कोरोना ककस

खोज पत्र
खोज पत्र २६ चैत्र २०७६, बुधबार ०६:००
14 Min Read
Aa

यतिखेर हरेक मानिसको शरीरमा भन्दा पनि मानषपट्टलमा कोरोना भाइरस (COVID19) को माहामारी फैलिएको छ । फ्लु जस्तो लक्षण (ज्वरो आउने, सास फेर्न गाह्रो हुने, घाँटी/टाउको दुख्ने र खोकी लाग्ने) देखाउने जो कोही मानिसको सम्पर्कबाट सर्न सक्छ । विशषेत यो स्वासप्रवास सम्बन्धित रोग हो । कम तापक्रममा फैलिने यो भाइरसका कारण हजारौं मानिसहरुले ज्यान गुमाउनुका साथै लाखौं प्रभावित भएका छन् । चीनको वुहान प्रान्तबाट सुरु भएर बेइजिङ, मकाउ हुँदै दुइ सय चार राष्टमा फैलिएको छ । विशेष गरी अमेरिका र युरोपमा बढी संख्यामा मानिसहरु संक्रमित र मर्न थालेका छन् । प्रत्येक दिन करिब पाँच हजारको हाराहारीमा मानिसको मृत्यु भइरहेको अवस्थामा पनि यसको अहिलेसम्म एन्टिभाइरस (Antivirus), एन्टीडोड (Antidote) अथवा औषधि पत्ता लागेको छैन् । हुनतः सन् २००३ मा पनि चीनमा कोरोना भाइरसको म्यूटेनट् स्ट्रेन (Mutant Strain) ले गर्दा लाग्ने सार्स (SARS)ले ८५० मानिसको ज्यान लिइएको थियो । हालको परिस्थितीलाई मध्यनजर गर्दा विश्व बजारमा चीन, नोबेल कोरोना भाइरस, जैविक हतियार र भूराजनितिकलाई लिएर तर्क वितर्क हुन थालेका छन् ।

यस्तो विषम परिस्थितीमा ज्योतिष गणना के हुन् सक्छ? यसबाट छुट्कारा कसरी मिल्छ भन्ने विषयलाई आंकलन गर्न खोज्दै छु । नोबेल कोरोना भाइरसको जन्म कुण्डली बनाउने हो भने २०७६ साल पुस ११ (२०१९ डिसेम्बर २७) गते सूर्योदयको समयलाई आधार मान्न सकिन्छ । यसको आसपास नै धनु लग्न , कर्कट नवमांश, धनु राशीको पूर्वाषाढा नक्षत्रमा यो भाइरसको उत्पति भएको थियो । यो नक्षत्रको अधिदेवता आपःवरुणदेव हुन् जो चिसोको कारक पनि हो ।

ज्योतिष गणना अनुसार २०७६ साल पुस १० (पौष कृष्ण औंसी तिथि) गते तदनुसार २६ डिसेम्बर २०१९ विहिवारका दिन बिहान ८ः४२ देखि ११ः३१ सम्म जम्मा २ घण्टा ४९ मिनेट समयको खण्डग्रास सूर्य ग्रहण लागेको थियो । यो समयमा द्वादश भाव धनु राशीमा ६ वटा ग्रह क्रमशः सूर्य, चन्द्रमा, बुध, बृहस्पती, शनी र केतु, उच्च राशी स्थित राहु र केतुका बीच कैद भई षष्ठ भाव देखि द्वादश भाव सम्म कालसर्प योग बनाएका थिए । यी दुई भावले रोग, ऋण, शत्रु, स्वास्थ्य उपचार खर्च, हानी र क्षयलाई जनाउँछ । यसमा कतिपय ग्रहहरु अस्त थिए । यी सबै ग्रहका किरणको प्रत्यक्ष प्रभाव पृथ्वी लोकमा पर्छ । यो द्युलोकको नियम हो। जब जब यस्तो ग्रहण र कालसर्प योग बन्दछ तब पृथ्वीमा प्राकृतिक विपत्ति र माहामारी फैलन्छ । किनभने यति बेला सूर्य ग्रहणको प्रभाव सिधा पृथ्वीको गुरुवात्कर्षणमा पर्छ जसले गर्दा सूर्यको प्रकाश पृथ्वीमा आउन पाउँदैन । त्यस्तै यो कालसर्प योगले लगातर २०७७ सालको असार ३० (२०२० जुलाई १४) गतेसम्म पृथ्वीलाई भ्रमण गरिरहेको हुनेछ । फलस्वरुप ९ ओटा ग्रहले पृथ्वीलाई पिडित गर्नेछन् । धनु राशी स्थित बृहस्पति मूल नक्षत्रमा हनु र चन्द्रमा र शनीको  युक्तिले बन्ने वृष दोषका कारण ठूलो संकट र तनाब झेल्नुपर्ने हुन्छ ।

