छ भने एसाईन्मेन्टमा ३० आएको छ भने अब पास हुनलाई मात्र २० भए पुग्ने व्यवस्था हुन्छ । यी र यस्तै प्रकारको विद्यालयमा र युनिभर्सिटीको सिकाई र ज्ञानले गर्दा बास्तविक जीवनको बजारमा पसेपछि समस्याको समाधान निकाल्न, तोकिएको जिम्मेवारीहरू पुरा गर्न, व्यवहारिक हुन, जीवनको कठिन यात्राहरूमा अविचलित भई जुध्न मद्दत पुग्ने देखिन्छ।

बास्तवमै यहाँ अष्ट्रेलियामा आएर पढ्ने, यहाँको जीबन शैली सँग जुध्ने, चाहे ती ‘दश जोड दुई’ सकेर आएको भाई–बहिनीहरू हुन्, चाहे ४० कटेसी रमाउन आएकाहरु । नयाँ स्वाद बास्तविक ‘ईन्डिपिन्डेन्स सर्भाईवल अफ लाईफ’ सिकाउँदछ ।

अन्त्यमा

प्राविधिक व्यवहारिक शिक्षा आजको आवश्यकता हो  वास्तविक जीवन जिउने शिलशिलामा आईपर्ने समस्याहरुको समाधान गर्नसक्ने क्षमता आफैंमा विकास गर्नुपर्छ । त्यसको लागि व्यवहारिक ज्ञान राज्यले शिक्षाको आधारदेखि नै तय गर्नु जरुरी छ । घरको धारा होस् अथवा विद्युत् प्रवाहमा समस्या आउँदा बनाउने सीप होस्, त्यस्तो खालको शिक्षा अपरिहार्य छ ।

चित्रकलाको सेतु

बेतलवी कुचिकार

Leave a Reply

Your email address will not be published. Required fields are marked *