डिअर क्लासिकरमा बायर्न म्युनिखले जित्यो

बायर्न म्युनिखको घरेलु मैदान आलिआञ्ज एरिनामा खेलिएको बुरुसिया डोर्टमण्ड र  बायर्न म्युनिख बिचको खेल, जसले डिअर  क्लासिकरको उपनाम पनि पाएको छ, उक्त खेलमा बायर्न ४-२ गोल अन्तरले बिजयी  भएको हो । खेलको सुरुवाती ९  मिनेट नबित्दै पाहुना टोलि डोर्टमण्डका लागि नर्बेजियन टिनेज सेन्सेसन एर्लिंग हालाण्डले २ गोल गरेपछि दबाबमा देखिएको बायर्नले खेलमा उत्कृष्ट पुनरागमन गर्दै खेलको २६ औ मिनेटमा रोबर्ट लेवनडोस्किले बायर्नका लागि गोल गर्दै खेललाई २-१ को आवस्थामा ल्याए र लेवनडोस्किले नै  ४४ औ मिनटमा पाएको पेनाल्टिको मौका सदुपयोग गर्दै अर्को गोल गरेपछि खेल पहिलो हाफ २-२ बराबरीमा टुङ्गिएको थियो।  खेलको दोश्रो हाफमा निकैनै उत्कृष्ट प्रदर्शन गरेको बायर्नले खेलमा पकड जमायो र ८८ औ मिनेटमा जर्मन खेलाडी लियोन गोरेच्सकाले गोल गरेपछि खेल ३-२ आवस्थामा पुग्यो।  खेलको ९० औ मिनेटमा फेरी  रोबर्ट लेवनडोस्किले डि-बक्स बाहिरबाट गोल गर्दै आफ्नो ह्याट्रिक र बायर्नको  जित सुनिस्चित गरे।  यो जित पछि २४ खेलमा ५५ अंक जोड्दै लिग तालिकाको शिर्षस्थानमा कायम नै छ भने २४ खेल बाट ३९ अंक मात्र जोड्न सफल डोर्टमण्ड  तालिकाको छैठौ स्थानमा छ ।

म्याड्रिड डार्बि बराबरी

म्यानचेस्टर इज रेड

Leave a Reply

Your email address will not be published. Required fields are marked *