‘इकोज अफ द सेक्रेड’ चिनियाँ कलाकार सिल्भियाको एकल चित्रकला प्रदर्शनी

सुनिल पौडेल
सुनिल पौडेल September 16, 2026
4 Min Read
Aa

हिमालय, बौद्ध दर्शन, आध्यात्मिकता, करुणा र सांस्कृतिक सम्बन्धलाई कलामार्फत अभिव्यक्त गर्दै चिनियाँ कलाकार सिल्भियाको एकल कला प्रदर्शनी ‘इकोज अफ द सेक्रेड’ नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा सुरु भएको छ । प्रदर्शनीले नेपाल र चीनबीच लामो समयदेखि कायम सांस्कृतिक सम्बन्ध, पारस्परिक सम्मान र सिर्जनात्मक सहकार्यलाई कलाको माध्यमबाट प्रस्तुत गरेको छ ।

प्रदर्शनी उद्घाटनका क्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति चन्द्रश्याम डंगोलले कला कुनै एक देश, भाषा वा भौगोलिक सीमाभित्र सीमित नहुने बताए । उनका अनुसार कला मानव सभ्यता, भावना, संस्कृति र आध्यात्मिक अनुभवको सार्वभौम भाषा हो । “आजको प्रदर्शनीले नेपाल र चीनबीच लामो समयदेखि कायम सांस्कृतिक सम्बन्ध, पारस्परिक सम्मान र सिर्जनात्मक सहकार्यलाई थप सुदृढ गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको छ,” डंगोलले भने ।

"Echoes of the Sacred" Solo Exhibition by Sylvia, Chinies Artist.

15 to 18 September, 2026. 

Parampara Media and Research Center Pvt.Ltd. 
english.khojpatar.com
khojpatra.com

उनले सिल्भियाका सिर्जनामा कलाप्रतिको समर्पणसँगै बौद्ध दर्शन, संस्कृति र परम्पराप्रतिको गहिरो आस्था अभिव्यक्त भएको उल्लेख गरे । उनका अनुसार प्रस्तुत कलाकृति सौन्दर्यको अभिव्यक्ति मात्र नभई शान्ति, करुणा, मानवता र सांस्कृतिक संवादको सन्देशसमेत बोकेका छन् ।  डंगोलले नेपाली कला र कलाकारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्नुका साथै विभिन्न देशका कलाकारसँग सहकार्य विस्तार गर्दै कला कूटनीतिमार्फत अन्तर्राष्ट्रिय सांस्कृतिक सम्बन्ध सुदृढ गर्ने दिशामा प्रतिष्ठानले काम गरिरहेको बताए ।

चिनियाँ कलाकार सिल्भियाले नेपालसँग आफ्नो कला–सम्बन्ध करिब १६ वर्षअघि सुरु भएको बताइन् । पहिलोपटक नेपाल आएदेखि पटक–पटक नेपाल र चीनबीच यात्रा गर्दै आएको उल्लेख गर्दै उनले हिमालयलाई आफ्ना सिर्जनाको प्रमुख प्रेरणास्रोतका रूपमा प्रस्तुत गरिन् । “हिमालय कलाको विशाल खजाना हो, जसले मलाई निरन्तर प्रेरणा दिइरहेको छ,” उनले भनिन् । नेपाललाई आध्यात्मिकता, प्रेम, करुणा र आशीर्वादले भरिएको अलौकिक देशका रूपमा अनुभूति गरेको बताउँदै सिल्भियाले नेपालको भूमिबाट प्राप्त प्रेरणाबिना प्रस्तुत कलाकृति सिर्जना गर्न सम्भव नहुने धारणा व्यक्त गरिन् । “कलालाई व्याख्याको आवश्यकता हुँदैन । मेरा कलाकृतिमा मेरा सबै आशीर्वाद र शुभेच्छाहरू समेटिएका छन्,” उनले भनिन् ।

नेपालले भोगेका पीडा र दुःखलाई आफूहरूले नजिकबाट देखेको उल्लेख गर्दै उनले भविष्य अझ उज्यालो हुने विश्वास व्यक्त गरिन् । प्रदर्शनीको अवसर प्रदान गरेकोमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, उपकुलपति चन्द्रश्याम डंगोल, प्रदर्शनीका लागि खटिएका कर्मचारी तथा नेपाली र चिनियाँ साथीहरूप्रति उनले आभार व्यक्त गरिन् ।

"Echoes of the Sacred" Solo Exhibition by Sylvia, Chinies Artist.

