म्यानचेस्टर इज रेड

इङ्लीस प्रिमिएर लिग अन्तर्गत हिजो राति सम्पन्न म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटि बिचको खेलमा, युनाइटेडले २-० गोल अन्तरको जित निकाल्दै  सिटिलाइ स्तब्ध परेको छ। सबै प्रतियोगितामा लगातार २८ खेल र लिगमा लगातार २१ खेल जितेको सिटि आफ्नो घरेलु मैदानमा उसको चिर प्रतिद्वन्दी युनाईटेडसँग पराजित हुन पुगेको छ । 

खेल सुरु भएको ३४ सेकेन्ड मै सिटीका ग्याब्रियल जेसुसले युनाइटेडका एन्थोनी मार्सियाललाइ डी-एरिया भित्र लडाएपछि पाएको पेनाल्टीको सदुपयोग गर्दै ब्रुनो फर्नान्डेज खेलको पहिलो गोल गरे।  खेलमा पुनरागमन गर्न सिटीले थुप्रै प्रयास गरेतापनि युनाइटेडको अनुशासित डिफेन्सको आगाडी उसको केहि चलेन र पहिलो हाफ सम्म युनाइटेडले १-० को आग्रता काएम नै राख्यो। खेलको दोश्रो हाफ सुरु भएको ५ मिनेट अर्थात खेलको ५० औ मिनेटमा युनाइटेडका लागि लुक शले उत्कृष्ट गोल गरे र खेल २-० अबस्थामा पु-याए, खेलको बाँकी दोश्रो हाफ पनी पहिलो हाफ जस्तै हुनपुग्यो । सिटीले उसको खेल खेल्यो,सबै गर्यो,सकेको गर्यो प्रशिक्षक ग्वार्दिओलाले जानेका सबै तरिका अपनाए तर युनाइटेडका छिटा,बलिया र फुर्तिला खेलाडीका अगाडी सिटीको केहि चलेन। यो जित संगै युनाइटेडले यस सिजन ठुला खेलमा राम्रो खेल नखेलेको भन्दै आरोप लगाउने फुटबलका गुरुहरुलाई पनि स्तब्ध गर्यो । यो  म्यानचेस्टर  डार्बिको १८५ औ खेल थियो।  जस मध्ये य़ुनाइटेडले ७७ खेल जितेको छ, सिटीले ५५ खेल जित्दा बाकी ५३ खेल बराबरीमा सकिएको इतिहास छ।  तर यो सानदार जित पछि पनि  अंक तालिका मा भने २८ खेलबाट ५४ अंक जोडेको य़ूनाइटेड दोश्रो स्थानमा छ र समान खेलबाट सिटीले ६५ अंक जोडेको छ र अंक तालिकाको पहिलो स्थानमा काएम नै छ। अब लिगमा बाकी १० खेल मध्ये  य़ुनाइटेड ले सबै खेल जिते पनि उसको ८४ अंक हुने छ तर सिटीले ८५ अंक पुराउनको लागि बाकी १० खेल मध्ये ७ खेल मत्त्रै जिते पुग्ने अवस्था छ । यसरि हेर्ने हो भने सिटि लगभग लिग बिजेता  बन्ने पक्कापक्कि छ।  तर यो खेल जित्दै युनाइटेडले फुटबल समर्थकहरुलाई ‘म्यानचेस्टर इज रेड’ भन्ने संदेश दिन सफल भएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *