काठमाडौँमा हुन लागेको चित्रकला पर्व

खोज पत्र
खोज पत्र २० आश्विन २०७८, बुधबार ०६:००
7 Min Read
Aa

चित्रकारहरु एकान्त रमाउँछन् । आफ्ना मनका अन्तरकुन्तरमा रहेका भावना हुन् वा कुनै नयाँ विषयवस्तुहरु, उनिहरु लामो समयसम्म घोत्लिदै आफ्नो सोचाइहरुमा लामो समय रमाउँछन् अनि श्रृजना गर्दछन् सजिव चित्रकलाहरु । बनाउने प्रकृया सबैको फरक फरक ! सोचहरु फरक फरक भएजसरी । सबै कलाकारहरुको काम गर्ने शैली, सोचाइहरु फरक फरक नै हुने गर्दछन् । सामान्य मानिसहरु वा कलाका क्षेत्रमा केही गरौँ भन्ने सोचाइ भएका मानिसहरु ती कलाकारहरुले कसरी काम गर्दछन् वा यस्ता कलाहरु कसरी श्रृजना गर्दछन् भन्ने कुरामा सधैँ कौतुहलमा नै हुन्छन् । त्यही कौतुहलहरुलाई केही हदसम्म निर्मुल पार्न म्युजियम अफ नेपाली आर्ट ‘मोना‘ ले नेपाली कला विधामा योगदान पु¥याउने नयाँ तथा पूराना पुस्ताका करिब ३३ कलाकारहरुलाई समावेश गर्दै एक पर्व मनाउने जमर्काे गरिरहेको छ । जसलाई ‘आशाका लागि कला’ नाम दिइएको छ । आयोजकका अनुसार कार्यक्रम अशोज २१ गते दिनको १२ बजेदेखि साँझ ६ बजेसम्म हुनेछ । लोकप्रिय अभिनेता राजेश हमालले उद्घाटन गर्ने उक्त कार्यक्रममा नेपालका प्रतिष्ठित कलाकारहरूको सहभागिता रहने छ ।

करिव ३ पुस्ताका कलाकारहरुलाई समेट्न लागिएको उक्त महोत्सवमा कलाप्रेमी या कला अनुरागी विभिन्न पेशा समुहका मानिसहरु कलाको रसस्वादन गर्न आउने कुरामा म्युजियमका सञ्चालक राजन शाक्य विश्वस्त छन् । उनका अनुसार नेपालका नाम चलेका कलाकारहरु तथा नयाँ पुस्ताका कलाकारहरुको अन्तर्सम्बन्ध विस्तार तथा प्रकृयाहरुको आदान प्रदान हुनेछ ।

तीव्र विकास र विस्तारको क्रममा रहेको काठमाडौंको महत्वपूर्ण पर्यटकीय क्षेत्र ठमेलको पश्चिमी भाग अर्थात् सातघुम्तीको सडकलाई कलामार्गका रुपमा रुपान्तरण गर्न यस महोत्सवले महत्वपूर्ण भूमिका खेल्नेमा कलाकारहरु तथा म्युजियम सञ्चालक विश्वस्त छन् । ‘यो सडक खण्ड बौद्धिक तथा सांस्कृतिक कला केन्द्रका रुपमा स्थापित गर्नकोलागि यो पहिलो प्रयास हो र नेपाललाई कला गन्तव्यको रुपमा नयाँ पहिचान दिन महोत्सवले महत्वपूर्ण भूमिका खेल्नेछ’– शाक्यले थप्नुभयो ।

म्युजियम अफ नेपाली आर्टस्ले आयोजना गरेको पत्रकार सम्मेलनमा नाफाका पूर्व उपकुलपति किरण मानन्धरले हाम्रो देश सगरमाथाको देश मात्र होइन, यो कलाकारहरुको पनि देश हो । चित्रकारहरुको भावनालाई बुझेर सञ्चार माध्यमले प्रचार प्रसार गर्नुपर्छ र नेपाली कलाकार तथा नेपाली कला म्युजियमलाई पनि प्रवद्र्धन गर्नुपर्छ भन्नुभयो ।

नेपाललाई कला गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने र बालबालिकालाई क्यान्सरसँग जुध्न पनि सहयोग गर्ने उद्देश्यले उक्त कला महोत्सव गर्न लागिएको हो । कार्यक्रममा कला सामग्रीको प्रदर्शनी र बिक्री पनि हुनेछ भने यस कला महोत्सवले कल्याणकारी कार्यमा सहयोग गर्दै नेपाली कला र कलाकारलाई प्रकाशमा ल्याउने प्रयास हो– विज्ञप्तिमा जनाइएको छ ।

त्यस्तै पौभा चित्रकलामा लामो समयदेखि अनवरत लागिरहनु भएका अर्का कलाकार लोक चित्रकारका अनुसार विभिन्न विधामा चित्र कोर्ने चित्रकारहरुलाई एउटै थलोमा भेला पारेर पर्व मनाउन लागेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले लोक चित्रहरु ‘आगम’ बाट बाहिर आएर मानिसको मनमा पुग्न सफल भएको बताउँदै नेपाली चित्रकलाको विषयमा नेपालीलाई थाहा नभएकोप्रति गुनासो गर्नुभयो । लियोनार्दो दा भिन्चीको विषयमा नेपालीले थाहा पाउँछन् तर उनिभन्दा पुराना नेपाली चित्रकारहरुको विषयमा नेपालीले थाहा नपाएको अवस्थाप्रति दुःख व्यक्त गर्नुभयो । उहाँले यो देशको पहिचान कला र संस्कृतिको धनि देशमा चित्रित हुनुमा कलाकारहरुको ठूलो योगदान रहेको बताउँदै हाम्रा पुरातात्विक धरोहरु कति कलात्मक छन्, के तिनीहरु विदेशीले बनाएका हुन् र ? भन्दै प्रश्न गर्नुभयो । कलाकारहरुको योगदानबाट देशको पहिचान बनेको छ यसलाई जगेर्ना गर्नु हरेक पुस्ताको दायित्व हुनेमा जोड दिनुभयो ।

