आजबाट जोरविजोर प्रणाली हट्दै

खोज पत्र
खोज पत्र ३ पुष २०७७, शुक्रबार ०६:००
1 Min Read
Aa

विगत लामो समयदेखि लागु भएको सवारी साधनको जोरविजोर प्रणाली शुक्रबारदेखि हटेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा विहिवार बसेको बैठकले मिती २०७७-९-३ गते शुक्रबारबाट जोरविजोर प्रणाली हटाउने निर्णय गरेको हो ।
सार्वजनिक तथा निजि यातायात बढी मात्रामा सञ्चालन हुँदा भिडभाड बढ्ने र कोरोना संक्रमणको खतरा बढ्ने निक्र्योल गरी २०७७ साउन २२ गते देखि सरकारले जोरविजोर प्रणाली लागू गरेको थियो ।
लामो समयदेखि यातायात मजदुरहरु मारमा परेको र उनिहरुले आफ्नो रोजीरोटीको लागि अब पनि जोरविजोर कायम रहि रहेमा पुष ३ गते शुक्रबारबाट जोरविजोर प्रणाली उल्लंघन गरी सवारीचलाउने घोषणा नेपाल यातायात व्यवसायी राष्ट्रियमहासंघ सहितका विभिन्न मजदुरसँगठनहरुले गरेका थिए ।
तर सरकारले  चालेको यो अदूरदर्शी कदम भएको र झन यो कदमले संकट निम्ताउने र रोगको संक्रमण झन फैलने डर भएको भनेर बिभिन्न माध्यममा जनस्वास्थ्यबिद्हरुले हर बखत भनि रहेका थिए
सोही विषयलाई ध्यानमा राखेर सरकारले आफ्नो पछिल्लो निर्णय बदर गरी जोरविजोर प्रणाली हटाएको हो । ढिलानै भए पनि जोरबिजोर प्रणाली हटेकोमा सरोकारवालहरु र आम जनताहरुले चौतर्फी यो कदमको स्वागत गरेका छन् ।
थोरै सवारी हुँदा भिडभाड बढी भएको, व्यवसायिक प्रतिष्ठान र उद्योग कलकारखाना खुलिसकेको अवस्थामा काम गर्ने मानिसहरुको सार्वजनिक सवारी साधनमा चाप बढ्दा संक्रमण अझ बढ्न सक्ने कारण देखाउँदै सरकारले स्वास्थ्य मापदण्ड अपनाइ सवारी साधन चलाउन भनेको हो ।

प्रतिक्रिया दिनुहोस्