अन्तर्राष्ट्रिय पुरस्कारद्वारा एस.सी. सुमन सम्मानित

खोज पत्र
खोज पत्र २९ मंसिर २०७८, बुधबार १६:४४
3 Min Read
Aa

दरभंगा, मधुवनी लिट्रेचर फेस्टिभलको चौथो संस्करण दरभंगा च्यापटर डिसेम्बर १२ देखि १५ सम्म भाषा, साहित्य, कला र वास्तु शिल्पको ऐतिहासिक नगरी दरभंगाको महराजा कमेश्वर सिंह संस्कृत विश्वविद्यालयको प्राङ्गणमा शुरु भएको कार्यक्रममा पद्मश्री डा. उषा किरण खानले नेपाली मिथिला चित्रकार एस.सी.सुमनलाई सम्मानित गर्नुभएको थियो ।

‘यस कायएक्रमले भारत, नेपाल र श्रीलंकासँगको त्रिकोणात्मक सम्बन्धलाई नयाँ दिशा प्रदान गरेको बताउनुभयो । साथै नेपालीय मिथिला चित्रकलाका चित्रकार एस.सी. सुमनलाई ‘लाईफ टाईम एचिभमेन्ट’ पुरस्कारले पुरस्कृत र सम्मानित गर्न पाउँनु खुसीको कुरा भएको बताउनुभयो । ‘लाइफ टाईम अचिभमेन्ट’ बाट भारतका कलाकार गोपाल शाह र विमला दत्त पनि सम्मानित हुनुभएको थियो ।

तीन दशकभन्दा बढी समय मिथिला चित्रकलामा समर्पित गर्नुभएका चित्रकार एस.सी. सुमन खासगरी मिथिला कलाको क्षेत्रमा परिचित नाम हो । उहाँको कलायात्राका बारेमा ‘वैदेहि वियोन्ड द वडि’ शीर्षकमा मिथिला लोक प्रदर्शनीको संयोजक प्रसिद्ध चित्रकार मनिषा झाले उहाँको कलाका विषयमा अन्यलाई परिचित गराउनुभयो ।

कलाकार एस.सी सुमनले कला र कलाकारको उत्थानका लागि उहाँले करिब ३ दशकदेखि नेपाल ललितकला प्रतिष्ठान, सिद्धार्थ आर्ट फाउन्डेशन,  ललितकला संगम (विराटनगर), मैथिली कलाकार समाज (काठमाण्डौ), मैथली सेवा समिति (विराटनगर) लगायतका संघसंस्थाहरूसँग सम्बद्ध रहि योगदान पुर्याउनुभएको छ ।

सन् १९९८ मा नेपाल ललितकला संघले आयोजना गरेको २९ औँ राष्ट्रिय कला तथा शिल्प प्रदर्शनीमा उहाँले राष्ट्रिय पुरस्कार प्राप्त गर्नुभएको थियो ।  सन् १९९९ मा आयोजित ३० औँ राष्ट्रिय कला तथा शिल्प प्रदर्शनीमा उहाँले द्वितीय स्थान प्राप्त गर्नु भएको थियो ।  सन् २००४ मा आयोजित ३५ औँ राष्ट्रिय कला तथा शिल्प प्रदर्शनीमा उहाँले विशेष राष्ट्रिय पुरस्कार प्राप्त गर्नुभएको थियो । सन् २००८ मा नेपाल सरकारले उहाँलाई राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गरेको थियो । कलाको क्षेत्रमा कलाकार सुमनको योगदानको कदर स्वरूप सन् २०१३ मा महिला कला समूहले उहाँलाई कदरपत्र प्रदान गरेको थियो ।  सोहि वर्ष काठमाण्डौ विश्वविद्यालय र नेपालस्थित अमेरिकी दूतावासले उहाँलाई उत्कृष्टको प्रमाण–पत्र प्रदान गरेको थियो ।

ढाकामा आयोजित कर्णफुली फोक त्रिनियल २०१८ लगायतका कला महोत्सवको कोक्युरेटर÷क्युरेटरको रूपमा कार्य गरिसक्नुभएको थियो । सन् २०१९ मा देहि आर्टले झापामा आयोजना गरेको आर्ट–लिट फेस्टिवल (कला–साहित्य महोत्सव) मा सम्मानित हुनुभएको थियो ।

चित्रकार एससी सुमनले मिथिला सँगको तात्पर्य धान, माछा, पान र मखानासँग मात्र नभएर शास्त्रीय परम्परा, सभ्यता, संस्कृती लगायतका विषयमा कला प्रस्तुत गर्दै आइरहनु भएको छ ।

कामेश्वर सिंह दरभंगा संस्कृत विश्व विद्यालयको कुलपति प्रो. शशिनाथ झाले कार्यक्रममा ‘संस्कृत र मैथिली भारत नेपालको साझा भाषा रहेको बताउनुहुँदै दुवै देश मिथिलाको मात्र राजनीतिक सम्बन्ध नभई सांस्कृतिक सम्बन्ध समेत रहेको बताउनुभयो ।

मुख्य वक्ताको रूपमा जवाहर लाल नेहरू विश्विद्यालयका  प्रो. रामनाथ झाले – ‘दरभंगा–मधुबनी एउटा नगर र शहरको नाम मात्र होइन, यो एउटा संस्कारको प्रतीक हो, जो सनातन देखि चल्दै आएको छ । मिथिलाको संस्कृति र वैदिक सभ्यतामा मधुको सत्य र धर्मको रूपमा व्याख्यातीत गरिएको छ ।’ उहाँले स्मरण गराउँदै भन्नुभयो–‘सम्पूर्ण विश्वलाई  मिथिलाले ज्ञानको परम्परा दिएको छ ।’

प्रतिक्रिया दिनुहोस्

Array