15 to 18 September, 2026. 

Parampara Media and Research Center Pvt.Ltd. 
english.khojpatar.com
khojpatra.com

उद्घाटन समारोहमा चिनियाँ सांस्कृतिक केन्द्रका निर्देशक लिउ झान पिङले कला आफैंमा एउटा छुट्टै भाषा भएको बताए । कलाकार नभए पनि कलाले मानिसलाई जोड्ने र फरक दृष्टिकोण तथा संस्कृतिलाई बुझ्न सहयोग गर्ने उनको भनाइ थियो । “कला बोल्छ, मानिसलाई जोड्छ र विभिन्न दृष्टिकोण तथा संस्कृतिलाई बुझ्ने अवसर दिन्छ,” उनले भने । नेपाल र चीनका कला, संस्कृति र मानिसलाई एउटै मञ्चमा जोड्ने यस्ता कार्यक्रमले दुई देशबीचको मित्रता तथा सांस्कृतिक सम्बन्धलाई थप बलियो बनाउने उनले बताए । आगामी दिनमा नेपाल र चीनका कलाकार तथा सांस्कृतिक समुदायबीच थप सहकार्य, संवाद र सिर्जनात्मक सम्बन्ध विस्तार हुने अपेक्षा पनि उनले व्यक्त गरे । समारोहमा विशिष्ट अतिथिहरूलाई खादा अर्पण गरी स्वागत गरिएको थियो । त्यसपछि चिनियाँ सांस्कृतिक केन्द्रका निर्देशक लिउ झान पिङ, कलाकार सिल्भिया तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति एरिना ताम्राकारले संयुक्त रुपमा पानसमा दीप प्रज्वलन गरी प्रदर्शनीको औपचारिक उद्घाटन गरेका थिए ।

"Echoes of the Sacred" Solo Exhibition by Sylvia, Chinies Artist.

15 to 18 September, 2026. 

Parampara Media and Research Center Pvt.Ltd. 
english.khojpatar.com
khojpatra.com

समारोहमा ललितकला प्रज्ञा प्रतिष्ठानकी कुलपति एरिना ताम्राकार, हस्तकला महासंघका अध्यक्ष रवीन्द्र शाक्यलगायत कलाकार, कला–प्रेमी, सञ्चारकर्मी तथा कला क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो । प्रदर्शनीका सहयोगी सेन्स कन्स्ट्रक्सन प्रालिका तर्फबाट शर्मिला डंगोलले ल्याएको सम्मान–चिनो चन्द्रश्याम डंगोलमार्फत चिनियाँ सांस्कृतिक केन्द्रका निर्देशक लिउ झान पिङलाई प्रदान गरिएको थियो । प्रदर्शनीलाई खोकाना स्टोन कार्भिङ र सेन्स कन्स्ट्रक्सन प्रालिको सहयोग रहेको हो ।

‘इकोज अफ द सेक्रेड’ प्रदर्शनी भाद्र ३० गतेदेखि अशोज २ गते (१५ देखि १८ सेप्टेम्बर) सम्म नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको चन्द्रमान मास्के ग्यालरीमा सञ्चालन भइरहेको छ । प्रदर्शनीमा सिल्भियाका आध्यात्मिकता, हिमालय, बौद्ध दर्शन तथा नेपालसँगको उनको सिर्जनात्मक सम्बन्धबाट प्रभावित कलाकृति प्रस्तुत गरिएका छन् ।प्रदर्शनीले कला केवल सौन्दर्य अभिव्यक्तिको माध्यम नभई दुई देशका संस्कृति, अनुभव, भावना र मानिसबीच संवाद निर्माण गर्ने माध्यम पनि हुनसक्ने सन्देश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्