ओन्स अपन अ टाइम इन हलिउड

खोज पत्र
खोज पत्र ९ चैत्र २०७५, शनिबार ०६:००
1 Min Read
Aa

कुइन्टिन टेरिन्टिनो ले आफ्नो ९ औ चलचित्रको रुपमा सन् २०१९ जुलाई अन्त्यतिर दर्शक माझ पस्कन लागेको बहुप्रतिष्ठित चलचित्र हो ‘ओन्स अपन अ टाइम इन हलिउड’ । यो चलचित्रको टिजर र पोस्टर हालसालै रिलिज गरिएको थियो । यस चलचित्रमा लियोनार्दो डिक्याप्रियो, ब्राड पिट र मार्गट रोब्बि लाइ मुख्य भुमिकामा देख्न सकिन्छ । चलचित्रले सन् १९६९ को लस एन्जलसको टेलिभिजन कलाकार रिक डाल्ट्न र उन्का स्टन्ट डबल किल्लिफ बुथको कथा भन्छ । परिबर्तनशिल चलचित्र उद्योगमा कसरि डाल्टन र किल्लिफले  नाम र दामको यात्रा गरे, यो नै चलचित्रको मुख्य कथा हो ।

सम्भवतः टेरेन्टिनोले यो चलचित्र पछि चलचित्र निर्माणबाट सन्यास लिने हल्ला हलिउडमा ब्यापक छ । टेरेन्टिनोका प्रशंसकहरु भन्छन् ‘यो हल्ला,हल्ला मात्र होस’ । सन् २०१७ मा निर्माणको घोषणा भए देखि नै चर्चा परिचर्चा चलेको यस चलचित्रमा अर्का प्रसिद्ध कलाकार अल पासिनोलाइ पनि देख्न पाइन्छ । सोनि पिक्चर्स बितरक रहेको चलचित्रको कुल लागत ९५ देखि १०० मिलियन अमेरिकी डलर रहेको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array