ज्योतिष गणना अनुसार यही समयमा शनि, बृहस्पति र केतु ग्रह एकसाथ चैत्र ११ (२०१९ मार्च २३)सम्म चलिरहेका थिए । शनि ग्रह यो समयमा पूर्वाषाढा नक्षत्रमा थियो । पूर्वाषाढा नक्षत्रको अधिदेवता आपः(वरुणदेव) हुन् । जो जलीय जीवजन्तुका कारकतत्व हो । शनि अन्धाकार र दिर्घरोगको कारक पनि हो । बृहस्पति वा गुरुले जीव र विस्तारलाई इंगित गर्छ । यसले सानोकुरालाई फैलाउँदै विस्तार गर्छ भने केतुले विषाणु, जीवाणु, भाइरस, गुप्तरोगसँग सम्बन्ध राख्नुका साथै फोक्सो, कलेजो र पेटमा इन्फेक्शन गराउँछ । जव बृहस्पति र केतुको युक्ति (चण्डाल योग) हुन्छ तब जीवमा माहामारी फैलन्छ अनि भाइरस वा अन्य कुनै कारणले जीवको मृत्यु हुन्छ । शनी, बृहस्पति र केतु ग्रहको संयोजन धनु राशीमा हुनलाई विलेश्षण गर्दा कुनै जलीय जन्तुको कारण कोरोना भाइरस उत्पति र विस्तार भएको स्पष्ट संकेत मिल्छ । त्यस्तै बृहस्पति उत्तरपूर्वको अधिपति भएकाले यो भाइरसको पहिलो प्रभाव चीनमा देखापरेको र विस्तारवादी स्वाभव बृहस्पति र शनी मकर राशीमा गोचर भएकाले अन्य देशमा फैलिनुलाई बढुवा दिएको देखिन्छ । २०७६ साल माघ २५ (२०२० फेब्रुवरी ८)मा मंगल ग्रह धनु राशीमा प्रवेश गरी केतुसँग पिशाच योग वा अंगारक दोष बनायो, अनि चण्डाल योग र पिशाच योगको युक्तिले मृत्युदरलाई बढाउदै लग्यो । २०७६ साल चैत्र ९ (२०२० मार्च २२)मा मंगल ग्रह उच्च राशी (मकर)मा प्रवेश गरेर मंगल र शनिको क्रान्तिकारी योग बन्यो त्यसपछि विश्वभर यसले उग्ररुप लिन थाल्यो । पुनः २०७६ साल चैत्र १७ (२०२० मार्च ३०)यता देवगुरु बृहस्पति नीच राशी (मकर)मा गोचर भई भाइरस फैलावटलाई तीव्रता प्रदान गरिरहेको छ।

राहु पनि किटाणु, भाइरस वा ब्याक्टेरियाको कारकतत्व र यसको सप्तम दृष्टि शनि, बृहस्पति र केतु युक्तिमा पर्नाले अझ यो विस्फोटको रुप लिन सफल भयो । यसले कमजोर सूर्य, चन्द्रमा र बृहस्पतिलाई क्षति पु-र्याइ दर्दनाक स्थिति निम्त्यो। अष्टकवर्ग अनुसार कोरोना उत्पति महिनाबाट गणना गर्दा २४, १९, २९, २४, २६, ३५, २१, क्रमशः पुस, माघ, फाल्गुन, चैत, वैशाख, जेष्ठ, असारका लागि अंक प्राप्त हुन्छ जुन औसतमा ३० भन्दा कम छ । यसलाई पनि खासै राम्रो मानिदैन ।

