को जाला त सेमिफाइनल ?

खोज पत्र
खोज पत्र २३ भाद्र २०७८, बुधबार १५:५६
4 Min Read
Aa

युरोपियन च्याम्पिएन्स लिग अन्तर्गत आज राति दुई ओटा अन्तिम आठका खेलहरु हुँदैछन् । नेपाली समय अनुसार राति १२ः४५ बजेबाट सुरु हुने दुबै खेल अति रोमान्चक हुने देखिन्छ ।

लिभरपुर VS पोर्तो

यी दुवै पूर्व विजेता क्लब हुन् । पोर्तोले सन् २००४ मा च्याम्पियन्स लिगको उपाधि उचालेको थियो भने त्यसको एक वर्ष पछि सन् २००५ मा लिभरपुरले उपाधी उचालेको थियो । त्यसपछि यी दुवै क्लबले च्याम्पियन्स लिगको उपाधी जित्न सकेका छैनन् ।

गत वर्ष सम्पन्न भएको च्याम्पियन्स लिगको अन्तिम १६ चरणको प्रतिस्पर्धा गरेका यी दुवै क्लब यसपाली भने क्वाटर फाइनलमा भिड्दै छन् । गत वर्ष लिभरपुरले पोर्तोलाई उसको घरेलु मैदानमा ५–० को अन्तरले स्तब्ध तुल्याएको थियो । र, ‘रिट्न लेग’मा भने पोर्तोले लिभरपुरलाई ०–० को बराबरीमा रोकेको थियो । हाल सम्म यी दुवै बीच भएका ६ प्रतिस्पर्धामा पोर्तोले लिभरपुललाई हराउन सकेको छैन ।

गत वर्ष लिभरपुल च्याम्पियन्स लिगको उप विजेतामा चित्त बुझाउन बाध्य भएको थियो । लिभरपुर यसपालीको प्रमुख दाबेदार मध्ये एक टिम पनि हो । लिभरपुलले जर्मन च्याम्पिय वायर्न म्युनिखलाई समग्रमा ३–१ ले पाखा लगाउँदै क्वाटर फाइनल प्रवेश गरेको हो । उता पोर्तोले पनि आफुभन्दा केही बलियो मानिएको इटालियन महारथी रोमालाई ४–३ ले पराजित गर्दै क्वाटर फाइनलको यात्रा तय गरेको हो । हाल सम्म लिभरपुलले प्रतिस्पर्धा गरेका १४ वटा च्याम्पियन्स लिगको क्वाटर फाइनल खेलमा १० वटामा जित निकाल्दै सेमिफाइनल पुगेको बलियो रेकर्ड छ । पोर्तोले भने च्याम्पियन्स लिग क्वाटर फाइनलमा आज सम्म ७ पटक आफ्नो उपस्थिति जनाउँदा २ पटक मात्र सेमिफाइनल पुगेको रेकर्ड छ । यो ‘टाइ’ को पहिलो खेल लिभरपुलको गृह मैदान एनफिल्डमा हुँदै छ । यसरी हेर्दा लिभरपुलको पल्ला पोर्तोमाथि केही भारी देखिन्छ ।

हेर्न लायक खेलाडीहरुः

लिभरपुलः मोहम्मद सालाह, साडियो माने, भर्जिल भ्यान डिज्क

पोर्तोः मौसा मरेगा, जीसस मैनुएल कोरोना, एडर मिलिटाओ ।

टोटेनह्यम VS म्यानचेस्टर सिटी

इंगलिस प्रिमियर लिगको उपाधिका लागि विगत केही  वर्ष देखि घम्साघम्सी गरी राखेका यी दुई क्लब च्याम्पियन्स लिगमा भने पहिलो पटक आमने सामने हुँदैछन् । यसपाली क्वाटर फाइनलमा पुगेका मध्ये यी दुई टोली मात्र यस्ता हुन् जसले एउटा पनि च्याम्पियन्स लिगको उपाधि उचालेका छैनन् । इंगलिस प्रिमियर लिगमा यो वर्ष यी दुई क्लब वीच एक खेल भएको छ । जसमा सिटी १–० ले विजयी भएको थियो । अन्तिम १६ को खेलमा यी दुवैले जर्मन क्लबलाई पराजित गरेका हुन् ।

टोटेनह्यामले बोरुसिया डर्टमन्डलाई समग्रमा ४–० ले पराजित गरेको थियो भने सिटीले अर्को जर्मन क्लब साल्के लाई समग्रमा ७–० ले स्तब्ध पारेको थियो । आज सम्म टोटेनह्यामले मात्र २ पल्ट च्याम्पियन्स लिगको क्वाटर फाइनलमा सहभागिता जनाएको इतिहास छ । यी दुई खेल मा मध्ये १ मा जित निकालेको थियो भने अर्कोमा हार व्यहोरेको थियो । त्यस्तै सिटीले पनि जम्मा जम्मी २ पल्ट मात्र च्याम्पियन्स लिगको क्वाटर फाइनलमा आफ्नो उपस्थिति जनाएको छ । सिटी गएको वर्ष लिभरपुलसँग पराजित भएको थियो भने २०१५/२०१६ को सिजनमा पेरिस सेन्ट–जर्मेन लाई पराजितगर्दै सेमिफाइनल सम्मको यात्रा तय गरेको थियो । पहिलो लिगको खेल टोटेनह्यामको भर्खरै निर्माण सम्पन्न भएको रङ्गशालामा हुँदैछ ।

सिटी प्रिमियर लिगको पहिलो स्थानमा छ भने टोटेनह्याम तेस्रो स्थानमा छ । यी दुवै क्लबलाई यसपालीको च्याम्पियन्स लिगको दाबेदार मानिएको छ । अब हेर्न यो बाँकी छ कि बाजी कसले मार्ने छ !

हेर्न लायक खेलाडीहरुः

म्यानचेस्टर सिटीः सर्गियो अग्युरो, रहिम स्टेरलिङ, बर्नाडो सिल्भा

टोटनह्यामः ह्यारि केन, सन ह्युङ–मिन, क्रिस्चियन एरिक्सन

प्रतिक्रिया दिनुहोस्