मोनालिसा डुङ्गा खियाउँदै सिद्धार्थमा

सुनिल राज ढकाल
सुनिल राज ढकाल २१ फाल्गुन २०७९, आईतवार ०६:००
5 Min Read
Aa
सिद्धार्थ आर्ट ग्यालरीमा इशान–सविताको चित्रकला

क्यानभासमा सूर्य अनि चन्द्रमालाई दुइ कुनामा सजाइएको छ अनि त्यसको मुनिपट्टि अर्धनारेश्वरलाई देखाइएको छ । सामान्यतयाः अर्धनारेश्वरलाई एउटै शरिरबाट आधि भाग महिलाको र आधा भाग पुरुषको जस्तो देखाइने गरिन्छ, तर यस चित्रमा भने टाउको नै दुइ वटा देखाइएको छ । क्यानभासको दायाँ र बायाँ भागमा भने काठमाडौँ र पोखराको साँस्कृतिक पक्षलाई झल्काउने गरि एक कलाकार जोडीले आफ्नो कलालाई प्रस्तुत गरेका छन् । त्यसो त कलाकार जोडीहरु आफ्नो छुट्टाछुट्टै क्यानभासमा प्रायः काम गर्ने गर्दछन् तर यस पटक भने एउटै क्यानभासमा आप्mनो कला प्रदर्शनी गरिएको भने यी जोडिको पहिलो अनुभव बताउँछन्, जोडी कलाकार मध्येकी एक सविता डंगोल । कलाकार इशान परियार र सविता डंगोलले गरेको यो प्रदर्शनी चौथो पटकको हो । सिद्धार्थ आर्ट ग्यालरी एनेक्समा फाल्गुन १९ देखि चैत्र १७ गतेसम्म प्रदर्शनी चल्नेछ ।

सिद्धार्थ आर्ट ग्यालरीमा इशान–सविताको चित्रकला

कलाकारद्वय इशान र सविता कलाकारिताको क्षेत्रमा स्थापित नाम भइसकेका छन् । कलाकार इशान पोखराको भएकाले उनले आफ्ना चित्रहरुमा डुङ्गाको बिम्बलाई प्रयोग गर्ने गर्दछन् । नेपालबाट चोरी भएका मूर्तिहरु जलमार्ग हुँदै विश्वका विभिन्न ठाउँमा चहार्दै गरेको र कहिँबाट मूर्ति फिर्ता आउँदा समेत जलमार्गबाट नै आउने गरेको सन्दर्भलाई जोड्दै आफ्नो चित्रकलामा भावनात्मक रुपमा जन्मेको ठाउँ र सिंगो देशलाई नै प्रतिनिधित्व गर्नका निमित्त उनी डुंगाको मद्दत लिने गर्दछन् । माछापुच्छ्रे, विन्दवासिनी जस्ता त्यहाँको धरोहरहरुलाई पनि उनी आफ्नो चित्रमा छोड्दैनन् । चित्रकलाको साथसाथै विद्यालयमा अध्यापन पनि गराइरहेका यी कलाकार डुङ्गालाई खियाउँदै गन्तव्यसम्मको यात्रा गर्नको निमित्त पनि महत्वपूर्ण भूमिका रहेको बताउँछन् ।

सिद्धार्थ आर्ट ग्यालरीमा इशान–सविताको चित्रकला
सिद्धार्थ आर्ट ग्यालरीमा इशान–सविताको चित्रकला

त्यसैगरी कलाकार सविता डङ्गोल पनि चित्रकलाको क्षेत्रमा विस्तारै स्थापित नाम भइसकेकी छन् । सानै देखि कलाकारितामा रुचि भएकी यी कलाकार काइँयोलाई विम्बको रुपमा जेलिएका कपालहरुलाई जीवनमा आउने समस्याहरुसँग तुलना गर्दै काइँयो सानो चिज भए पनि जेलिएका कपालहरुलाई सुल्झाएको जस्तै साना साना कुराहरुले जीवनमा निकै खुशी दिने र सुमधुर बनाउन मद्दत गर्ने कुरा बताउँछिन् ।

यी दुइ कलाकारहरुको काम गर्ने शैली अनि प्रसङ्गहरु बेग्ला बेग्लै हुने भएकाले पनि कहिल्यै एउटै क्यानभासमा काम गर्ने नगरेको बताउने गर्दथे । तर समयक्रमसँगै एउटै क्यानभासमा काम गर्ने इच्छा भएको र प्रेम दिवस तथा विवाह वर्षगाँठलाई उत्सवको रुपमा मनाउनका लागि सँगै काम गरेको बताउँछन् ।

सिद्धार्थ आर्ट ग्यालरीमा इशान–सविताको चित्रकला
सिद्धार्थ आर्ट ग्यालरीमा इशान–सविताको चित्रकला