अर्कोतिर हाल चलिरहको ४६औं परिधावी नाम संवत्सर हो । संहिता ज्योतिष ग्रन्थको अनुसार यो संवत्सरमा प्रजा वा जनता कैयौं प्रकारका रोग वा माहामारीबाट पिडित हुन्छन् भन्ने फलकथन गरिएको छ। जसको कारण नोबोल कोरोना भाइरस फैलिनु कारण मान्न सकिन्छ । यो भाइरसमा अत्याधिक मात्रामा रातो प्रकाश (Red Light) हुने भएकाले दिन दुई गुना रात चौं गुना फैलिने क्षमता राख्छ ।

यतिखेर मिथुन राशी स्थित उच्च राहु आद्रा नक्षत्र प्रवेश गरेको छ । यस्तो संयोग हुँदा युद्ध वा माहामारी हुनेगर्छ । इतिहासलाई नियाल्दा के पाइन्छ भने ६ अगस्त १९४५ मा जापानको हिरोशिमामा एटमवम आक्रमण, ११ सेप्टम्बर २००१ मा अमेरिकाको टुइनटावरमा आंतकवादी हमला र १९ जनवरी १९८३ मा कहिले निको नहुने एचआइभी एड्स रोगको माहामारी सुरुवात भएको थियो । र, यतिखेर कोरोना भाइरसमको माहामारी ।

आद्रा नक्षत्र आँशुको कारकतत्व हो । यो जलबाफस र हावाबाट उत्पन्न हुने रोग (Moisture & Airborne Diseases) फ्लु, इनफ्लुएन्जा जस्तोलाई जनाउँछ । आद्रा नक्षत्रलाई रुद्रको रुपमा लिइन्छ । यो विनासताको कारक हो । पूृर्विय दर्शनलाई आधार लिँदा जब प्रकृतिको अत्याधिक दोहन हुन्छ तव शंकर भगवान रुद्र अवतार धारण गरी संगार गर्नुहुन्छ । जीवलाई संस्कार सिकाउनुका साथै प्रकृतिलाई शुद्धिकरण गराउनुहुन्छ भनिएको छ । अहिलेको परिस्थिति यस्तै कथाकथित हुन पनि सक्छ ।

जे होस् चाँडै नयाँ वर्ष २०७७ सालबाट ४७ औं प्रमादी संवत्सर(चैत्र शुक्ल प्रतिपदा पश्चात) नव वर्षारम्भ हुँदैछ । त्यतिखेर, आत्माको कारक सूर्य जसले आफ्नो किरणले शुद्धिकरण गराउँछ त्यो पनि वैशाख महिनाबाट उच्च राशीमा (मेष) प्रवेश गर्छ । तब सूर्यको आभामण्डलले रोगव्याधिको नाश गदै लैजान्छ। शक्तिशाली राष्टले नयाँ कार्यशैली अबलम्बन गर्नेछन् । भ्याक्सिन वा खोपको परिक्षण र प्रयोग हुनेछ । त्यस्तै बृहस्पति र केतुको युक्ति २०७६ को चैत्र १२ (२०१९मार्च २४) गतेबाट भंग भइसकेतापनि लगत्तै २०७७ साल असार ७ गते (अषाढकृष्ण औंसी तिथि) तदनुसार २१ जुन २०२० मा अर्को खण्डग्रास सूर्य ग्रहण करिब ३ घण्टा ३३ मिनेट समयसम्म लाग्नेछ । यतिखेर नीच बृहस्पति, शनि र केत आमुन्ने सामुन्ने हुनेछन् भने चन्द्रमा र बुध ग्रह अस्त हुनका साथै बुध, बृहस्पती र शनि ग्रह बक्री हुन्छन्। त्यतिखेरको भाव कुण्डली र गोचर कुण्डलीको विश्लेषण गर्दा पनि थप संकट उत्पन्न हनसक्ने सम्भवाना रहन्छ । यस पछि असार ८ देखि असार २२ गते बीच सूर्यले आद्रा नक्षत्र भ्रमण गरिसकेपछि अर्थात भूमीराज पछि समय अनुकुल बन्दै जानेछ । करिब यही समयमा नै कालसर्प योगको युक्ति भंग हुनेछ। अष्टकवर्ग अनुसार २७, २८, ३३, ४८ क्रमशः श्रावण, भाद्र, असोज, कात्तिक प्राप्त हुन्छ जुन औसत ३० भन्दा बढी हुन्छ, यसलाई शुभ मानिन्छ । यसरी आउने २०७७ सालको असार मसान्तपछि मात्रै कोरोना भाइरस(COVID19)को माहामारी साम्य हुँदै जाने देखिन्छ ।

