तीनमुखी रुद्राक्ष र यसको महत्व

खोज पत्र
खोज पत्र २४ माघ २०७६, शुक्रबार ०६:००
5 Min Read
Aa

के तपाइँलाई तीनमुखी रुद्राक्षको बारेमा थाहा छ? यदि छैन भने केही कुरा थाहा पाइराखौं ।

गोलो, खस्रो, कडा र लामो समयसम्म रहने अमला वा ओखर आकारको तिमीला खाले काँडे फल नै तीनमुखी रुद्राक्ष हो । यो मूलत बीज÷बियो हो।। यसको बीजमा तीन वटा ठाडा रेखा (Vertical Lines) हुन्छन् जसलाई तीनमुखी भनेर जान्निछ। यो रुद्राक्षलाई वैज्ञानिक भाषामा इलियोकार्पस गेनिट्रस(Elaeocarpus ganitrus) बाट जान्निछ ।

वैदिक सनातन धर्ममा तीन मुखी रुदाक्षलाई  ब्रह्मा, विष्णु र महेश्वरको प्रतिक मानिन्छ । यसलाई इच्छा, ज्ञान, कर्मका साथै अन्तरिक्षमण्डल, वायुमण्डल र धर्तिमण्डलसँग जोडिएको छ । विशेषगरी रङ्ग, गुण, स्वभाव सबैमा तीन तत्व अवस्थित छन् । नीलो, रातो र घिउ रङ्ग/प्रकाश, गुणमा पनि सत्व, रज र तम त्यस्तै गरी स्वाभवमा पनि उग्र, मध्यम र मन्द, नाडिमा पनि आद्य, मध्य र अन्त्य हुन्छ। त्यस्तै यसले तीन तत्व (ब्रह्मा, विष्णु र महेश्वर), (ठोस, तरल, ग्यास), (आकाश, वायु, धर्ति), (इलक्ट्रोन, प्रोटोन, न्युट्रन), (स्थुल, सूक्ष्म र कारण शरीर), (स्वचालित, सञ्चालित, परिचालित) पनि इंगित गर्छ ।

तीन मुखी रुद्राक्षलाई तेर्जोमय अग्निको प्रतिक मानिएको छ । यसको संचालक मंगल ग्रह वा रातो प्रकाश(Red Light) हो । यसको सम्बन्ध जन्म कुण्डलीको तेस्रो भाव कर्म, पराक्रम र सहजतासँग जोडिएको छ । यो रुद्राक्षको धारणले जस्तो सुकै कर्मलाई  पनि शुद्धि गराउन सकिन्छ। जसरी अग्निले सबै चीजलाई आफ्नो तापले शुद्ध गर्दछ, त्यसैगरी यो रुद्राक्षको प्रभाव शुद्धिकरणको लागि प्रभावकारी मानिन्छ । यसले चित्त शुद्धि गराउँछ । यसको धारणले मनुष्य कालमा गरेका गलत कार्यको समिक्षा गर्नुका साथै वर्तमान र भविष्यमा फरि त्यस्तो नगर्ने अठोटको विकास पनि हुन जान्छ ।

तामसिक प्रवृत्ति भएका मानिसले यो रुद्राक्ष धारण गरेमा विशेष लाभ मिल्छ । यो रुद्राक्ष धारण गर्नुपूर्व ‘ॐ क्लीं नमः’ भन्ने बीजमन्त्र १०८ पुरश्चरण गरेर शुक्ल पक्षको सोमवार वा मंगलबार लाभ अथवा अमृत वेलापारि धारण गर्नाले पूर्ण रुपमा प्रभाव पर्न जान्छ ।

विभिन्न अध्ययन अनुुसन्धानहरुबाट यसमा विधुत् चुम्बकीय, अर्ध चुम्बकीय तथा औषधीय गुण भएको पुष्टि भएको छ। इन्टरनेशनल यूनिवर्सिटी फ्लोरिडाका वैज्ञानिक डेविड लीका अनुसार यो रुद्राक्षले विधुत् शक्तिकोआवेशलाई संचित गरी चुम्बकीय तत्वकोको विकसित गरी डाइ इलेक्ट्रिक गुणको  प्रतिपादन गराउँछ।

