विवेकशील र साझा एकीकरणको संघारमा

खोज पत्र
खोज पत्र २१ मंसिर २०७७, आईतवार ०६:००
1 Min Read
Aa

काठमाडौं । आपसी समझदारी हुन नसकेर लामो समय छुट्टिएर बसेको विवेकशील नेपाली पार्टी र साझा पार्टी एक हुने जानकारी प्राप्त भएको छ । यही मंसीर २४ गते पार्टीले संयुक्त रुपमा पार्टीको नाम विवेकशील साझा पार्टी रहने घोषणा गर्न लागेको श्रोतले बतायो ।

देशको विकास निर्माणलाई सत्तामा पुगेर अगाडि बढाउने बाचा सहित विवेकशिल र साझा पार्टी राष्ट्रिय मूलधारमा आएका थिए । गएको स्थानीय चुनावमा दुवै पार्टीको मतलाई हेरेर जनताको सल्लाहमा एक भएको समेत घोषणा गरेको विवेकशील नेपाली पार्टी र साझा पार्टी गएको २ वर्ष देखि छुट्टिएको थियो ।

मंसीर २२ गते साझा पार्टीका संयोजक  रविन्द्र मिश्रले आफ्ना सदस्यहरुलाई पार्टी एकिकरणमा जान लागेको विषयमा इमेलमार्फत पत्राचार गरी जानकारी समेत दिएका थिए ।

मिश्रले उक्त पत्रमा लेखेका छन् ‘कोभिड–१९ ले सृजना गरेको प्रतिकूल परिस्थितिलाई ख्याल गरी मंसीर २४ गते बुधबारका दिन पार्टी एकीकरणको घोषणा ‘अनलाइन’ मार्फत गरिनेछ ।’ दुवै पार्टीले मिलेर आफ्नो एकिकृत विचारलाई समावेश गरी घोषणापत्र पारित गरिसकेको जानकारी समेत खोजपत्रलाई प्राप्त भएको छ ।

एकीकृत पार्टीको मूल नेतृत्वमा ‘को’ रहने भन्ने विषय विवादित बनिरहँदा संयुक्त रुपमा बसेको बैठकले त्यस विवादलाई किनारा लगाएको जानकारी प्राप्त भएको छ ।

जस अनुसार अबको विवेशील साझा पार्टीको अध्यक्षमा रविन्द्र मिश्र र संयोजकमा मिलन पाण्डे रहने जानकारी खोजपत्रलाई प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्