प्रविधिले भुलाउन खोजेको प्रकृति

हाम्रो बाल्यकाल कसरी वित्यो र आजका बालिबालिकाहरुको बाल्यकाल कसरी वित्दै छ ? के अहिलेका बालबालिका ठिक तरिकाले हुर्किरहेका छन् ? प्रश्न गम्भिर छ । तर समयको माग अनुसार मानिसको जीवनशैली र समय पनि परिवर्तित हुँदै जाने विषय हो । कुन ठीक हो वा कुन बेठीक हो भन्ने सन्दर्भमा नभई यो नितान्त तुलनात्मक रुपमा लेखिएको लेख मात्रै हो ।

मेरा हजुरबुबाले आप्mनो बाल्यकाल खेतमा खेत जोत्दा मकैको विउ छरेर विताउनुभयो होला । गाउँमा विद्यालय थिएन त्यसैले पढ्नका लागि उचित वातावरण थिएन । गाउँघरतिरको चलन–पढ्नका लागि बनारस जाने थियो । त्यहाँ संस्कृत पढाइ हुन्थ्यो । पढेर फर्किनेहरु गाउँमै शास्त्रको कुराहरु किर्तनको रुपमा सुनाउँथे । गाउँमा पर्वहरु पर्दा उनिहरु भजन किर्तनहरुमा संलग्न हुन्थे ।

मैले मेरो बा पढ्ने स्कुलको बारेमा उहाँकै मुखबाट सुनेँ । सिन्धुलीको दुम्जा हाई स्कुलबाट मेट्रिकको जाँच  दिनुभएको, अहिलेको एस इ इ सरह हो । मैले भने एसएलसी दिएँ ।

हाम्रो बा छात्रबास (होस्टेल) बस्नुभएको । तर आजभोलिको जस्तो रहेनछ त्यो बेला । मेरो बा रामेछाप जन्मिनुभएको । त्येतिबेला पढ्नेहरू पनि थोरै अनि स्कुल पनि । त्येसैले मेरो बा  दुम्जामै बस्नुपर्यो, स्कुलकै छात्रबासमा । त्यो पैसा नलाग्ने छात्रबास थियो । टाढाबाट पढ्न आउनेले उपयोग गर्ने घर । भात उति बेला खासै प्रचलनमा नरहेकोले घरबाटै मकैको पिठो लानुहुन्थ्यो । तिउन मसलाचै गाउँमै माग्ने । तरकारीको सुपरमार्केट चाहिँ गाउलेको बारी, खुल्ने समय राती, दिउँसो त चोर भनेर कुटपिट गर्लान् भन्ने पिर हुन्थ्यो । किताब कापी त सपनाका कुरा भए, कालो पाटी अनि त्यसमा लेख्ने सेतो खरी ढुङ्गो । पढाउने शिक्षकले पनि खासै पढेलेखेको नहुने । अहिलेका विकट गाउँ त्यतिबेला कति विकट थिए होला झन् । सबै कुराको अभाबै अभाब । स्कुलबाट घर चारपाँच घन्टाको दुरिमा भएकाले शुक्रवार घर जाने अनि शनिवार दिउँसो फर्कने गर्नुहुन्थ्यो । छुट्टीको बेला घरको खेतीपातीमा पनि सघाउनै पर्यो, किसानको छोराले । मेरा बाले बहुत दःुख गरेर पढ्नुभएको । म भएको भए मेरा लागि पर्याप्त कारण थिए नपढ्नकालागि । मेरो बा को सातजना दाजुभाइमा उनले मात्र पढ्नकै लागि गाउँ छाड्नु भएको । परिस्थितिले उहाँको इच्छाशक्तीलाई जित्न सकेन । त्यसैले गर्दा सन्तानमा पहिलो सरकारी जागीर खाने ब्यक्ति बन्नुभयो ।

