क्यानभासमा होली सम्पन्न

चैत्र १५ गते परेको होलीको पावन अवसरमा नेपाल आर्ट काउन्सिल बबरमहलमा कलाकारहरु जीवन राजोपाध्यय, विजय थापा, कृष्ण मानन्धर, डि.राम पाल्पाली, एन.बी गुरुङ्ग सम्मिलित भई कार्यशाला सम्पन्न भएको हो ।

नेपाल आर्ट क्लबद्वारा आयोजित उक्त कार्यक्रममा कलाकारहरु रंगहरुसँगै काम गर्ने र कलामा नै जीवन देख्ने भएकाले पनि यो आयोजनालाई महत्वका साथ लिइएको छ । प्रत्येक वर्ष होलीकै उपलक्ष्यमा यस्ता किसिमका कार्यक्रमहरु गर्दै जाने र उक्त कार्यशालामा बनेका चित्रहरुलाई कम्तिमा दुई वर्षभित्रमा जति सकिन्छ बढी मूल्यमा बिक्रि गर्ने र यदि दुई वर्ष भित्रमा बिक्रि गर्न नसकिएमा उक्त कलाका स्रष्टालाई नै फिर्ता दिने नेपाल आर्ट क्लबका अध्यक्ष सुदर्शन विक्रम राणाले जानकारी दिएका थिए ।

कार्यक्रमको समापनमा कलाकार र पत्रकारहरुबिच नेपाली कलाको उत्थान कसरी गर्न सकिन्छ भन्नेमा विचार गोष्ठि पनि भएको थियो । जसमा चित्रकारहरु र पत्रकारहरुबिच नेपाली कलालाई उत्थान गर्न कसरी अगाडि बढ्न सकिन्छ भन्नेमा विचार आदान प्रदान भएको थियो । जसमा नेपाली कलाकारहरुको बारेमा लेखिएका लेख‒रचनाहरु कलाकार स्वयंले नै अध्ययन गरी यसमा अझ सुधार गर्न सकिन्छ भन्नेमा सबैलाई उन्मूख गराउने कुराकानी भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *