च्याम्पियन्स लिगबाट बाहिरियो युभेन्टस

गएराती सम्पन्न च्याम्पिएन्स लिग अन्तर्गतको पोर्चुगली टोलि पोर्तो लाई ३-२ गोल अन्तरले पराजित गरेता पनि अवे गोलको आधारमा इटलिएन जाएन्ट युभेन्टस प्रतियोगिता बाट बाहिरिएको छ।  यी  दुइ टोलि बिचको पहिलो लिगको खेल पोर्तोले उसको घरेलु मैदान द्रागाओ मा २-१ गोल अन्तरले आफ्नो पोल्टोमा पारेको थियो।  उक्त नतिजा पछि दोश्रो लिगगमा दुइ गोल को स्पस्ट नतिजा निकाल्नु पर्ने दबाब युभेण्टस माथि थियो।  खेल ३-२ गोलले जित्दा पनि स्पष्ट दुइ गोलको अन्तर निकाल्न नसक्दा युभेन्टस बाहिरिन पुग्यो भने पोर्तोले अन्तिम ८ मा आफ्नो स्थान पक्का गर्यो।  खेलको पहिलो हाफको १७ मिनेटमा पोर्तोका इरानियन खेलाडी मेहेदी तारेमीलाई युभेन्टसका टर्किश मेर्ह डेमिरल ले फल गरेपछि पाएको पेनाल्टी मार्फत पोर्तुग्लिस सेर्जियो ओलिविईयरा  गोल गर्दै पाहुना टोलि पोर्तोलाई अग्रता दिलाए।  अब स्पस्ट ३ गोलको नतिजा निकाल्नु  पर्ने  दबाब युभेन्टस माथि पर्यो ।  तर खेलको पहिलो हाफमा थप कुनै गोल भएन।  दोश्रो हाफ को खेल सुरु भए लगतै ४९ औ मिनेटमा घरेलु टोलि युभेन्टसका लागि फेड्रिको किएसाले गोल गरे र खेल १-१ को बराबरीमा ल्याए।  त्यसपछि खेलको ५४ नै मिनेटमा पोर्तोका मेहेदी तारेमी  रेड कार्ड खाएपछि पाहुना टोलि १० खेलाडीमा सिमित हुन् पुग्यो।  खेलको ६३ औ मिनेटमा  फेड्रिको किएसाले युभेण्टसका लागि दोश्रो गोल गरे र खेलमा युभेन्टसले २-१ को अग्रता कायम गर्यो।  २-१ को नतिजा खेल जित्न त् कफी थियो तर टाइ जित्न युभेन्टस  थप एक गोल गर्ने पर्ने थियो।  १० खेलाडीमा सिमित पोर्तो माथि युभेण्टसकाले गोल गर्ने थुप्रै सुनौला अवसर निकाले पनि निर्धारित खेल समयमा गोल गर्न असमर्थ भयो। टाइ ३-३ गोलको बराबरी थियो र अवे गोल पनि बराबी हुदा खेलमा ३० मिनेट अतिरिक्त समय थपियो। अतिरिक्त समय को ११५ मिनेटमा फेरी सेर्जियो ओलिविईयराले फ्रिकिक मार्फत गोल गरेपछि टाइ ४-३ को अवस्थामा पुग्यो अब युभेण्टसले टाइ जित्न थप २ गोल गर्ने पर्ने भयो तर ११७ औ मिनेटमा युभेण्टसका फ्रान्सेली खेलाडी अद्रिएन राबिओट ले एक गोल त गरे तर त्यो गोलले युभेण्टसले खेल जित्यो तर टाइ जित्न सकेन।  ४-४ को बराबरीमा सकिएको टाइमा पोर्तो ले युभेण्टस को घरेलु मैदान मा २ गोल गरेको र युभेण्टसले पोर्तोको घरेलु मैदानमा १ गोल मत्रै गर्न सकेकोले अवे गोलको आधार मा पोर्तो अन्तिम ८ मा पुग्यो भने युभेण्टस बाहिरियो ।  यो हार संगै क्रिस्टियानो रोनाल्डोको ३ फरक टोलि बाट च्याम्पिएन्स लिग जित्ने सपना यो बर्षको लागि आधुरो नै रहन पुग्यो । 

हिजोनै राति सम्पन्न दोश्रो खेलमा जर्मन क्लब बुरुसिया डोर्ट्मण्डले स्प्यानिस कल्ब सेभिल्ला माथि ५-४ गोल अन्तर को समग्र नतिजा निकाल्दै अन्तिम ८ मा आफ्नो स्थान बनाउन सफल भएको छ । पहिलो लेगमा ३-२ गोल अन्तरले बिजयी भएको अवस्थामा डोर्ट्मण्ड लाइ बराबरीको नतिजाले नै पनि टाई जित्नको लागि पर्याप्त थियो ।  उसको घरेलु मैदान सिग्नल इडुना पार्कमा खेल सुरु भएको ३५ औ मिनेटमा नर्बेजियन सुपरस्टार स्ट्राइकर एर्लिंग हालाण्डले  डोर्ट्मण्डको लागि पहिलो गोल गरे। त्यसपछि  पहिलो हाफको बाकी खेलमा कुनै गोल हुन सकेन। दोश्रो हाफको ४९ औ मिनेटमा हालाण्डले गोल गरे तर उक्त गोल भारले आस्विकृत गर्यो तर फेरी हालाण्डलाइ डि बक्स भित्र फल गरेको भन्दै पेनाल्टि दियो, हालाण्डले हानेको पेनाल्टी  सेभिलाका मोरक्कन गोलकिपर बोनोले छेके तर फेरी भारले बोनोले आफ्ना  दुवै खुट्टा गोल रेखाको बाहिर राखेको भन्दै फेरी पेनाल्टी हान्न भन्यो, यो पल्ट हालाण्डले गोल गरे।  यसरी नाटकीय तरिकामा हालाण्ड च्यम्पिएन्स लिग फुटबल  इतिहासमा सबैभन्दा कम उमेरमा २० गोल गर्ने र सबैभन्दा कम खेलमा २० गोल गर्ने  खेलाडीको दुइ कीर्तिमानी राख्न सफल भए र यो उनको यो सिजन च्याम्पिएनस लिगमा   १० औ गोल पनि थियो।  

खेलको ६८ मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै सेभिलाका मोरक्कन खेलाडी युसेफ एन  न्यासरै गोल गर्दै खेलमा पुनरागमन जनाउने संकेत दिए तर समग्रतामा टाई जित्न सेभिलालाइ अर्को ३ गोल गर्नु पर्ने थियो जुन कठिन थियो तर पनि सेभिलाले आफ्नो प्रयास जारि नै राख्यो र फल स्वरुप खेल सकिन केहि समय बाकी रहदा सेभिल्लाका लागि युसेफ एन  न्यासरै ले फेरी अर्को गोल गरे।  खेल २-२ गोलको बराबरीमा सकियो र समग्रमा डोर्ट्मण्ड ५-४ गोल अन्तरले बिजयी बन्यो र अन्तिम आठमा आफ्नो स्थान पक्का गर्यो ।    

म्याड्रिड डार्बि बराबरी

म्यानचेस्टर इज रेड

Leave a Reply

Your email address will not be published. Required fields are marked *