कलापरिषदमा नयाँ तरङ्ग

खोज पत्र
खोज पत्र ११ आश्विन २०७८, सोमबार ०५:२६
2 Min Read
Aa

नेपाल कलापरिषद बबरमहलमा अशोज ९ देखि ११ सम्म ‘भाइब्रेसन’नाम दिइएको तीन दिवसीय एकल चित्रकला प्रदर्शनी भइरहेकोछ । नेपालको वरिष्ठ आँखा विशेषज्ञ डा. सविना श्रेष्ठले करिब तीन वर्ष लगाएर तयार पार्नुभएका चित्रहरुलाई प्रदर्शनीमा राखिएका छन् ।
करिब १०० भन्दा बढी विभिन्न विधाका कलालाई एकै ठाउँमा राखि गरिएको उक्त कला प्रदर्शनीले प्राकृतिका चित्रहरु, प्रेमका चित्रहरु, पानीकाचित्रहरुका साथै दृष्टि विहिनीका लागि समेत तयार पारिएको एक चित्र प्रदर्शनीमा राखिएको छ । दृष्टिविहिनहरुको लागि पनि चित्रकला सिर्जना गर्नुपर्छ भन्ने प्रेरणा तपाइलाई कसरी आयो भन्ने प्रश्नमा उनको जवाफ थियो–‘म आफैं आँखाको डाक्टर, दृष्टिविहिनहरुसँग मेरो नजिकको सम्बन्ध छ नि ! उनिहरुको लागि पनि त चित्र कोरिनुपर्छ भन्ने लागेर बनाएको हुँ । त्यस चित्रलाई छामेर महसुस गर्न सकिन्छ ।’


कलाकै साधना गरेर बनाइराख्ने कलाकारहरुले जत्तिकै उनको चित्रकलामा पनि निखारता आएको अग्रज कलाकारहरुको भनाइ रहेको छ । कलाको शिक्षा विनानै बनाइएका उक्त चित्रकला प्रदर्शनीमा आउने सबैका लागि पनि मन्त्रमुग्ध पार्न सफल हुने खालका छन् । प्रदर्शनको अवलोकन गर्न आएका कलाकाहरुको भनाइमा उनको कलामा निखारता पाइन्छ ।

उक्त प्रदर्शनीमा राखिएका चित्रहरुमध्ये कलाकार स्वयंलाई अधिक मन परेको प्रश्नमा उनको भनाइ थियो कि – ‘पेन, कन्टेम्प्लेसन, टुगेदर फरएभर’ शीर्षकका चित्रहरु हुन् । उक्त चित्रले उनको जीवनसँग जोडिएका घटनाहरुलाई दर्शाउने काम गरेको उनको भनाइ थियो ।
घरमा एक गृहणी, पेशाले डाक्टर जस्तो मान्छे तपाइले चित्र बनाउने समय कसरी निकाल्नुहुन्छ भन्ने प्रश्नमा उनको जवाफ थियो । सब मानिसमा तिब्र इच्छा हुन्छ तव सिर्जनाहरुका लागि समय आफैं निस्कन्छ । मैले गरेको काम यति धेरै भइसकेछ, अहिले प्रदर्शनी गर्दा म आफैं कति धेरै काम गर्न सकेको रहेछु भन्ने लाग्छ । साहित्यमा समेत रुचि राख्ने उनका केही पुस्तकहरु पनि प्रकाशित भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

Array