अब आउने तीन महिनासम्म अर्थात २०७७ सालको असार मसान्तसम्म उच्च सर्तकता अपनाउनु अति आवश्यक छ । यो समय अवधिमा कोरोना भाइरस (COVID19) को माहामारी फैलन नदिन नियमित रुपमा साबुन पानीले हात धुने वा स्यानिटाइजर(Sanitizer) प्रयोग गर्ने, मास्को प्रयोग गर्ने, खोक्दा वा हाछ्युँ गर्दा आफ्नो नाक मुख ढाक्ने, हात नमिलाउने, भिडभाडमा नजाने, शारीरिक व्यायाम र व्यक्तिगत सरसफाईमा विशेष ध्यान दिनुपर्छ। त्यस्तै खाद्यान्य तथा उपभोगीय साम्रगीको मितव्ययितामा जोड दिने गनुपर्छ ।

यदि निरन्तर रूघाखोकी लाग्ने, घाँटी दुख्ने, १००.४ डिग्री फरेहनहाइट भन्दा बढी ज्वरो आउने, सास फेर्न गाह्रो हुने जस्ता लक्षणहरू देखिएमा तुरून्त स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ । विशेषगरी विदेशबाट आएका व्यक्तिहरूले स्वास्थ्य परिक्षण गर्ने र क्वारेन्टाइनमा बस्नुपर्छ । यस्तो बेलामा केटाकेटी, बुढाबुढी र रोगी (दम, लहरेखोकी, क्षयरोग, निमोनिया, गुप्त रोग वा पिण्डे रोगी) ले विशेष ध्यानदिनुपर्छ । मनतातो पानीे, तुलसी पानी, बिरेनुन पानी, बेसार पानी, मरिच पानी खाने, गरम मसाला, दालचिनी, अदुवा, लसुन खाने, पारिलो घाममा बस्ने (भिटामिन डी को स्रोत), भिटामिन ए र ई पाइने तरकारी, सागपात, र फलफूल जस्ता शाहकारी भोजन खानुपर्छ । यसमा भएको प्रोटिन, लिपिड, भिटामिन, एमिनो एसिड, बिटाक्यारोटिन एन्टीअक्सिडेन्टले एन्टीभाइरसको काम गर्छ । जसले गर्दा कोरोना भाइरससँग लड्ने रोगप्रतिरोधात्मक क्षमताको अभिवृद्धि गराउँछ ।

यस्तो माहामारीको बेलामा यथास्थान वा घरमै बस्ने, घर डिटेल र नुन पानीले सफा गर्ने वा पुछ्ने , घर वरिपरिको वातावरण सफा गर्ने, साहित्यक/धार्मिक पुस्तक पढ्ने, प्रेरणादायक फिल्म हेर्ने, गित सुन्ने, वाद्यवाद्यन वजाउने (Musical Therapy), करेसाबारीमा काम गर्ने, (Mental Therapy), सिर्जनशीलताको काम गर्ने  जस्ता कार्य गरेर समयलाई सदुपयोग गर्न सकिन्छ ।

