कृषकका समस्या समाधानमा आधुनिक प्रविधि

खोज पत्र
खोज पत्र २५ बैशाख २०७८, शनिबार ०६:००
10 Min Read
Aa

जिओ कृषि एप के हो ?

एउटा अनुसन्धान अनुसार नेपालका कृषकहरूले उत्पादन गर्ने प्रमुख बाली जस्तै धान मक्कै गहुँ र आलुमा उत्पादन गर्ने क्षमता भन्दा ४०-६०% कम उत्पादन गर्दछन् । अन्न बालीमा नेपालको उत्पादकत्व दक्षिण एशिया कै सब्बै भन्दा थोरै रहेको छ । साथसाथै विश्व बैंकद्वारा एक प्राविधिक ले २५०-५०० किसान सम्मलाई गुणस्तरीय सेवा दिन सक्छ भनेको छ तर नेपालमा एक जना प्राविधिकले लगभग २५०० कृषकलाई सेवा दिइरहेका छन्

यी दुवै पक्षलाई नजिकैबाट नियालेर हेर्दा नेपालका कृषकहरू माझ सूचनाको पहुँचमा कमी भएको छरपष्टै देखिन्छ । उत्पादन गर्ने किसान तथा कृषि मूल्य शृङ्खलामा संलग्न रहेका विभिन्न निकायहरूलाई एउटै सूत्रमा गाँस्ने एउटा डिजिटल प्रविधि हो जियोकृषी। कृषि मूल्य शृङ्खलामा कार्यरत विभिन्न अभिनेता बिच सूचना तथा प्रश्नको आदान प्रदान गर्ने डिजिटल platform मध्ये कृषकको उत्पादन र उत्पादनको गुणस्तर वृद्धि गर्ने एउटा अंग हो जिओ कृषि फर्म एप।

एन्ड्रोइड मोबाइलमा आधारित यस एप ले एउटा डिजिटल कृषि परामर्श सेवाको भूमिका खेल्दछ र एउटा सामान्य कृषकलाई आवश्यक योजना देखी बिक्री वितरण सम्म चाहिने सम्पूर्ण जानकारी यस एप ले कृषकको हात हातमा पुर्याउँछ । यसको मुख्य उद्देश्य भनेको हरेक कृषकलाई सही सूचना, सही समयमा र सही तरीका बाट प्रशारण गरी उसलाई बाली उत्पादन बारे निर्णय लिन सहज गर्नु हो।

यसले कसरी काम गर्छ ?

जिओ कृषिले अन्य एप काे तुलनामा कृषकको बाली योजनामा रहेर केन्द्रित सूचना हरु निर्वाह गर्दछ ।

यस एप ले सर्वपरथम हरेक कृषकको परिचय, खेतको जानकारी र बाली योजनाको बारेमा डाटा संकलन गरी हरेक कृषकको डिजिटल प्रोफाइल स्थापना गर्छ । कृषक काे हो, उसको ठगाना कहाँ छ, उसको खेत कहाँ छ, कति क्षेत्रफलमा छ, उसले कुन बाली लगाउँदै छ, कहिले र कति जग्गामा उत्पादन गर्ने योजना मा छ भन्ने बारे जानकारी प्राप्त गरी सिस्टमले सुसंकृत सूचना किसान समक्ष पस्कने गर्दछ ।

यस पश्चात जिओ कृषिले कृषकको खेत मा कुन बाली उत्पादन गर्दा सुहाउने देखी त्यस बाली उत्पादन गर्दा कसरी रोप्ने, खेत तयारी कसरी गर्ने, बाली व्यवस्थापन कसरी गर्ने जस्ता आवश्यक सम्पूर्ण जानकारी पनि किसान समक्ष पुर्याउने काम गर्दछ।  यस बाहेक यसमा किसानको खेतको ठेगानाको ५ दिन सम्मको मौसम पूर्वानुमान, नजिकैको बजार केन्द्रको मूल्य सूची र किसानको लागि गतिविधि रेकर्ड गर्ने डायरी पनि यसैमा सम्मिलित छ।

यस एपले कुन बालीमा कति जग्गामा कुन बाली चरणमा कति मल हाल्ने देखी त्यस बालीमा सम्भावित मुख्य रोग र किराको सूची सँगै व्यवस्थापन गर्ने विधिको बारेमा तस्वीर सहित लखिएको हुन्छ । अझ किसानले रोग कीरा चिन्न सकेन भने उसले एप मार्फत नै रोग लागेको अंगको फोटो सहित शीर्षक र विवरण लेखी विज्ञहरुलाई पठाउन पनि सक्छन्। कृषकको प्रश्नको उत्तर भने विज्ञहरुले एप मार्फत नै दुई देखी तीन दिनमा दिने छन् ।

कस्ता खाले किसानलाई यसले फाइदा पुग्दछ ?