तीन मुखी रुद्राक्षको बायोकेमिकल टेस्टमा सोडियम, पोटासियम, सिलिकन, कोबाल्ट, जस्ता, निकेल, फलाम, म्यागनिज, फस्फोरस, एल्युमिनियम, क्याल्सियम जस्ता तत्व भेटिए । यी तत्वका कारण यसको घनत्व बढी हुनका साथै यो पानीमा राख्दा डुब्छ । अनुुसन्धानकर्ताका अनुसार तीन मुखी रुद्राक्षमा ब्याक्टेरिया, भाइरस एवम् फंगस प्रतिरोधी गुण पाइन्छ। यसमा क्यान्सर प्रतिरोधी क्षमता पनि हुन्छ। चीनमा गरिएको अध्ययन अनुसार तीन मुखी रुद्राक्ष यिङ्क—यांँङ्क ऊर्जा बीच सन्तुलन कायम राख्न सहयोग गर्छ ।

आयुर्वेद विज्ञानमा तीनमुखी रुद्राक्षलाई महाऔषधिको रुपमा लिइन्छ। यसमा उष्ण तथा अम्लयुक्त हुने भएकाले वाथ तथा कफ रोग हटाउने गुण यसमा हुन्छ। यसमा भिटामिन सि पाइने  हुदाँ रगत बढाउन, सफा गर्न र रक्तविकार नासगर्न उपयोगी छ। यो रुद्राक्ष धारणले ज्वरो,उत्जेना,अनिन्द्रा, भूतवाधा, शारिरिक दुर्वलता, डर (Phobia),पेट र छालाको रोग निवारणमा सहयोग पुग्दछ। यसका साथै यो मुटुरोग, रक्तचाप, रक्तदोष, प्लेग, चेचक, पाचन समस्या र कोलेस्टोल नियन्त्रणका लागि पनि लाभदायक हुन्छ । यसले स्नायु प्रणालीमा पनि प्रभाव पार्नुका साथै न्यूरो ट्रन्समीटर्सको प्रवाहलाई सन्तुलनमा राख्छ । यसरी तीनमुखी रुद्राक्षको माला धारण गर्नाले मानिसको शरीरमा प्राणको नियमन भै कैयौं प्रकारका शारीरिक तथा मानसिक विकारबाट रक्षा हुने गर्दछ। तीनमुखी रुद्राक्ष धारणको प्रभावले व्यक्ति स्वस्थ तथा सक्रिय रहन्छ, आत्मविस्वास, बल, इच्छाशक्ति तथा ऊर्जा शक्तिमा वृद्धि हुन्छ, खेलकुद क्षेत्रमा सफलता प्रदान गर्छ । विशेषत विधार्थीको लागि अति नै उपयोगी छ।

जातकको जन्म समयमा मूल वा अश्लेषा भेटेमा, मांगलिक भएमा, गण्डान्त दोषको प्रभाव कम गर्नु परेमा पनि तीनमुखी रुद्राक्ष धारण गर्न सकिन्छ । यस रुद्राक्षको प्रयोगको प्रभावले आत्मशान्ति, आत्मा शुद्धि,  ज्ञानी, वाणीमा मधुृृरता, धैर्य, मेहनती, धामी, गति, दिर्घायु, पारिवारिक जीवनशक्ति, तेज, यश, पराक्रम, साहस, तार्किविश्लेषण, नेतृत्व क्षमताको अभिवृद्धि गर्छ ।

तीनमुखी रुद्राक्ष धारणले भौतिक स्तर, मानसिक  स्तर र अध्यात्म स्तरको सन्तुलन गराउनुका साथै लग्न कुण्डली, चन्द्र कुण्डली र सूर्य कुण्डलीको जागरण पनि गराउँछ। यसको धारणले मानिसको आभामण्डल,चक्र र ग्रन्थीलाई सन्तुलनमा राख्दछ। अन्तश्वचेतना जागरण, तन्त्र, मन्त्र, यन्त्र र योग सिद्धिका लागि पनि यसको विशेष महिमा रहेको छ।

चेतन नेपाल, जीव-भौतिकशास्त्री तथा ज्योतिर्विद्

प्रतिक्रिया दिनुहोस्