सरकारी जागिर खाएकैले उहाँले काठमाडौँमा घर बनाउनुभयो, जहाँ हाम्रो जन्म भएको थियो । उहाँ जुन धरातलबाट आउनु भएको हो त्यो अनुसार यो राम्रै उपलब्धि हुनुपर्छ । त्यही जगमा हुर्किएर होला आज लगभग छैटौं दशकमा टेक्दा  पनि बाको जाँगर र मेहनत उत्तिकै छ ।

हामी सानो छँदा उपत्यकाका नदिनाला ‘काँठ क्षेत्र’ तिर सफा थिए । बस्ती पातलो भएकाले खोलामा ढल मिस्सिदैनथ्यो । आजकल त घर थपिनु भनेको ढल थपिनु हो भन्दा गलत नहोला । मैले खुद साथिहरुसङ्ग मिलेर धोबिखोला (रुद्रमती) मा माछा मारेको छु । आजकल यो पनि कथा झैं भैसकेको छ । बाग्मती, विष्णुमती,  शेषमती, रुद्रमती लगायत खोलानाला काँठ क्षेत्रमा सफा भएकाले हामीले यिनैमा पौडी खेल्न सिक्यौ ।

हामी गुच्चा खेल्थ्यौँ, कालो पाइपको पाँङ्ग्रा बनाएर गुडाउँथ्याँै । सधै नयाँ बल किन्ने पैसा नभएकोले बल फुटे पछी ५–५ रुपैयाँ उठाएर नयाँ व्लाडर पुरानो छालामा कोच्थ्यौँ । खाली मैदानको कमि थिएन त्येतिबेला । हामीसङ्ग बुट, किट केहि नभए पनि खेल्ने इच्छा भर्पुर थियो । खेलकुद, सङ्गीत लगायत अतिरिक्त क्रियाकलाप पनि पढाई सङ्गसङ्गै जरुरी छ भन्ने मान्यता खासै थिएन । त्यस्तो गर्दा सामान्यतया घरमा कुटाई नै खाने हो , मैले पनि खाएको छु । हामी घाम पानी असिना केही  नभनी खेल्थ्यौँ । फूटबल मात्र होईन बास्केटबल, टेबलटेनिस अथवा जे सुकै । गितार भेटे गितार, मादल भेटे मादल । गितारको कुरा गर्नुपर्दा म्युजिक स्कुलहरु शहरमा मात्रै थिए, तैपनी बा–आमाले पठाए पो ! दाइहरुको ठूलो इज्जत गर्नुपथ्र्यो । धेरै कुरा सिकाउने गुरु उनीहरुनै हुन्थे । ईन्टरनेट थिएन नि त त्यो बेला । २०–२५ रुपैयाँमा कर्डबुक पाइन्थ्यो । त्यो मागेर वा किनेर सिक्नु पथ्र्यो । एउटै एम्प्लिफायरमा सबै इन्स्ट्रुमेन्ट जोडेर बजाउँथे अलि जान्नेले पनि । ठुलै कुरा थियो त्यो पनि । हामी ‘एक्साइटेड जेनेरेसन’ थियाँै । आफुसङ्गै सबै कुरा नभए पनि हामी नयाँ कुरा सिक्न सधै तयार हुन्थ्यौँ । स्कुल समय थोरै भएकाले हामीसङ्ग अतिरिक्त समय हुन्थ्यो । घुम्ने ठाउँ र समय दुवै थिए त्यतिबेला काठमाडौँमा । चैत बैशाखमा शिबपुरीको जङ्गलमा लालिगुराँस टिप्न जान्थ्यौँ दुई–तीन घन्टा हिँडेर । दालमोठ–चिउरा अनि जङ्गलको पानी, खुब रमाइलो हुन्थ्यो त्यसलाई हाइकिङ्ग  भनिन्छ भनेर हामीलाई त्यतिबेला के थाहा ।

