म्याड्रिड डार्बि बराबरी

गए राति संपन्न स्प्यानिस लिग अन्तरगत म्याड्रिड  डार्बि खेल १-१ को  बराबरीमा सकिएको छ । निकैनै प्रतिस्प्रधात्मक खेलमा घरेलु टोलि एथ्लेटिकोका लागि खेलको १५ औ मिनेटमा लुइस स्वारेजले उत्कृष्ट गोल गर्दै अग्रता दिलाएका थिए । दुवै टोलिले गोल गर्ने थुप्रै प्रयास गरेता पनि पहिलो हाफमा बाकी समयमा कुनै गोल हुन सकेन। दोश्रो हाफको खेल सकिन २ मिनेट अर्थात् खेलको ८८ औ मिनेटमा रिएल म्याड्रिडका लागि करिम ब्यनजिमाले गोल गरे र खेल १-१ को बराबरीमा ल्याउदै एथ्लेटिकोलाइ  रिएल संग १-१ अंक बाढ्न बाध्य बनाए।  यो स्प्यानिस लिगमा १६८ औ  म्याड्रिड डार्बि खेल थियो जस मध्य रिएल म्याड्रिडले ८९ खेल जितेको छ भने ३९ खेल एथ्लेटिकोले जित्त्दा बाँकी ४० खेल बराबरीमा सकिएको इतिहास छ। यो नतिजा संगै २५  खेल खेलेको एथ्लेटिकोको  ५९ अंक छ र तालिकाको पहिलो स्थानमा कायम नै छ भने २६ खेल खेलेको रिएलको ५४ अंक छ र लिग तालिकाको तेश्रो स्थानमा छ।  समान २६ खेल खेलेको बार्सिलोना ५६ अंक सहित अंक तालिकाको दोश्रो स्थानमा कायम छ । 

म्यानचेस्टर इज रेड

Leave a Reply

Your email address will not be published. Required fields are marked *