ज्यानिस आन्तेतकुम्पो

पेटभरी खानको लागि सडकमा घडी बेच्ने देखि प्रति मिनेट ११ हजार ६ सय डलर  कमाउनेको एक जीवन । 

बास्केटबल खेलको सबैभन्दा ठुलो लिग हो एन बि ए ( न्यास्नल बास्केटबल एसोसियसन )। त्यस लिगमा सहभागिता जनाउने ३० टोलिका खेलाडी मध्य सबैभन्दा उत्कृष्ट खेलाडीलाइ प्रदान गरिने उपाधि हो एम भी पी ( मोस्ट भ्यालुयबल प्लियर )र उक्त उपाधि लगातार बिगत दुइ वर्ष देखि जित्ने खेलाडी हुन् ग्रिसका ज्यानिस आन्तेतकुम्पो। 

नाइजेरियाबाट उज्वल भबिस्य खोज्दै ग्रिस छिरेका आमाबाबुको दोश्रो सन्तानका रुपमा एथेन्समा सन् १९९४ डिसेम्बर ६ तारिखको दिन उनको जन्म भएको थियो ।  ग्रिसमा जन्म भएता पनि त्यहाको कानुनका आधारमा उनि र उनको परिवार ग्रिसको नागरिक बन्न अयोग्य थिए। १८ वर्ष को उमेर सम्म आन्तेतकुम्पो देश बिहिन सरणार्थीको जीवन भोग्न बाध्य थिए। नाइजेरियाबाट ग्रिस पुग्दा पनि उनका बाबु आमले बेरोजगारीको मार खेप्नु परेको थियो।  जसका कारण  परिवार पाल्नको लागि जियानस र उनका दाजुले एथेन्सका सडकमा चस्मा, घडी र झोला बेच्ने काम गरे।  स्पोर्ट्स इलिस्टेटर म्यागजिनलाई दिएको एक अन्तर्वार्तामा आन्तेतकुम्पो  भन्छन ” मेरा बा आमा दुवै अवैध आप्रवासी थिए, कसैलाई विश्वास गर्न सकिने अवस्था थिएन, छिमेकीहरु हामीलाई धेरै हल्ला-खल्ला गर्ने भन्दै पुलिसलाइ खबर गर्थे र सधै जसो पुलिसले हामीहरुसँग कागजातहरु माग्ने गर्थ्यो , हामीहरुलाई बाहिर निस्कन पनि डर लाग्दथियो।  त्यसैले हाम्रो परिवार एक अर्का संग धेरैनै नजिक थियौ।  मलाइ बाहिर निस्कन पनि असहज महसुस हुने गर्दथ्यो ।           

थुप्रै कठिनाइका बावजुत सन् २००७ देखि आन्तेतकुम्पोले वास्केटबल खेल्न सुरु गरे र सन् २००९ मा स्थानीय फिलाथिलिटीकोस क्लबको युवा टोलीमा पर्न सफल भए । त्यसको २ वर्ष पछि सन् २०११ नै उनि फिलाथिलिटीकोसको पहिलो टोलीमा छानिएका थिए ।  १८ वर्षको उमेरमा उनि स्पेनिस क्लब जराजोगामा आबद्ध भए तर उक्त वर्ष पनि  फिलाथिलिटीकोस कै लागि खेले र सन् २०१३ मा उनि एन बि ए ड्राफ्टमा समिल भए र मिल्वाकी बक्सले उलाई  ड्राफ्टको पहिलो चरणको १५ खेलाडीको रुपमा आफ्नो क्लबमा भित्र्यायो । मिल्वाकीले २०१३/१४ सिजनमा ठिक ठाक प्रदर्शन् गरेका आन्तेतकुम्पो संगको आबद्ध अर्को एक सिजनको लागि नविकरण गर्यो। लगातार आफ्नो प्रदर्शनमा सुधार गरेका आन्तेतकुम्पो २०१५ को फेब्रुवोरी महिनामा साताको उत्कृष्ट खेलाडी रुपमा पनि चुनिए र २०१६ सिजनमा लेकर्स बिरुद्धको खेलमा उनीले उनको जीवनको पहिलो ट्रिपल डबल ( २७  पोइन्ट, 12 रिबाउण्ड  र 10 अस्सिस्ट्स ) दर्ज गरे ।   त्यसपछि २०१६ सेप्टेम्बरमा मिल्वाकिले  १०० मिलिएन अमेरिकी डलर तिर्दै उनि संगको आबद्धता अर्को ४ वर्ष को लागि नबिकरण गर्यो।  त्यसपछि एक पछि अर्को ब्यतिगत रेकर्ड बनाउदै गए।  २२ वर्ष ७४ दिनका आन्तेतकुम्पोले सन् २०१७ को अलस्टार खेलमा सहभागिता जनाउदै मिल्वाकीको  इतिहासमा कम उमेरमा अल स्टार बन्ने खेलाडी बने। संगसंगै अल स्टार गेममा सहभागिता जनाउने पहिलो ग्रिक नागरिक पनि बने । सन् २०१६-१७ को रेगुलर सिजनमा उनको प्रदर्शन अझै सुधार हुदै गयो र उनले मोस्ट ईम्प्रुव्ड प्लेयेरको उपाधि पनि हात पारे।  उनले प्लेअफ़ खेल हरुमा पनि राम्रो प्रदर्शन गरे तापनि  मिल्वाकी ४-२ को हार बेहोर्दै टोरन्टो राफ़्टर्स संग ७ खेलको सिरिजमा पराजित हुन् पुग्यो।

