विडम्बना–एक कला प्रदर्शनी

सुनिल राज ढकाल
सुनिल राज ढकाल ४ बैशाख २०७९, आईतवार ०६:००
5 Min Read
Aa

क्लासिक ग्यालरी चाकुपटमा कलाकार रुकुमणी श्रेष्ठको एकल कला प्रदर्शनी भइरहेको छ । कला प्रदर्शनी अप्रिल १० देखि मे १ सम्म चल्नेछ । प्रिन्ट मेकिङ्गको माध्यमबाट गरिएको यस प्रदर्शनीमा रुकमणीका चित्रहरु समावेश गरिएका छन् । विडम्बना शीर्षक दिइएको यस प्रदर्शनीमा समाजको द्वेध चरित्र—कतै नारीलाई देवता/भगवतीको रुपमा पुज्ने त कतै त्यही नारीलाई छाउपडि गोठमा राख्नु पर्ने वाध्यताको विषयमा उनका चित्रहरु रहेको कलाकार बताउँछिन् ।

हाम्रो सामाजमा महिलालार्ई देवीको स्थान दिइएता पनि विडम्बना त यो छ व्यवहारमा उनीहरुलाई क्रुर र अमानविय व्यवहार गरिन्छ । लैङ्गिक हिंसा र यौन दुव्र्यवहारको रुप हेर्दा यो अनेक रुप र प्रकारमा अझ पनि विद्यमान छ । म स्वयंलाई पनि यौन दुव्र्यवहारको नमिठो तितो सम्झना अझै पनि छ । धेरै बलात्कारका घटनाहरु घटिरहेका छन् । धेरै जसो मैले एसिड एट्याकको नराम्रो मुहार चित्र देखेको र सुनेको छु जसमा महिलाको शारिरिक बनोट मात्र नभइ उनीहरुको सुन्दरता र हाँसो विलिन भएर गएको छ । त्यसको दुःख र पिडा अकल्पनिय छ । हाम्रो रुढिवादी समाजले छोरी भन्दा छोरालाई बढी महत्व दिन्छ जसले गर्दा महिला भ्रुणहत्या गरिन्छ । हाम्रो समाजले अझ पनि यस्ता विषयमा बामे सर्दै छ र मासिक धर्म र रगतलाई लिएर अत्यधिक कट्टर रुपमा चित्रण गरिरहेको छ । यो मान्यताले हाम्रो सुदुर पश्चिमका केही जिल्लाहरुमा गहिरो रुपमा जरा गाडेको छ । धेरै जसो जिल्लाहरु जस्तै डोटी, डडेलधुरा, अछाम, बाजुरा जस्ता ठाउँहरुमा छाउपडि प्रचलनमा छ जहाँ सानो झुपडी र गोठमा महिनावारी तथा सुत्केरी महिला बस्दा अरु कतै छुन नमिल्ने गरी त्यहीँ एकान्तमा बस्नु पर्ने नियम बनाएको छ जहाँ उनीहरुलाई सुरक्षा र पोशिलो खानाको अभाव हुन्छ कलाकारको कथन छ । यसले गर्दा धेरै बलात्कार र सर्पले डसेको घटनाहरु दर्ता भएका छन् । अनि म आफ्नो दोश्रो एकल कला प्रदर्शनी उनै पिडितहरुको लागि जो नचाहिँदो लैङ्गिक दुव्र्यवहारमा परेकाहरुलाई नै समर्पित गर्ने जमर्काे गरेकी कलाकार बताउँछिन् । मलाई लाग्छ करुणाभावले जस्तो पनि निकृष्ट तहको समस्यालाई समाधान गर्न सक्तछ ।