सातघुम्तीलाई ‘कलामार्ग’को रुपमा परिचित गराउनको लागि सोही दिन काठमाडौं आर्ट हाउसको पनि उद्घाटन गरिनेछ । जसमा एउटै छानामुनि दर्जनौं नेपाली कलाकारहरुको कलाका विभिन्न स्वरुप र शैलीहरु एकिकृत हुनेछ । यस आर्ट हाउस नेपालका सर्वोत्कृष्ट कलाकारहरुका कला/सिर्जना प्रदर्शन तथा विक्री गर्ने साझा थलोको रुपमा विकसित हुनेमा मोनाका सञ्चालक राजन शाक्यले जोड दिनुभयो । आर्ट हाउसको उद्घाटन समाजसेवी अनुराधा कोइरालाद्वारा हुने एक पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
धेरै जसो कलाकारहरु एकान्तमा नै आफ्ना कलाकृतिहरुमा खेल्न रुचाउँछन् तर यसरी धेरै ठूलो समुहमा काम गर्नु प्रत्येक कलाकारहरुलाई रोमाञ्चकता हुँदा हुँदै पनि चुनौति पनि आफ्नो ठाउँमा छँदै छ । एउटै थलोमा तीन पुस्ताका कलाकारहरु पर्वकै रुपमा काम गरेको सम्भवतः यो पहिलो हो ।

कार्यक्रममा अर्का कलाकार गोपाल कलाप्रेमीले विभिन्न विधामा चित्र कोर्ने कलाकारहरुलाई एउटै थलोमा ल्याएर एका अर्काको कला कसरी बन्दछ भनेर हेर्न अवसर दिने तथा कलाकारहरु विच आत्मियता समेत बढ्ने यस खालको महोत्सव आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिनुभयो ।

यस पर्वमा कलाकारहरुले बनाएका चित्रहरु पर्वको एक/दुइ दिन पछाडि प्रदर्शनीमा राखिने र त्यसको विक्रिको ५०% रकम कान्ति बाल अस्पतालको क्यान्सर वार्डमा क्यान्सर पिडित बालबालिकाहरु जो निम्न वर्गका छन्, उनिहरुको उपचारमा उक्त रकम खर्च गरिने कुरा म्युजियम सञ्चालक राजन शाक्य बताउँछन् ।

उक्त पर्वमा विभनिन्न विधाका कलाकाहरु संलग्न रहेन म्युजियम अफ नेपाली आर्टस् मोनाले जारी गरेको प्रेश वक्तव्यमा उल्लेख छ ।
कलाकारहरु लोक चित्रकार, किरण मानन्धर, जीवन राजोपाध्याय, अविन श्रेष्ठ, समुन्द्रमान सिंह श्रेष्ठ, अनिल थमन, प्रकाश पुन मगर, उजय बज्राचार्य, रवीन्द्र श्रेष्ठ, रवी श्रेष्ठ, प्रदिप बज्राचार्य, आशा डङ्गोल, संगी श्रेष्ठ, विनोद गौतम, पूर्ण ह्योजु, रजनी सिन्ख्वाल, मनीस धोजु, रोशन डङ्गोल, रितेश शाही, रसना बज्राचार्य, प्रमिला बज्राचार्य, राम प्रकाश श्रेष्ठ, सुसिला सिंह, सागर मानन्धर, राज प्रकाश मान तुलाधर, गोपाल कलाप्रेमी श्रेष्ठ, मुना भँडेल, एरिना ताम्राकार, विकास कालिकोटे, विनोद प्रधान, राजन साङ्गाछे र मुकेश श्रेष्ठ गरी ३३ कलाकारहरुले उक्त महोत्सवमा सहभागी भएर आफ्नो कला प्रदर्शन गर्नेछन् ।

परम्परागत शैली, कन्टेम्पोररी शैली, अमूर्त शैली जस्ता भिन्ना भिन्नै शैलीमा काम गर्ने कलाकारहरु यस पर्वमा एकै ठाउँमा भेला हुने तथा आफ्ना शैलीहरु तथा विचारहरु एक अर्कामा आदान प्रदान हुने कुरामा पर्वमा सम्मिलित हुने सबै कलाकारहरुमा एकै भाव रहेको पाउन सकिन्छ ।

यस कार्यक्रमको एअरलाइन्स साझेदार टर्किस एअरलाइन्स हो भने डाबर नेपाल, केजिएच ग्रुप अफ होटेल्स एन्ड रिसोर्टस, काठमाडौँ गेस्ट हाउस र काठमाडौँ आर्ट हाउसले पनि कार्यक्रममा सहयोग गर्नेछन् ।

परम्परागत र आधुनिक नेपाली कलामा संसारमा अन्यत्र कतै पनि नभेटिने विचार र गुणहरू छन् । नेपालको पर्यटन उद्योग पुनस्र्थापनाका लागि नेपाली कलाको प्रवद्र्धन एक सुवर्ण अवसर हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्