हिमाल, पहाडका सजिवता

खोज पत्र
खोज पत्र १५ पुष २०७६, मंगलवार ०६:००
3 Min Read
Aa

नेपाल

सुन्दर, शान्त, विशाल

ठ्याक्कै यहि अनुभूति हुन्छ, जब तपाई यसपटक नेपाल आर्ट काउन्सिल, बबरमहलमा चित्रकार नर बहादुर वि.क. को एकल चित्रकला प्रदर्शनीमा जानुहुनेछ । प्रकृतीको गुणगाण गरेर कहिल्यै सकिँदैन । त्यस्तै प्रकृतीलाई नै पात्र बनाइ क्यानभासमा उतारिएका ती दृश्यचित्रहरुले तपाईको मनमा अमिट छाप छोड्ने पक्का छ ।

दुई दशकभन्दा लामो समयमा कलाको साधनाको अनुभव सँगालेका नर बहादुरको उक्त कला प्रदर्शनीको उद्घाटन पौष १४ गते साहित्यकार उषा शेरचन तथा कलाकार÷कला समिक्षक मुकेश मल्लले पानसमा बत्ती बाली गरेका गरेका थिए । कार्यक्रमको समन्वय भने कलाकार तथा कवि चिराग वाङ्देलले गरेका थिए । उहाँले उक्त कार्यक्रम बढो रमाइलो तरिकाले वातावरणलाई रमणीय बनाउँदै अगाडि बढाएका थियो ।

उद्घाटन मन्तव्यको क्रममा मुकेश मल्लले कलाको बारेमा चर्चा र बहशको महत्व असाध्यै रहेको कुरा औँल्याउँदै प्रायः जसो कलाकारहरु अन्र्तमुखी  हुने हुँदा धेरै भन्दा धेरै श्रृजना हुँदा पनि उनिहरुको गरेका श्रृजना र उनिहरुको प्रतिभा बाहिर प्रस्फुटन हुन नसकेको बताउए । यसरी समय समयमा कलाकारहरु आप्mनो कलाकृतीको बारेमा कुरा गर्ने वातावरण भएमा मात्र कलाको क्षेत्रले फड्को मार्न सक्ने कुरा पनि उद्घाटन सत्रमा कलाकारहरुले बताएका थिए ।

विशेषतः वाटरकलर तथा एक्रेलिक माध्यमबाट चित्र बनाई राखिएको यस प्रदर्शनीमा प्रकृतीवादी नथा प्रभाववादी छनक पाउन सकिन्छ । प्रकृतीवादी चित्रकलामा प्रकृतीलाई नै मूख्य पात्र बनाई, प्रकृतीमै रहि चित्रकला बनाइन्छ भने प्रभाववादी चित्रकलामा प्रकृतीलाई नियाली कुनै शान्त ठाउँमा बसी प्रकृतीले आफुलाई पारेको प्रभावलाई चित्रमा देखाइन्छ ।

अहिले विश्वमै एक्रेलिक रंगहरुको प्रयोग गरी चित्रहरु बनाउने चलन व्यापक रुपमा छ भने वाटरकलर पनि अभिव्यञ्जनाको एउटा शसक्त माध्यम हो । जसलाई सन् १९५४ मा रामानन्द जोशीले नेपालमा भित्र्याएको ऐतिहासिक तथ्य पाइन्छ ।

देशको दिगो विकास हुन कलको विकास हुनुपर्ने तर्क राख्छन् कलाकार नर बहादुर वि.क । कलाको मुख्य उदेश्य मनलाई आनन्द दिने हो’– वि.क थप्छन् । रंगहरुसंग खेल्नुमा नै आनन्द मान्ने उनी विभिन्न स्वदेशी तथा विदेशी कलाकार÷ विद्यार्थीहरुलाई कलाको माध्यमबाट जोड्नका लागि लागिपरेका छन् ।

नेपालको सुन्दर हिमाल तथा गाउँहरुको सजिव चित्रहरु समावेश भएको यस प्रदर्शनीमा गौतम बुद्धका चित्रहरु पनि समावेश गरिएको छ । हिमाल, पहाड, खोलानाला लगायत गाउँले जनजीवनलाई समेत यस चित्रकला प्रदर्शनीमा समेट्ने प्रयास गरिएको छ ।

सुन्दर कला तथा नवीन सृजनाहरु कसरी गर्न सकिन्छ भन्ने सिकाउनका लागि ‘वि.के.युट्युव च्यानल’ चलाइरहेका छन् । उनका अनुसार ज्ञान बाँड्दा झन् बढ्ने र चित्रकला बनाउने तरिका जति धेरैले सिक्यो उति नै नयाँपन चित्रकलामा आउने उनि बताउँछन् । उनको च्यानलको माध्यमबाट कसैले कला सिक्दै जिविकोपार्जन गर्न सकेको खण्डमा उनलाई झन् खुशी लाग्ने उनी बताउँछन् । नेपालीहरु भन्दा विदेशीहरुले बढी रुचाएको उनको च्यानल तथा कलाहरुमा विदेशीहरुले नेपालको सुन्दर दृश्यहरुको सुगन्ध र मिठास पाई मन्त्रमुग्घ हुन्छन् ।

त्यहि युट्युब च्यानलका लागि बनाइएका चित्रहरुमध्ये १०५ चित्रहरुलाई समावेश गरिएको यस चित्रकला प्रदर्शनीमा उल्लेख्य मात्रामा कलाप्रेमी, कलाकारहरुको उपस्थिति भइरहेको छ । प्रदर्शनी पौष १९ गतेसम्म जारी रहनेछ । प्राकृतिक छटाहरुका चित्रकलाले भरिएको यस प्रदर्शनीमा तपाईहरु पनि चित्रकारको शिल्पी नियाल्न आउने कि ?

31

प्रतिक्रिया दिनुहोस्

Array