भैतिक( Physical) र पराभैतिक(MetaPhysical) तत्वको संयोजनबाट बनेको यस प्रकृतिमा धेरै आस्तिक वा धेरै नास्तिक भएर पनि हाम्रो जीवन चल्दैन । तदर्थ, मानव जीवनलाई आस्तिकता र नास्तिकताको मध्यधारमा डोराउन सक्नुपर्छ, आनिमात्र जीवन सार्थक हुन्छ । यस्तो माहामारीको बेला ध्यान(Meditation)गर्ने, योग( Yoga)गर्ने, प्रणयाम गर्ने, सूर्य नमस्कार गर्ने, आलोमविलोम गर्ने, कपालभाती गर्ने, गायत्री मन्त्र उच्चारण, स्वस्ति वाचन, व्यक्तिगत धार्मिक कार्यमा संलग्न हुने, जप गर्ने (Chanting), आदि क्रियाकलापले अध्यात्मिक शक्तिको जागरण सहित मनविज्ञानमा सकारात्मक ऊर्जा प्रवाह गराउँदछ । हवन साम्रगी लिएर हवन गर्ने, धूप बाल्नेले पनि स्थानीय वातावरणलाई शुद्ध गराउँछ । यो समयमा आफ्नो जन्म प्रत्रिकामा कालसर्प योग परेकाले नागदेविदेवताको पूजा गर्नु उत्तम हुन्छ । त्यस्तै आफ्नो जन्म कुण्डलीको लग्न स्वामी र इष्टदेवको वीज मन्त्रको विजोर संख्यामा जप गर्नाले ध्यानमा केन्द्रित भई रोगप्रतिरोधात्मक क्षमता वृद्धि गराउन मद्धत पुग्छ।

माहामारी नासको लागि श्री दुर्गा सप्तशती सचित्रमा तपाँइहामीले सुनेको मन्त्र उल्लेख छः

जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोस्तु ते ।।

यो मन्त्रलाई एक माला (१०८) जप गर्नाले  पनि माहामारीको भयलाई कम गराउँछ ।

ॐ हौं जूं सःॐ भूर्भुवः स्वः त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम् ।
उर्वारूकमिव बन्धनान्मृत्योमुक्षीय मामृतात् ॐस्वःभुवःभभूःजूं हौं ॐ । ।

यो महामृत्युंजय मन्त्रलाई बिजोर संख्यामा जप गर्नाले अकाल मृत्युको भयलाई हटाउन सकिन्छ ।

।।। ॐ ह्रीं गों गोरक्षनाथाय् विद्महे शून्यपुत्रायधीमहि तन्नो गोरक्ष निरञ्जनः प्रचोदयात् ।।।
।।। अनन्तकोटी ब्रह्माण्डं गोरक्षं स चराचरम् दर्शनं मुक्ति लाभं च तस्मै गोरक्षाय नमोनमः ।।।
।।। ॐ नम शिव शिवायः ।।।

यो गोरक्ष मन्त्रलाई तीन पटक मात्र जप गर्नाले  पनि मनमस्तिष्कमा सकारात्मक ऊर्जा पैदा गराउँन सकिन्छ ।

अतः नेपाल पनि यो माहामारीको चपेटामा छ । हामी दोस्रो अवस्थामा छौ । खूल्ला सिमाना र वैदेशिक रोजगारले थप जोखिम मोलेको छ । एकजना संक्रमितको सम्पर्कबाट सयौंलाई यो रोग सर्न सक्ने भएकाले सबैजना त्राहिमाम छन् । तर हामी नेपाली धुलो, धूवाँ, माटो खेलेर हुर्किएको गाथा छ। हाम्रो जनजीवन, खानपान, हावापानी, रहनसहन र धर्म-संस्कारले गर्दा हाम्रो रोगप्रतिरोधात्मक क्षमता बलियो छ। हुनतः यतिखेर मौसम परिर्वतनको समय छ, त्यसैले साधारण रूघाखोकी र ज्वरो आयो भन्दैमा आफ्नो मनोबल गिराइहाल्नु हुँदैन। यो त सामान्य प्रक्रिया हो । तै पनि, हामी नेपालीहरुको हठी गर्ने बानी हुन्छ तसर्थ लकडाउनको बेला जतापाइयो त्यतै हिँड्ने, खाने, भिडभाड गर्ने, भनेको नमान्ने, गम्भीर नहुने, आदि इत्यादि क्रियाकलाप बन्द गर्नुपर्छ । नत्र भने आफ्नो मृत्युको कारक आफै हुन के बेर । यसको उपाचार छैन । यो रोग लागी हालेमा कि मृत्यु, कि जीवन । रोजाई तपाँइकै हातमा छ । यसका लागि आफैं लड्ने हो, आफैं चेन ब्रक गर्ने हो । त्यसैले बेलैमा कोरोना भाइरसबाट बच्न होसियार रहौं ।

चेतन नेपाल वायोमेडिकल फिजिस्टि तथा ज्योतिर्विद् हुनुहुन्छ

प्रतिक्रिया दिनुहोस्