दहचोकमा स्पेक्ट्रमको कार्यशाला

फागु पूर्णिमाको अवसर पारेर काठमाडौंको दहचोकमा अवस्थित कालु पाण्डे मेमोरियल पार्कमा चित्रकला कार्यशाला सम्पन्न भयो । स्पेक्ट्रम आर्ट एशोसिएसनको आयोजनामा सञ्चालित कार्यशालामा विभिन्न कलाकारहरुले क्यानभासमा रङ्ग पोतेर फागु पूर्णिमा मनाएका थिए ।

संस्थाले स्थापनाकालदेखि नै नेपाली कलाको क्षेत्रमा योगदान दिँदै आएको र विगत सात वर्षदखि निरन्तर रुपमा फागु पूर्णिमामा चित्रकला कार्यशाला गर्दै आइरहेको संस्थाका अध्यक्ष इन्द्र श्रेष्ठले खोजपत्रलाई जानकारी दिनुभयो । 

कलाकारहरु इन्द्र श्रेष्ठ, रामकृष्ण थापा, इशान परियार, डि.वी राई, सविता डंगोल, दिपक महर्जन, महेश आचार्य र निशा श्रेष्ठले कार्यशालामा चित्र कोरी फागु पूर्णिमा मनाएका थिए । साथै, संस्थाका कानुनी सल्लाहकार चन्द्र महर्जनको लागि कार्यक्रममा उपस्थिति थियो ।

‘कलाकार–कलाकारबीच बसेर एक अर्कामा रङ्गको साटासाट तथा क्यानभासमा रङ्ग पोत्दै फागु पूर्णिमा मनाउनु अत्यन्त राम्रो हुने तथा यस्ता प्रकारको कार्यशालाले कलालाई विभिन्न ठाउँमा फैलाउन छुट्टै महत्व राख्ने छ ।’– संस्थाका सचिव तथा कलाकार इशान परियारले जानकारी दिए ।

यस्ता कार्यशालालाई आगामी वर्षहरुमा पनि निरन्तरता दिने बताउँदै अध्यक्ष श्रेष्ठ अगाडि थप्नुहुन्छ– ‘रङ्गको चाड भएको हुनाले यस्तो पर्वमा हामी ललितकलाकर्मीहरुका लागि यो विशेष हुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *