आधुनिक युग सुहाउँदो राष्ट्रिय पुस्तकालय पुरानो बसपार्कको निर्माणधीन भवनमा सार्न राष्ट्रपतिकहाँ ज्ञापन

खोज पत्र
खोज पत्र १२ आश्विन २०७८, मंगलवार ०७:००
4 Min Read
Aa
प्रतीकात्मक तस्बिर

काठमाडौं उपत्यकामा रहेको राष्ट्रिय पुस्तकालयमा रहेका पुस्तक तथा ऐतिहासिक दस्तावेजहरुको संरक्षण र शोधकर्ताहरुका लागि तीनको सहज उपलब्धता सुनिश्चित गर्नका लागि अशोज १२ गते अभियन्ताहरुको एक समूहले राष्ट्रपति विद्यादेवी भण्डारी माझ एक ज्ञापन पत्र बुझायो ।
ठूला ठूला भौतिक संरचनाले उपत्यकाको मनोरम दृष्यलाई खुम्याउने काम त गरेको नै छ । त्यसलाई रोक्ने भन्दा पनि त्यसलाई बढावा दिने प्रवृत्तिको विकास भइरहेको अभियन्ताहरुको गुनासो छ ।
वि.सं. २०७२ सालको भूकम्प पछि सार्वजनिक पुस्तकालयहरुको अवस्था एकदमै दयनीय बन्दै गएको र पुस्तकालयमा संग्रहित ऐतिहासिक अभिलेख तथा पुरात्विक महत्वका दस्तावेजहरु संरक्षणको अभावमा जीर्ण बन्दै गइरहेको विषय प्रति अभियन्ताहरुले गम्भिर भएर सोचिदिन राष्ट्रपति समक्ष अपिल गरेका छन् ।
अहिले काठमाडौंको रत्नपार्क छेउको सार्वजनिक जग्गामा व्यापरिक भवन निर्माण भइरहेको र ‘काठमाडांै भ्यू टावर’ नाम दिइएको भवनलाई व्यापरिक केन्द्र बनाउनुको सट्टा अहिले सम्मनिर्माण भएका संरचनालाई तत्कालै यथास्थितिमा राखी त्यहाँ राष्ट्रिय पुस्तकालय स्थानान्तरण गरि त्यसलाई ‘विद्याको केन्द्र’ बनाउनु उपयुक्त हुने अभियन्ताहरुको सुझाव रहेको छ ।
राष्ट्रपति समक्ष बुझाइएको ज्ञापन पत्रमा भनिएको छ – ‘नयाँ पिडींको आवश्यकताको सन्दर्भमा राष्ट्रिय पुस्तकालय स्थानान्तरण भए यसबाट काठमाडौंका लाखौं विद्यार्थी र पाठक प्रत्यक्ष लाभान्वित हुने थिए । अहिले राष्ट्रिय पुस्तकालय रहेको ठाउँभन्दा भवन निर्माणाधिन रहेको ठाउँमा शिक्षण संस्थाहरुको संख्या बढी छ । निर्माणाधिन भवनको दुई किलोमिटर वरपर दरबार हाई स्कूल, पद्मोदय स्कुल, रत्नराज्य क्याम्पस, विश्वभाषा क्याम्पस, नेपाल ल क्याम्पस, त्रिचन्द्र क्याम्पस, पद्मकन्या क्याम्पस, डिल्लीबजार कन्या कन्याम्पस, विजय मेमोरियल स्कुल आदि छन् । निजी स्कुल तथा कलेजहरुको संख्या पनि ख्याल गर्ने हो भने यस दुई वर्ग किलोमिटरको क्षेत्रमा १२५ वटा शैक्षिक संस्था छन् ।’