यस एपले साना देखी व्यवशायिक रूपमा कृषि गर्ने सबै कृषकलाई समेट्ने प्रयत्न गरेको छ। यसमा कृषकको कुनै पनि वर्गीकरण नगरेको भएकोले कृषक ले आफूलाई आवश्यक र अनुकूल जानकारी एप मार्फत आफै प्रयोग गर्न सक्ने छन्

यो एप कसको सहयोगमा आएको हो ?

जिओ कृषि एप थापाथली मा अवस्थित Pathway Technologies and Services Pvt Ltd र Digital Data for Sustainable Development (DDSD) को सहकार्यमा स्थापना भएको हो । २०१७मा भएको USAID द्वारा आयोजित Digital Data Farming Competition मा पनि जियो कृषिले प्रथम पुरस्कार जित्न सफल भएको थियो। देश भरका किसानहरू सँग अनार्वर्ता गर्दै र धेरै विज्ञहरु सँग सुझाव पछि विभन्न संस्करण  पश्चात अहिलेको एप किसान समक्ष उपलब्ध भएको हो ।

यो एप निशुल्क हो कि सशुल्क हो ?

एउटा सामान्य किसानकाे लागि यो एप डाउनलोड गरी प्रयोग गर्न पूर्ण रूपमा निशुल्क छ । अहिलेको लागि प्रयोग गर्न अथवा कुनै सेवा लिन कृषकलाई कुनै प्रकारको शुल्क बुझाउन पर्ने छैन।

संस्थाको दिगोपनको लागि जिओ कृषिले विभिन्न कृषि सहकारी, कृषि संस्था तथा स्थानीय सरकार संग पनि हातेमालो गर्दै आएको छ। साझेदारी पछि जिओ कृषिका प्राविधिकहरुले जिओ कृषि फार्म मात्रै हैन, सहकारीलाई हुने जिओ कृषि वेब एप पनि प्रयोग गर्न सहज बनाउने छ।

त्यसमा तिरिएको पैसा कहाँ जान्छ ? र, त्यो पैसा के मा प्रयोग हुन्छ ?

अहिलेको लागि जिओ कृषिले कुनै पनि किसान सँग शुल्क लिएको छैन भने कृषि सहकारी सँग साझेदारी गरेपछि सहकारीमा आबद्ध किसान हरुलाई निशुल्क मा सेवा सुविधा दिँदै आएको छ। एक वर्ष पश्चात एप काे बाली बारे जानकारी थप्न, विज्ञ सेवा निरन्तर गर्न र एपमा आवश्यक मर्मत गर्न एउटा न्यूनतम शुक्ल प्रस्ताव गर्ने योजना भने आवश्यक छ ।

अहिलेसम्म कतिवटा नगरपालिकाले यसको प्रयोग गरिरहेका छन् ?

जिओ कृषिले अहिले सम्म २५०० किसानलाई सेवा दिन सफल भएको छ र यो देशको सातै वटा प्रदेशमा पुग्न सफल भएको छ। अहिले सम्म देशका तीन नगरपालिका तथा दुई गाउपालिकाले भने जिओ कृषि सँग औपचारिक रुपमै कृषक हरुलाई सेवा दिने सम्झौता गरी सकेको छ ।

यसको सवल पक्ष के के छन् ?

नेपालका सामान्य देखी व्यवशायिक कृषकलाई आवश्यक पर्ने सम्पूर्ण जानकारी यस एप मा संलग्न गरिएको छ । यो एप पूर्ण रूपले नेपाली भाषामा निर्माण गरेको हुँदा यो एप सामान्य लेख पढ गर्न सक्ने कुनै पनि सामान्य किसानले प्रयोग गर्न सक्ने छन् । यो एप एकदमै हलुको छ र किसानले प्रयोग गर्न सामान्य एन्ड्रोइड फोनमा पनि सजिलै चल्छ । यो एपलाई प्रयोग गर्न किसान हरुलाई इन्टरनेटको आवश्यकता पर्ने छैन। यो एपमा केवल ३ चोटी इन्टरनेटको आवश्यकता पर्ने छ: डाउनलोड गरेपछि खेत र बाली थप्न, दैनिक रूपमा मौसम र बजार मूल्यको जानकारी लिन र विज्ञ समक्ष रोग किराको फोटो खिचेर पठाउन मात्रै इन्टरनेटको आवश्यकता पर्ने छ। नत्र यस एप का अन्य सुविधाहरूको लाभ लिन डाटा बिना नै सम्भव छ। यदि किसानले डाटा खोलेरै यो एपको प्रयोग गरेमा एक वर्ष भरीमा यस एपले जान्न २५० MB लिनेछ, त्यो भनेको लगभग वार्षिक रूपमा रु १००  मात्रै हो।

यसमा सुधार गर्नुपर्ने पक्ष अझै केही बाँकी छन् भने के के छन् ?