लामो समयको मिहिनेत र लगनशीलताबाट तयार हुने प्रिन्ट मेकिङको प्रदर्शनी गर्न निकै कठिन हुने र यसको प्रक्रियाका विषय समेत बढो कष्टकर हुने जिकिर कलाकार गर्छिन् । ‘मानिसहरु प्रिन्ट त हो नि, जति निकाले पनि भइहाल्यो भन्ने कुराहरु बढि गर्छन् तर त्यो प्रिन्ट निकाल्नु अगाडिको प्रक्रियाको विषयमा ज्यादै कठिन र धेरै मिहिनेत गर्नुपर्ने हुन्छ भन्ने विषयमा कमैको चासो हन्छ– कलाकार बताउँछिन् ।

क्लासिक ग्यालरीका निर्देशक सरिता डंगोलका अनुसार उनले रुकुमणीलाई २०१० मा पहिलो पटक भेटिन् । कलाकारलाई भेट्नु अघि नै उनी कलाकारको कामसँग परिचित भइसकेकी थिइन् । उनको काम धेरै नै सृजनात्मक र उनका चित्रहरुले त्यहाँका संघर्षशिल महिलाको अवस्थालाई चित्रण गरेको उनी बताउँछिन् । उनले आफ्ना अभिव्यक्तिहरुलाई प्रिन्ट मेकिङ्गको माध्यमबाट निरन्तर रुपमा प्रस्तुत गर्दै जाँदा धेरै अवलोकनकर्ताहरुको माया जुटाउन सफल भएको सरिता बताउँछिन् । उनी एक प्रशंसायोग्य नेपाली महिला कलाकार हुन् । ‘म आफुलाई भाग्यमानी ठान्छु कि मैले यस्तो कर्मनिष्ठ कलाकारको क्लासिक ग्यालरीमा एकल चित्रकला प्रदर्शनी गर्ने मौका पाएँ ।’

प्रदर्शनीको उद्घाटन चैत्र २७ गते भएको हो । विडम्बना एउटा प्रिन्ट मेकिङ्ग शो हो जसले मूख्य रुपमा लैङ्गिक हिंसा र महिला प्रति गरिने भेदभाव र संस्कृती जस्तै छाउपडि जहाँ महिलाहरुलाई नराम्रो दुव्र्यवहार गरिन्छ, यिनै विषयवस्तूलाई यहाँ प्रदर्शनीमा राखिएको छ । कलाकारले महिलाहरुको भावना, दुःख र पिडाको अनुभवको माध्यबाट प्रस्तुत गरेकी छन् ।

काठमाडौँ युनिभर्सिटि हाइ स्कुलको एकेडेमिक निर्देशक बार्बरा बटरवर्थका अनुसार रुकुमणीका प्रिन्ट कार्यको अनुभव गर्दा दुइ भिन्न संसारमा छिरे जस्तो अनुभव हुने बताउँछिन् – ‘एक नेपाली महिलाहरुले भोगिरहेका कष्टकर जीवन र अर्काे चाहिँ सुन्दर रंग र कलाको सम्मिश्रण । उनको प्रिन्टले दर्शकहरुको मनमा गहिरो छाप छोड्छन् भने उनले सृजना गरेका अनौठा लाइन तथा आकृतिहरुले मनमा अनौठा छाप छोड्न सफल हुनेछ ।’ उनको कार्यले बाल दुव्र्यवहार, छाउपडीको अभ्यास र महिलाको अवस्थालाई चित्रण गर्न सफल भएको बार्बरा बताउँछिन् । त्यसै गरी उनका चित्रहरुले दर्शकहरुलाई फुलहरु, प्रश्न चिन्हहरु, आँखा ठाउँ ठाउँमा बगिरहेका, अचम्मित र आश्चर्य पार्न बाध्य गराउँदछ बार्बराले आफ्नो अनुभव साटेकी छिन् । बार्बरा अगाडि थप्छिन्– ‘तर मैले रुकुमणीका कलाहरुलाई अझ अर्काे रुपमा पनि अनुभव गरेकी छु – उनले मेरो विद्यालयमा विद्यार्थीहरुसँग दिनानुदिन गरेको अन्तक्रिया र उनको शिक्षण र प्रेरणाले विद्यार्थीहरुमा पनि उर्जा थपिएको पाएकी छु ।’

प्रतिक्रिया दिनुहोस्

Array