कहिले आसपास (लुकामारी) खेलिन्थ्यो । घर नजिकैको जंगलमा । जंगलमा उन्युका घारी हुन्थे जसमा लुकेर ढ्याप्पा लगाउनेको मज्जा नै बेग्लै थियो । जंगलमा पाइएका गिठ्ठा भ्याकुर पोलेर खाइन्थ्यो । पढ्ने विषयमा कुरा गर्दा त्यतिबेला प्रकाशित कमिक्सका किताबहरु पढिन्थ्यो । नागराज ,डोगा, कुव जस्ता सुपरहिरोहरुको । अहिलका बच्चाहरुले टिभिमा बेनेटोन, मोटु पतलु हेरे जस्तो हामी भने कमिक बुक पढ्थ्यौं । त्यसमा विचित्रका चित्रहरु हुन्थे । चित्रसँगै लिपि हुन्थे । त्यही लिपि ध्यान दिएर पढिन्थ्यो । उडेका, गुडेका लगायत सबै दृष्य हेर्दै पढ्दाको मज्जा नै बेग्लै थियो । टेलिभिजन धेरैको पहुँचमा थिएन, ईन्टरनेट घरघरमा थिएन, मोबाईल हातहातमा थिएन ।

यो त हाम्रो बाल्यकाका कुराकानी भए । अब अहिलेको कुरा गरौं । प्रबिधिको बिकास र जनसंख्याको वृद्धि सँगसँगै दुनिँयाको रुप पनि बदलिएको छ । जनसंख्या    वृद्धि सँगै धर्तिको श्रोत साधनको उपयोग भनौं या  दुरुपयोग चरम बिन्दुमा पुगेको छ । प्रविधिको उपयोग नै अहिलेको समयको प्रमुख आकर्षण र आवश्यकता हो भन्दा अत्युक्ती नहोला ।

अहिलेको समय ईन्टरनेटले राज गरेको समय हो । त्यसमाथी पनि बिशेष त  सामाजिक सञ्जाल । अहिले धेरै जसो मानिसको दिन चर्या भएको छ यो । बालबालिकालाई पनि हामीले यसबाट  टाढा राख्न सकेका छैनाँै । मोबाईल, ईन्टरनेट अनि समाजिक संजाल नहुने हो भने धेरै मानिसहरु पानी बिनाको माछो झैं हुने निश्चित प्राय छ । प्रविधिनै दुनियाँ, प्रविधिनै जीन्दगी भएको छ ।

प्रविधिको बिकास मानव बिकासको लागि गरिने हो । यो आपैmँमा गलत कुरा होइन । तर जुनै कुराको पनि सहि उपयोगले मात्र सहि नतिजा निकाल्न सक्छ । पहिला असम्भव लाग्ने धेरै कुराहरु आज प्रबिधिले गर्दा सरल लाग्छन् । हाम्रो पालामा मैदान खोज्दै हिड्नुपथ्र्याे अहिले मोबाईल र कम्प्युटरले त्यसको ठाउँ लिँदैछ । पहिला खेल्नलाइ साथी चाहिन्थ्यो । अब त्यो पनि नचाहिने भएको छ । मनको कुरा सुनाउनलाई कोहि भेट्नै पथ्र्यो । अब मानिसका मनका कुरा ,घरका कुरा, सम्बन्धका कुरा, खाएको कुरा, लाएको कुरा र अरु थुप्रै थरी कुरा सबै फेसबुकमा छताछुल्ल छ । सजिलो भएको छ सबैलाई ।

के गलत भयो त ?