हामी निरन्तर रूपमा किसान बाट प्रतिक्रिया लिन अग्रसर छौं। यस एपका मुख्य प्रयोगकर्ता किसान भएकाले कृषक मैत्री कसरी बनाउने सकिन्छ र किसानलाई प्रयोग गर्न अझै कसरी सहज गर्न सकिन्छ भनेर यो एपमा हामी सानातिना सुधार गरिरहेका हुन्छौ। आउँदो संस्करणमा बाली सँगै गाई-वस्तुको जानकारी जोड्नु साथै किसानलाई बजार सँग कसरी जोड्ने भन्नेमा पनि हामी अनुसन्धान गर्दै छौं।

के किसानहरु यस्तो खाले एप चलाउन सक्छन् ?

कुनै पनि नयाँ प्रविधिको उपयोगिता त अवश्य नै जटिल हुने गर्दछ र किसानहरुलाई नयाँ प्रविधि समक्ष आकर्षण हुन्छ भन्ने कुरा पनि छैन । तापनि अहिले सम्म चलाउन सिक्नु भएका किसानहरूले यो एप प्रयोग गर्न त्यति गर्हो भने मान्नु भएको छैन । फेसबुक टिक टक जस्ता एप प्रयोग गर्न युवा कृषक ले सजिलै यो एप प्रयोग गर्नु भएको छैन तर अलि उमेर भएका तथा डिजिटल प्रविधि सँग अनविज्ञ भएका पको किसान लाई एप बारे सिक्न अलि समय लागेको छ।

दुर्भाग्यवश नेपालमा कृषकहरू माझ स्मार्टफोनको पहुंच कम भएको कारण यस एप सबै किसानको हात हातमा पुग्न सकेको छैन। तर हरेक घर मा भने एउटा स्मार्ट फोन अवश्य पुगेको छ, त्यसै कारणले हरेक किसानले यसको प्रयोग गर्न नसके पनि यस एप र यसका सुविधाको बारे ज्ञान भयो भने परिवारका सँग सदस्य बाट पनि यस एपको लाभ उठाउन सक्ने छन्।

नजान्ने किसानहरुलाई कसरी सेवा प्रदान गरिएको छ ?

आबद्ध सहकारी र सहकारीमा आबद्ध सदस्य किसानलाई हामीले विशेष तालिमको व्यवस्था गरेका छौं र सहकारीका कृषि प्राविधिकलाई अझै विस्तृत तालिम पनि दिने गरेका छौं। कुनै नयाँ किसानले हाम्रो Youtube मा भएको भिडियो बाट पनि एक प्रयोग गर्ने तरिका सिक्न सक्छ। साथ साथै हरेक आबद्ध भएको किसानलाई हामीले हाम्रो call center बाट फोन गर्नेछौं र प्रयोग गर्न गर्हो भएमा हाम्रो Viber र WhatsApp group मा सामेल गरी कुनै समस्या भए त्यसको तुरुन्तै निदान पनि गर्ने व्यवस्था छ।

किसानले आफ्नो उत्पादन राम्रो मूल्यमा बेच्न सक्ने अवस्था यस एपले कसरी सिर्जना गर्दछ ?

जिओ कृषिले किसानलाई कुनै पनि बालीको तत्कालीन खरिद र बिक्री मूल्य कति छ भन्ने जानकारी दिँदै उसको बजार प्रतिको ज्ञान र मूल्य निर्धारण गर्न सक्ने क्षमता लाई बलियो बनाउँदछ ।

यस एपले किसानलाई प्राङ्गारिक उत्पादन शैली तर्फ प्रेरित गर्छ र किसानले यस एपबाट उत्पादनलाई बढाउन तथा रोगहरुको नियन्त्रण गर्न सहयोग प्राप्त गर्न सक्छन् ।

यसले कतिवटा बालीलाई समेट्दछ ?

हालको लागि यसले अन्न तरकारी मसला र फलफुल गरी १८ वटा बालीलाई समेटेको छ र आउँदो दिन हरुमा थप बाली सँगै गाई वस्तु थप्ने प्रक्रियामा छ।

 

कस्ता किसिमका समस्या समाधान गर्न यसले मदत गर्दछ ? कसरी ?

यसले बाली उत्पादनको कुनै पनि जिज्ञासालाई सरल तरिकाले समाधान गर्ने उद्देश्य लिएको छ । कुनै पनि बाली कसरी उत्पादन गर्ने देखी बालीमा के के रोग तथा किराको प्रबल सम्भावना छ  भन्ने सूची पनि यस एपमा समावेश गरिएको छ। यस एपले कुन बाली मा कुन कुन रोग तथा किराको प्रकोप सबै भन्दा बढी छ, कसरी चिन्ने, के हामी पुर्याउँछ र व्यवस्थापन कसरी गर्ने भन्ने जानकारी पनि दिने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्