गोदावरी साहित्य परिषदको स्रष्टा सम्मान कार्यक्रम

चैत्र २१ गते गोदावरी १३, झरुवावासी ललितपुरमा पुस्तकहरुको विमोचन तथा स्रस्टा सम्मान र रचनावाचन कार्यक्रम सम्पन्न भएको छ ।

गोदावरी साहित्य परिषदको आयोजनामा गोदावरी नगरपालिकामा साहित्य क्षेत्रमा लामो समय आफ्नो सक्रिय सृजना गरे वापत विष्णुप्रसाद न्यौपानेलाई मरणोपरान्त ‘गोदावरी भाषा‒साहित्य सम्मान’ नगद एघार हजार एक सय एक धनराशीबाट सम्मान गरियो  । त्यसैगरी नेपाली ललित कला क्षेत्रमा आफ्नो कला सृजना गरेर अघि बढेका युवा कलाकार सुरेम देशारलाई ‘गोदावरी कला सम्मान’ द्वारा नगद एघार हजार एक सय एक सहित सम्मान गरिएको थियो । आवरण चित्र सृजना गरेवापत कलाकार अनिल महर्जन सम्मानित भएका छन् भने नेपाली साहित्यका हस्ती नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य देवी नेपाललाई भूमिका लेखन सम्मान गरिएको थियो ।

पुस्तक विमोचन तथा स्रष्टा सम्मान रचना वाचन र चित्र तथा मूर्ति कला प्रदर्शनीका प्रमूख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत प्रसाद उपाध्ययज्यूको प्रमुख आतिथ्यमा सुसम्पन्न कार्यक्रममा परिषदका अध्यक्ष वशिष्ट अधिकारीद्वारा लिखित मदानी (गजलसंग्रह), सावित्री न्यौपानेको उनिउँको फूल (मुक्तक संग्रह), रत्न विरही घिमिरेको समयको रुमाल (छन्दकविता संग्रह) र गोदावरी साहित्य परिषदको विभिन्न गतिविवधि समेटिएको मुखपत्र ‘गोदावरी ’ समेत सार्वजनिक भएको थियो ।

कार्यक्रममा गोदावरी नगरपालिका भित्रको स्थानिय तथा राष्ट्रिय कलाकार सुरेम देशार, अर्जुन (नन्दबहादुर) देशार, दिलकुमार देशार, राजेन्द्र देशार, अनिल महर्जन र सृष्टि महर्जन लगायतले कला यात्राको क्रममा तयार पारेको विभिन्न भू‒दृश्य, पूराना मठमन्दिर, स्थानिय जनजीवन सम्बन्धी कला सृजना प्रदर्शनी गरेका थिए ।

गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनको विशेष अतिथि र परिषदका सदस्यका हिसावले अबको दिनको विकास भनेको भौतिक रुपमा बाटो बनाउँदैमा विकास हुँदैन, विकास हुन त कला र साहित्यका सर्जकलाई समेटेर अघि बढ्नु नै मुलभूत रुपमा पूर्ण विकास रहेछ भन्ने कुराको जानकारी दिनुभएको थियो ।

गोदावरी उद्योग वाणिज्य संघका अध्यक्ष जगनाथ महर्जनले सर्जकहरु आफ्नो सृजनालाई कसरी वजारीकरण गरेर अघि बढ्नु पर्छ, कला र साहित्य सृजना गर्ने सर्जकले जहिले अभावमा बाँच्नु पर्ने भएकाले यसलाई सहज बनाउन आप्mनो सृजनालाई संघको मार्फत केहीगर्न सकिने कुरमा जोड दिनुभयो ।

साहित्यकार देवी नेपालले भाषा र साहित्यलाई सम्मान गर्नुपर्छ र यहि सम्मानले नेपाली भाषाको संरक्षण हुने कुरामा जोड दिुनभयो ।

प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायज्यूले नेपाली साहित्यमा साहित्य संगसंगै कलालाई समेटिएर अघि बढ्नुपर्ने र एउटा विधाका स्रष्टाले अर्काे विधाका स्रष्टालाई सम्मान गर्नुपर्छ र यस प्रकारको कार्यक्रमले नै साहित्य विकासमा टेवा पु-याउने र समाज परिवर्तनमा यसले मूख्य भूमिका खेल्ने कुरामा जोड दिनुभयो ।

स्थानिय गायक जगमोहन वामीले वर्ष ८४ ले समेत आफ्नो रचना वाचन गर्नुभएको थियो ।

सुनगाभा साहित्य सदनका अध्यक्ष रामचन्द्र दाहालले नेपाली साहित्यमा गोदावरी साहित्य परिषदले आफ्नो स्थापनाकालको छोटो समयमा समेत यति धेरै सृजना निकाल्न सफल भएकोमा शुभकामना व्यक्त गर्नुभएको थियो ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *