नम्रताको पोल्टामा मिस नेपाल वल्र्डको उपाधि

काठमाडौं । लामो समयदेखि कोरोना संक्रमणको कारण सामाजिक दुरी कायम गर्ने, ठूलो सभा समारोहको आयोजन ागर्न नपाउने भनी सरकारले गरेको उर्दीका कारण यस वर्षको मिस नेपाल कार्यक्रम सिमित मानिसहरुको उपस्थितिमा सम्पन्न गराइएको छ ।


यस वर्षको मिस नेपालको उपाधि नम्रता श्रेष्ठको पोल्टामा गएको छ । शनिवार साँझ पार्क भिलेजमा २० प्रतिस्पर्धी वीच भएको कार्यक्रममा उनले यो उपाधि जित्न सफल भएकी हुन् ।
मिस नेपाल वल्र्डको ताज पहिरिन सफल नम्रता श्रेष्ठ, मिस नेपाल अर्थको उपाधि सुप्रिया श्रेष्ठ, मिस नेपाल इन्टरनेशनल २०२० सन्ध्या शर्मा र मिस नेपाल सुपरनेशनल २०२० को उपाधि सिमल कनौजियाले जितिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *