बागमती प्रादेशिक ललितकला प्रदर्शनी– २०८२ : सृजनशीलता, अनुसन्धान र सांस्कृतिक प्रतिबद्धताको संगम

सुनिल पौडेल
सुनिल पौडेल February 21, 2026
6 Min Read
Aa

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र संस्कृति तथा पर्यटन मन्त्रालय, बागमती प्रदेशको संयुक्त आयोजनामा ‘बागमती प्रादेशिक ललितकला प्रदर्शनी–सम्मेलन २०८२’ शुक्रबारदेखि नक्सालस्थित प्रतिष्ठान परिसरमा सुरु भएको छ। कला–संस्कृतिको समग्र प्रवर्धन, अनुसन्धान र प्रादेशिक सृजनाशीलताको पहिचान स्थापित गर्ने उद्देश्यसहित आयोजना गरिएको प्रदर्शनी फागुन १२ गतेसम्म सञ्चालन हुनेछ।  प्रदर्शनीको उद्घाटन बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले गर्नुभयो। उद्घाटन मन्तव्यमा उहाँले कला र संस्कृति कुनै समयसीमाभित्र सीमित नहुने उल्लेख गर्दै कलाकारले राष्ट्रको पहिचान निर्माण र अर्थतन्त्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्नुभयो। उहाँले ऐतिहासिक व्यक्तित्व अरनिकोको स्मरण गर्दै पाँचपोखरी थाङपालमा निर्माणाधीन ८४ फिट अग्लो बुद्धमूर्तिको चर्चा गर्नुभयो र यस्ता सांस्कृतिक परियोजनामा प्रदेश सरकारको तर्फबाट सक्दो सहयोग रहने प्रतिबद्धता जनाउनुभयो।

Bagmati Province Art Exhibition-2082, Nepal Academy of Fine Art, Naxal, Kathmandu, Nepal. Parampara Media and Research Center Pvt.Ltd. english.khojpatra.com khojpatra.com

कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कलाकारलाई समाजको ‘सफ्ट पावर’का रूपमा व्याख्या गर्दै ललितकलाले नै सांस्कृतिक चेतनाको प्रारम्भिक नेतृत्व गरेको धारणा राख्नुभयो। उपत्यकाबाहिर समेत कला–बहस विस्तार हुँदै गएको उल्लेख गर्दै उहाँले नेपाली माटोको पहिचान उजागर गर्ने कला विकास, खोज तथा अनुसन्धानमा अझ सशक्त पहल आवश्यक रहेको बताउनुभयो। प्रतिष्ठानका उपकुलपति तथा बागमती प्रदेश समन्वय समिति संयोजक लालकाजी लामाले प्रादेशिक प्रदर्शनीको सुरुवातलाई संस्थागत विकेन्द्रीकरणको महत्त्वपूर्ण कदमका रूपमा व्याख्या गर्नुभयो। स्थानीय भूगोल, समुदाय र सिर्जनात्मक परम्परासँग जोडिएर कलाको ‘जरामा गोडमेल’ गर्ने उद्देश्यले प्रतिष्ठान अघि बढिरहेको उहाँको भनाइ थियो।

Bagmati Province Art Exhibition-2082, Nepal Academy of Fine Art, Naxal, Kathmandu, Nepal. Parampara Media and Research Center Pvt.Ltd. english.khojpatra.com khojpatra.com

सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले स्रष्टा वर्तमानका द्रष्टा मात्र नभई भविष्यका इतिहासकारसमेत भएको उल्लेख गर्दै अहिलेको पुस्ताले नै भोलिको ललितकलाको इतिहास लेख्ने बताउनुभयो। समाजलाई सकारात्मक, उन्नतशील र गतिशील बनाउने प्रक्रियामा संस्कृतिकर्मीको भूमिका निर्णायक हुने उहाँको धारणा थियो। संस्कृति तथा पर्यटन मन्त्रालय, बागमती प्रदेशका सचिव दिपेन्द्र सुवेदीले देशको मौलिक पहिचान कला–संस्कृतिसँग अभिन्न रूपमा जोडिएको बताउँदै बागमती प्रदेश प्रज्ञा–प्रतिष्ठान गठनसम्बन्धी कानुनी प्रक्रिया अघि बढिरहेको जानकारी दिनुभयो। कला अमूल्य सम्पदा भएकाले यसको संरक्षण र सम्मानमा राज्य गम्भीर हुनुपर्ने उहाँले जोड दिनुभयो।

Bagmati Province Art Exhibition-2082, Nepal Academy of Fine Art, Naxal, Kathmandu, Nepal. Parampara Media and Research Center Pvt.Ltd. english.khojpatra.com khojpatra.com

समारोहमा सिद्धिरत्न शाक्य (परम्परागत मूर्तिकला), रामसुन्दर ख्याजु (परम्परागत पौभा चित्रकला), सरिता चित्रकार (लोककला), विश्वम्भर लामिछाने (मूर्तिकला) लगायतलाई सम्मान गरिएको थियो। साथै सिन्धुली कला घर (सिन्धुली), वल्र्ड आर्ट लिङ्क (रत्ननगर, चितवन) र इ आर्टस् नेपाल (ललितपुर)लाई पनि सम्मान प्रदान गरियो। सम्मानित कलाकारमध्ये विश्वम्भर लामिछानेले कलाका विविध आयाममाथि प्रकाश पार्दै प्रतिष्ठानप्रति आभार व्यक्त गर्नुभयो।  कार्यक्रममा प्रतिष्ठानका प्राज्ञपरिषद् तथा प्राज्ञसभाका सदस्यहरू, पूर्व उपकुलपति गोपाल चित्रकार, सांस्कृतिक संस्थानका महाप्रबन्धक किरण बाबु पुन, ललितकला क्याम्पस भोटाहिटीका क्याम्पस प्रमुख डा. यामप्रसाद शर्मा, राष्ट्रिय बालअधिकार परिषद्का उपाध्यक्ष बम बानियाँसहित कलाकार, संस्कृतिकर्मी र पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

Bagmati Province Art Exhibition-2082, Nepal Academy of Fine Art, Naxal, Kathmandu, Nepal. Parampara Media and Research Center Pvt.Ltd. english.khojpatra.com khojpatra.com

प्रदर्शनीको क्युरेटिङ प्राज्ञसभा सदस्य सुन्दर सिंखवालको संयोजनमा सविना तामाङ र रजनी सिंखवालले गर्नुभएको हो। प्रदर्शनीमा बागमती प्रदेशका कलाकारका परम्परागत तथा समसामयिक चित्रकला, मूर्तिकला, शिल्प–हस्तकला, वास्तुकला, लोककला तथा बहुआयामिक सिर्जनात्मक विधाका कृतिहरू समावेश भएको छ भने २४५ भन्दा बढी कलाकारहरुको करिब २८० भन्दा धेरै कलाकृतिहरु प्रदर्शनीमा समेटिएका छन् । कलाकृतिहरुमा पछिल्लो जेनजी आन्दोलनमा घटित घटनाहरुलाई समेत कलाकृति मार्फत प्रस्तुत गरिएको छ ।

Bagmati Province Art Exhibition-2082, Nepal Academy of Fine Art, Naxal, Kathmandu, Nepal. Parampara Media and Research Center Pvt.Ltd. english.khojpatra.com khojpatra.com

कलाकार जुपिटर प्रधानको प्रतिस्थापनकलाले मानव चेतना, अन्धविश्वास र सामाजिक वर्चस्वमाथि प्रश्न उठाउँछ। सिंग भएको र आँखा बाँधिएको टाउकोले आदिम प्रवृत्ति र सत्यप्रति अन्धोपन देखाउँछ, भने वरिपरिका फुटेका माटोका अनुहारहरूले बिखण्डित पहिचान र दबिएका आवाजहरूको प्रतिनिधित्व गर्छन्। समग्रमा, यसले शक्ति संरचना र मानवीय अवस्थामाथि गहिरो चिन्तन गराउँछ। अर्का कलाकार प्रकाश मिजारले गहुँको छ्वालीबाट तयार गरिएको कलाकृति प्रदर्शनीमा राखिएको छ । जसमा मञ्जुश्रीको आकृति प्रस्तुत छ, जसले ज्ञान र प्रज्ञाको प्रतीक जनाउँछ। तरबारले अज्ञानता काट्ने शक्ति र कमलले पवित्रता संकेत गर्छ। प्राकृतिक सामग्री प्रयोग गरी बनाइएको यस कृतिले नेपाली परम्परा, आध्यात्मिकता र सूक्ष्म हस्तकलाको सुन्दर उदाहरण प्रस्तुत गर्दछ।

Bagmati Province Art Exhibition-2082, Nepal Academy of Fine Art, Naxal, Kathmandu, Nepal. Parampara Media and Research Center Pvt.Ltd. english.khojpatra.com khojpatra.com

समसामयिक नेपाली कलाक्षेत्रमा न्यूनतावाद र अवधारणामूलक अभ्यासलाई सशक्त रूपमा अघि बढाइरहेका कलाकार रविन्द्र श्रेष्ठको प्रस्तुत कृति दृश्यभन्दा विचारको शक्ति बढी प्रभावकारी हुन सक्छ भन्ने धारणा स्थापित गर्ने प्रयासजस्तो देखिन्छ। पहिलो नजरमा अत्यन्त साधारण र रिक्त प्रतीत हुने यो कामले “के देखिन्छ?” भन्दा पनि “के अनुभूत हुन्छ?” भन्ने प्रश्न दर्शकमाझ उभ्याउँछ। कालो सतहमा कोरिएको सेतो ब्रस–स्ट्रोक र एकल बिन्दुले शून्यता र उपस्थितिको सूक्ष्म द्वन्द्वलाई उजागर गर्छ। सेतो रेखा कुनै निश्चित आकृतिमा सीमित छैन, तर त्यसले गति, दिशा र अदृश्य सीमाको संकेत गर्छ। सानो बिन्दु केन्द्रबिन्दुजस्तो देखिए पनि यसको अर्थ स्थिर छैन—बरु त्यहीँबाट विचारको प्रारम्भ हुन्छ र त्यसको विस्तार दर्शकको चेतनामा फैलिन्छ। कलाकारले न्यूनतम माध्यममार्फत अधिकतम अर्थ सिर्जना गर्ने रणनीति अपनाएका छन्।

Bagmati Province Art Exhibition-2082, Nepal Academy of Fine Art, Naxal, Kathmandu, Nepal. Parampara Media and Research Center Pvt.Ltd. english.khojpatra.com khojpatra.com

दोस्रो फ्रेममा प्रायः रिक्त सेतो क्यानभास, एक बिन्दु र हस्ताक्षर मात्रको उपस्थिति कला–वस्तुको परम्परागत अवधारणालाई चुनौती दिन्छ। यहाँ ‘खालीपन’ नै मुख्य विषय बनेको छ। श्रेष्ठले दृश्य संरचनाभन्दा अवधारणालाई अग्रस्थान दिँदै प्रश्न गर्छन्—के कला सधैं भरिएको, जटिल र व्याख्यायोग्य हुनैपर्छ? वा शून्यताले पनि अर्थको सम्भावना बोकेको हुन्छ? काठको बोर्ड, डोरीको प्रयोग, कालो–सेतोको तीव्र विरोधाभास र हस्ताक्षरको उपस्थिति मिलेर भौतिकता र अमूर्तताको सम्वाद सिर्जना गर्छ। यसले समय, अस्तित्व र सीमाको बोध गराउँदै कला र जीवनबीचको सूक्ष्म रेखालाई संकेत गर्छ। समग्रमा, यो कृति दर्शकलाई बाह्य दृश्य–अनुभवभन्दा भित्री चिन्तनतर्फ मोड्ने प्रयास हो—जहाँ ‘अदृश्य रेखा’ कुनै क्यानभासमा होइन, दर्शककै मनभित्र कोरिन्छ।