प्रविधिको प्रयोग गर्दा प्रकृतिको मजा नछुटोस् । फूटबल पहिला मैदानमा खेल्न सक्ने बन्नु पर्यो अनि प्ले स्टेशनमा खेल्ने हो । प्रबिधिले ज्ञान र प्राविधिक शीप दिन सक्ला तर अनुभव पाउनको लागि मैदानमा उत्रनै पर्छ, दुनियाँलाई नजिकबाट  हेर्नैपर्छ । यती भन्दै गर्दा अहिलेको परिस्थितिलाई पनि विचारमा राख्नु पर्छ । हाम्रा पालामा जहाँ मैदान थिए, त्यहाँ अहिले विल्डिङ  ठडिएका छन । खोलामा पौडी खेल्नु परको कुरा, भो अब त खोलाको छेउमा जाँदा बच्चा बिरामी पर्न सक्छन् । एउटा छिमेकीले अर्को छिमेकी नचिने पछि बच्चाहरु कसरी साथी बनुन् । गाउँमा सुविधा छैन, शहर बस्न लायक छैन । सामाजिक सञ्जाल चलाएर मात्र सामाजिक भइँदैन, त्यसको लागि समाजमा घुलमिल हुनै पर्छ ।

यो जिम्मेवारी हाम्रै हो किनकि यसलाइ बिगारेको पनि हामीले नै हो । बाग्मती, विष्णुमती जस्ता नदिलाइ ढलमुक्त बनाउनु पर्छ । बच्चाहरूलाई खेल्ने पर्याप्त ठाउँ उपलब्ध गराउनु पर्छ । गाउँको विकास हुनुपर्छ, शहरको पर्यावरण सफा हुनुपर्छ । मानिस र पर्यावरणबिचको सम्बन्ध सबैलाई बुझाउनु पर्छ । एक जनाले धेरै काम गर्नु भन्दा धेरै सहभागी भइ थोरै काम गर्दा बढी उपलब्धि हासिल हुन्छ । जबसम्म हामी आफ्नो मतलब को कुरामा अरुकै भर परिरहन्छौ तबसम्म परिवर्तन सम्भव छैन ।

तीन पुस्ताको जनजीवनको समिक्षा गर्दा धेरै कुराको परिवर्तन पाइयो । जिन्दगी जिउने तरिकामा आकाश जमिनको अन्तर आइसक्यो । प्राविधिक विकास सँगसँगै धेरै प्राकृतिक श्रोत साधनमा पनि ह्रास आएको छ । माटो, पानी, हावा लगायत समस्त पर्यावरणनै बिग्रेको अवस्थामा छ । हामीले खाने खाना, श्वास फेर्ने हावा सबैको गुणस्तर कमजोर छ । तर जीन्दगीको आधारभूत सत्य अपरिवर्तनशील छ । गुणस्तर युक्त जिन्दगी जीउन प्रकृतीलाई पनि पर्याप्त ख्याल गर्नु पर्छ । हाम्रो शरीरले स्वस्थ वातावरण अनि हावापानी पाए मात्र यसले आफ्नो पुर्ण क्षमता देखाउन सक्छ । परिवर्तनलाई आत्मसात गर्नुपर्छ तर प्रकृतिलाई बिगारेर होईन । मानिसले बनाएको नियम परिवर्तन गर्न सकिन्छ तर प्रकृतिको नियम चाहिँ पालना गर्नै पर्छ, नत्र फेरि दुःख पाउने हामीले नै हो । नयाँ पुस्तालाई हामीले स्वच्छ वातावरण दिएमा हामी धन्यवादको पात्र बनौला, नत्र नयाँ पुस्ताले हामीलाई सराप्ने छ । अबको पुस्ताले यहिँका नदीमा फेरी नुहाउन सकुन्, कसैले यहीँ किनारमा माछा मारुन, खेल मैदान र बगैँचा पर्याप्त होस् । यो एकदमै टाढाको सपना होइन । हामी सबैले कोशिस गरे जरुर सम्भव छ । अबका हाम्रा हरेक पुस्ताले प्रविधि सँगसँगै प्रकृतीलाइ पनि नजिकबाट चिन्ने मौका पाउन् । यो गर्न सके बिस्तारै देश आफै बन्दै जान्छ । देशबासीको गुणस्तर बढेमा देशको पनि स्वत बढ्नेछ ।

Back to top button