ज्ञापन पत्र बुझाउने क्रममा सम्मानीय राष्ट्रपतिले राष्ट्रिय पुस्तकालयको हालको दयनिय अवस्थामा रहेको पुस्तकहरूलाई अस्थाई रूपमा सुरक्षित राख्न तत्काल कुनै स्थान खोज्न पहल गर्ने र पुरानो बसपार्कमा भई रहेको निर्माण बारे राष्ट्रपतीले पटक पटक सुझाव दिए पनि कुनै खास उपलब्धि हुन नसकेकोमा गहिरो चिन्ता व्यक्त गर्दै सो स्थानमा निर्माधिन भवनलाई शैक्षिक केन्द्रको रूपमा विकास गर्न सकिने नसकिने विषयमा केन्द्रिय तथा स्थानिय सरकार सङ्ग छलफल गर्ने समेत जानकारी दिनुभयो ।
साथै काठमाडौंको प्राकृतिक र साँस्कृतिक वातावरण विग्रिदै गएकोमा गहिरो चिन्ता व्यक्त गर्दै यहाँको प्राकृतिक तथा साँस्कृतिक सम्पदा जोगाउनको लागि आफू जनप्रतिनिधी हुँदा देखी नै पहल गरी रहेको समेत बताउनुभयो ।
वरपर अग्ला अग्ला भवन बनाउदै जाने हो भने काठमाडौंको मुटुमा रहेको खुल्ला क्षेत्र टुँडिखेल कचौरा जस्तो हुने आफूलाई अवगत भएको र अभियन्ताहरुसँगको भेटले यस विषयमा थप ध्यानाकर्षण गराएको बताउनुभयो । यस्तो प्रकृति र सास्कृतिक सम्पदा, खुल्ला क्षेत्र तथा राष्ट्रको निधीको रूपमा रहेको पुस्तकालय र सो पुस्ताकालयमा भएको पुस्तकोको संरक्षण तथा संवर्धनार्थ आफू चिन्तित रहेको बताउनुभयो । राष्ट्राध्यक्षको हैसियतले कानूनको अधिनमा रहि आफूले यस विषयमा पहल गर्ने समेत जानकारी गराउनु भयो ।
आधुनिक युग सुहाउँदो राष्यि«य पुस्तकालयको केन्द्रबिन्दुमा संस्थाको बहुमुल्य संग्रह रहने तथा आधुनिक प्राविधि सहित उपत्यका र पुरै मुलुकको लागि यसले काँचुली फेरेर ‘विद्याको केन्द्र’मा परिणत हुनेसक्ने सम्भावनालाई भने नकार्न नसकिने समेत अभियन्ताहरु बताउँछन् ।
भूकम्पपछिका दिनमा राष्ट्रिय पुस्तकालय भवनको पुनःनिर्माण हुन नसकेकाले पुस्तक र अन्य ऐतिहासिक कागजात राख्ने ठाउँको अभाव हुँदा स्थानान्तरण गरेर बोरा–बोरामा कोचिएका ज्ञानका यी स्रोत क्रमशः नासिँदै गएका छन् । भूकम्प गएको सात वर्ष पुग्न लाग्दा पनि पुस्तकालय भवनको पुनःनिर्माण प्राथमिकतामा पर्न सकेको छैन । यही क्रम जारी रहने हो भने पुस्तकालयमा रहेका ग्रन्थ तथा दस्तावेजहरू नासिएर जाने र यसले हाम्रो राष्ट्रिय ज्ञानको स्रोत नै सुकाउनसक्ने जोखिम टड्कारो छ । राष्ट्रिय पुस्तकालयलाई भवन निर्माण सहित अन्यत्र सार्ने सुझावहरू पनि अलपत्र नै छन्।
रााष्ट्रिय पुस्तकालयको संग्रहमा तीन सय वर्ष सम्मका पुराना हस्तलिखित ग्रन्थहरू छन् । तीमध्ये अधिकांशमा ढुसी र किरा लाग्न थालेको परिप्रेक्ष्यमा राष्ट्रिय पुस्तकालयलाई तत्कालै नयाँ भवनमा स्थानान्तरण गर्न ढिलो भइसकेको अभियन्ताहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्