Bagmati Province Art Exhibition-2082, Nepal Academy of Fine Art, Naxal, Kathmandu, Nepal. Parampara Media and Research Center Pvt.Ltd. english.khojpatra.com khojpatra.com

अर्का कलाकार प्रधुम्न श्रेष्ठको कलामा काठमाडौँ उपत्यकाको सांस्कृतिक र आध्यात्मिक विरासतलाई भव्य रूपले प्रस्तुत गरेको छ। केन्द्रमा स्तूपाको प्रतीकात्मक संरचना देखिन्छ, जसको आँखाले सर्वज्ञ दृष्टिको संकेत गर्छ। वरिपरि देव–देवीका अलौकिक आकृतिहरू, बादल र लुङ्गताहरुले आध्यात्मिक ऊर्जा र आकाशीय आयामको अनुभूति गराउँछन्। सिंह–प्रतिमा र वज्र जस्ता प्रतीकहरूले नेवार वास्तुकला र बौद्ध–हिन्दू समन्वयलाई उजागर गरेका छन्। समग्रमा, यो कृति मिथक, इतिहास र वर्तमान शहरजीवनलाई एकै दृश्य–कथामा गाभ्दै उपत्यकाको जीवित सांस्कृतिक स्मृतिलाई चित्रण गर्छ।

नेपाल पर्यटन बोर्ड कला प्रवर्धकका रूपमा जोडिएको यस प्रदर्शनीले प्रदेशको सांस्कृतिक ऊर्जा, सिर्जनात्मक विविधता र संस्थागत सहकार्यलाई एउटै मञ्चमा उभ्याएको छ।

Bagmati Province Art Exhibition-2082, Nepal Academy of Fine Art, Naxal, Kathmandu, Nepal. Parampara Media and Research Center Pvt.Ltd. english.khojpatra.com khojpatra.com Bagmati Province Art Exhibition-2082, Nepal Academy of Fine Art, Naxal, Kathmandu, Nepal. Parampara Media and Research Center Pvt.Ltd. english.khojpatra.com khojpatra.com Bagmati Province Art Exhibition-2082, Nepal Academy of Fine Art, Naxal, Kathmandu, Nepal. Parampara Media and Research Center Pvt.Ltd. english.khojpatra.com khojpatra.com Bagmati Province Art Exhibition-2082, Nepal Academy of Fine Art, Naxal, Kathmandu, Nepal. Parampara Media and Research Center Pvt.Ltd. english.khojpatra.com khojpatra.com Bagmati Province Art Exhibition-2082, Nepal Academy of Fine Art, Naxal, Kathmandu, Nepal. Parampara Media and Research Center Pvt.Ltd. english.khojpatra.com khojpatra.com Bagmati Province Art Exhibition-2082, Nepal Academy of Fine Art, Naxal, Kathmandu, Nepal. Parampara Media and Research Center Pvt.Ltd. english.khojpatra.com khojpatra.com Bagmati Province Art Exhibition-2082, Nepal Academy of Fine Art, Naxal, Kathmandu, Nepal. Parampara Media and Research Center Pvt.Ltd. english.khojpatra.com khojpatra.com Bagmati Province Art Exhibition-2082, Nepal Academy of Fine Art, Naxal, Kathmandu, Nepal. Parampara Media and Research Center Pvt.Ltd. english.khojpatra.com khojpatra.com

प्रतिक्रिया दिनुहोस्