कलाकार इशान परियारले लक्ष्मीनारायणको चोरिएको मूर्ति नेपाल ल्याइएको प्रसंङ्गलाई क्यानभासमा उतारेका छन् जहाँ मोनालिसा नेपाली पोशाकमा सजिएर डुंङ्गा खियाइरहेकी छिन् । उनका अनुसार नेपालीहरुमा राष्ट्रियता अनि संस्कृतीलाई जगेर्ना गर्नुपर्दछ भन्ने चेत विस्तारै विकास भइरहेको सम्झन्छन् । उनको अर्काे चित्रमा भने उनले एक डुङ्गामा सबै प्रजातिको जनावरहरुलाई तथा मानवलाई चित्रण गरेका छन्  । उनका अनुसार त्यस डुङ्गाले पृथ्वीलाई जनाउँछ भने त्यसको पाश्र्वभागमा रहेका अग्ला अग्ला भवनहरु तथा नेपालका मन्दिरहरुले हाम्रो यात्राका क्रममा देखिने यी दृश्यहरु साँस्कतिक मात्र नभइ मानव विकासक्रमलाई दर्शाउने जनाउँछन् । यस चित्रको वरिपरि भने अरु ग्रहहरु आफ्नै गतिमा यात्रा गरिरहेको देखाएका छन् ।

सिद्धार्थ आर्ट ग्यालरीमा इशान–सविताको चित्रकला
सिद्धार्थ आर्ट ग्यालरीमा इशान–सविताको चित्रकला

झट्ट हेर्दा कुनै तस्वीर जस्तो लाग्ने उनको काष्ठमाण्डपको चित्रमा उनले भूकम्प अघिको काष्ठमाण्डपलाई चित्रण गरेका छन् । उनका अनुसार काष्ठमाण्डपको अगाडि पट्टि भुतेश्वर महादेवको एक मन्दिरलाई समेत देखाएका छन् । जनश्रुति अनुसार पाटनका प्रताप मल्ल एक पटक काठमाडौ घुम्नका लागि एक सर्पको भेषमा आएका थिए । यसरी आउँदा काठमाडौँका तान्त्रिकहरुले चाल पाइ उनलाई बन्दी बनाएका थिए । जब पाटनका तान्त्रिकहरुले आफ्नो राजा बन्दी बनेको कुरा चाल पाए, उनीहरुले भूतेश्वर महादेवको आराधना गरी ती राजालाई त्यहाँबाट मुक्त गरी लगेको सम्झना स्वरुप काष्ठमाण्डप अगाडि भुतेश्वर महादेवको स्थल बनाएको कलाकार बताउँछन् । त्यस समयमा देखिने खुला अनि निलो आकाश अनि मानिसहरु आफ्नै तालमा मग्न भइरहेको परिदृश्य उनको चित्रमा देख्न सकिन्छ ।

त्यसैगरी कलाकार इशानले पोखरामा अवस्थित माछापुच्छ्रेको बारेमा बाघको जस्तो मुखाकृति भएको विश्वास लिइन्थ्यो । त्यसैले पनि उनले घामका किरणहरु हिमालमा पर्दाको मनमोहक दृश्य अनि बाघको आकृति सहितको हिमाल अनि हिमालसँगैको खालि स्थानमा एक बाघको रेखाचित्रलाई प्रस्तुत गरेका छन् ।

सिद्धार्थ आर्ट ग्यालरीमा इशान–सविताको चित्रकला
सिद्धार्थ आर्ट ग्यालरीमा इशान–सविताको चित्रकला

कलाकार सविता डंगोलले भने आफ्नो काइँयोको बिम्बलाई अझ पनि आत्मसाथ गर्दै अझ विभिन्न ढंगबाट त्यसको प्रयोग गरिरहेको पाउन सकिन्छ । उनको केही चित्रहरुमा भने घरभित्र राखिने विरुवाहरुलाई पनि विस्तारै प्रयोगमा ल्याउन थालेको बताउँछिन् । विरुवाको विचबाट एक प्रेमिल जोडिको प्रेम हुर्कदै गरेको देख्न सकिन्छ । तर कुनै न कुनै रुपमा काइँयोको बिम्बलाई भने आत्मसाथ गर्दै लगेको पाउन सकिन्छ । प्रदर्शनीलाई अझ नजिकबाट नियाल्न र यी कलाकारहरुसँग भलाकुसारी गर्न निम्तो दिँदै यी कलाकारहरु सिद्धार्थ आर्ट ग्यालरी, बबरमहलमा पर्खिरहेका छन् ।

सिद्धार्थ आर्ट ग्यालरीमा इशान–सविताको चित्रकला
सिद्धार्थ आर्ट ग्यालरीमा इशान–सविताको चित्रकला

प्रतिक्रिया दिनुहोस्

Array