आन्तेतकुम्पोले  सन् २०१७-१८ सिजनको सुरुवाती खेलहरुमा चमत्कारिक प्रदर्शन गरे।  आफ्नो खेल जीवनको एक माथि अर्को नया कीर्तिमानी रच्दै गए र लगातार दोश्रो वर्ष अल स्टार गेममा छनोट भए ।  उक्त सिजन पनि मिल्वाकीले प्लेअफ़ खेल्यो तर यो पल्ट पनि बोस्टन सेल्टिक संग पारजित भयो ।

सन् २०१८-१९ को सिजनमा मिल्वाकीले आफ्नो प्रशिक्षेकको कमान माइक बुडेन्होल्जेर लाइ दियो  र मिल्वाल्कोले लगातार सिजनको ७ सुरुवाती खेल जित्यो।  यसै सिजन मार्च १७ का दिन फिलड़ेल्फिया बिरुद्धको खेलमा आन्तेतकुम्पोले ५२ पोइण्ट स्कोर गर्दै आफ्नो एन बि ए जीवन कै सर्बश्रेष्ठ स्कोर गरे तर पनि खेल जिताउन भने सकेनन तर अप्रिल ४ का दिन भएको खेलमा ४५ पोइन्ट स्कोर गर्दै  उनले फिलड़ेल्फियासंग हारको बदला लिए र अलस्टार गेममा उनि उनको  टोलीको कप्तान बने । मिल्वाकी रेगुलर सिजनमा ६० खेलमा जित र २२ खेलमा हारको नतिजा निकाल्दै  इस्टर्न कन्फेर्न्सको पहिलो स्थानमा रहेर प्लेअफ़मा पुग्यो।  आन्तेतकुम्पोले उत्कृष्ट प्रदर्शन गरेपछि  मिल्वाकिले पहिलो चरणको सिरिजमा डित्ट्रोइड पिस्टन्स लाइ ४-० को सोझो खेल अन्तरले हरायो, सिजन मिल्वाकी इस्टर्न कन्फेर्न्सको फाइनलमा पुग्यो तर टोरन्टोसंग पराजित हुन पुग्यो र मिल्वाल्की को एन बि ए टाइटल जित्ने सपना अधुरो नै रह्यो।  तर ब्यतिगत रुपमा आन्तेतकुम्पोले  सिजनको अन्तिममा एन बि ए भरिकै सर्बोत्कृष्ट खेलाडि घोषित हुदै मस्ट भ्यालुएबल प्लिएरको उपाधि हात पारे र उक्त उपाधि जित्ने तेर्श्रो कम उमेरको खेलाडी पनि बने संगै यो उपाधि जित्ने पहिलो  ग्रिसको नागरिक बने । 

मिल्वाल्की र आन्तेतकुम्पोको  सन् २०१९-२० को सिजनको सुरुवात पनि उत्कृष्ट नै रह्यो। ६ फिट ११ इन्च अग्ला आन्तेतकुम्पोको एकपछि अर्को जादुमहि खेल प्रदर्शन गर्दै मिल्वाकीलाइ लगातार १८ खेल जिताए । रेगुलर सिजनको अन्ते तिर कोरोनाका कारणले एन बि ए का खेल केहि समयको लागि रोकियो फेरी सुरु गरिएको यो सिजन पनि मिल्वाकी बक्स  इस्टर्न कन्फेर्न्सको पहिलो स्थानमै रहन सफल भयो र प्लेअफ चरणको पहिलो सिरिजमा ओर्ल्यनडो म्याजिकलाइ पराजित गर्यो तर दोश्रो चरणको तेस्रो खेलमा घाइते बनेका आन्तेतकुम्पोले चौथो खेलमा खासै सहभागिता जनाएनन् र पाचौ खेलमा खेलेनन र मायामी हिटले सिरिज जित्यो। आन्तेतकुम्पोको सिजनको दुखत अन्ते भयो ।

सन् २०२० सेपटेम्बर  १८ मा लगातार दोश्रो पल्ट आन्तेतकुम्पोले एम भी पी उपाधि जिते । हाकिम ओलाजुओन र माइकल जोर्डन पछि लगातार दुइ सिजन उपाधि जित्ने खेलाडी बने । 

यसै डिसेम्बर १५ तारिखका दिन उनि संगको समौझौता फेरी ५ वर्षको लागि नबिकरण गर्न मिल्वाकी बक्सले  २२८.२ मिलियन डलर खर्च गर्यो। यो आज सम्मको वास्केटबल इतहासमा कुनै खेलाडीको लागि तिरिएको दोश्रो सर्बाधिक धनराशी हो । यो समौझौता अनुसार आन्तेतकुम्पोले एक सिजन ४५.६ मिलिएन डलर पाउने छन् भने कुनै खेल खेलुन वा नखेलुन प्रत्यक १ मिनेटमा उनले ११ हजार ६ सय डलर पाउने छन् ।  

म्याड्रिड डार्बि बराबरी

म्यानचेस्टर इज रेड

Leave a Reply

Your email address will not be published. Required fields are marked *