वर्तमान ईतिहास बनिरहदाँ : “सोसियोलोजिकल ईम्याजिनेसन”

मेरो बाल्यकाल संयुक्त परीवारमा बितेको हुनाले हजुरबुवा र हजुरआमा संग उहाहरुले भोगेका कुराहरु मैले धेरै सुनेको छु । कहाली लाग्ने नब्वे सालको भुकम्पको बारेमा त म कति जिज्ञासु भएर सुनेको आज पनि याद आँउछ । मैले कल्पना गरे भन्दा अझै भयावह र दर्दनाक परीस्थितिको २०७२ सालको भुकम्पमा म आफै सामना गर्न पुगे । साँच्चै भोगाईले हाम्रो जीवन जीउने शैलीमा ठूलो प्रभाव पार्दो रहेछ ।

२००७ सालको प्रजातात्रको लागि ज्यान गुमाएका सहिदहरुको गाथा सुन्दा हजुरबुवाको रेडियोमा बज्ने गरेको गोपाल योन्जनको गित “ देशले रगत मागे मलाई वली चडाउनु…” सम्झन्छु । २०४६ सालको राजनैतिक संघर्षको चरम विन्दु र बहुदलिय व्यवस्थाको पुनर्स्थापनाको ईतिहास जसरी मेरो बुबा सुनाउनुहुन्थो र म प्रश्न गर्थे किन चाहिएको हामिलाई बहुदल भन्दा, उँहा “हाम्रो आवश्यकताको पहिचान गरी प्रतिनिधीत्व गर्न सक्ने सरकार र असल शासनको संस्थागत स्थापनाको लागि” भनि भन्नुहुन्थ्यो । लाग्थ्यो, राजा देशको अभिवावक हुन् , घरको मेरो बुबा जस्तै । २०५८ जेठ १९ गते शुक्रवार ९:१५ को त्यो नरसंहारले म विचलित भएकी थिए । थाहा पाए, विभिन्न भुगोल र कालमा त्यस्ता घटना पटक पटक भएकारहेछन् । चित्त बुझाए ।

समाजशास्त्री चैतन्य मिश्र को लेख “ द मावोविस्ट क्रसरोडस् ईन नेपाल : पोस्टपोनिङ्ग न्यू डेमोक्रेसि अर सेन्सिङ्ग लिमिटस् अफ एजेन्सी” पढ्दा २०५२ साल देखी संघर्षरत “नौलो जनवाद” ले तृप्त एकाई लाई २०६८ असोज २८ गते प्रचण्डको भाषण पछि संरचनाको वहावले बगाएर लगेको र चौवाटोमा अन्योलग्रस्थ छाडेको देखी सोलुखुम्बुको बतासेमा हुँदा हामीलाई सघाँउदै घरमा भएको मिठो मसिनो खाई तल्लो वर्गको हक हितका लागि लडी बलिदान दिने ईकाईका अंङ्गहरु सम्झिन्छु। “कोभिड-१९” ले सिर्जित “बन्दाबन्दी” मा फेरी हेरेको “मह जोडी” द्धारा अभिनित “बलिदान” चलचीत्र को गित “गाउँ गाउँ वाट उठ, वस्ती वस्ती वाट उठ, यो देशको मुहार फेर्न लाई उठ…” मौकामा आज पनि दोहोर्याई दोहोर्याई सुन्छु ।

साँच्चै, समाज एकदम गतिशील छ । चाँहे सचेत मानविय क्रिया परिवर्तनको संवाहक बनोस या नवनोस् , परिवर्तन अकाट्य छ । समाजशास्त्रीय दृष्टिकोण संरचनात्मक प्रकार्यवादको चस्माले यस परिवर्तनलाई नियाल्दा क्रमिक र आवश्यकता अनुरुप सामनजस्यपूर्ण तवरवाट सामाजिक संस्थाको रुपान्तरण भएको पाईन्छ भने, मार्क्सवादले क्रान्तिकारी परिवर्तन लाई जोड दिएको पाईन्छ । सायद, क्रान्तिकारी शैलीको रङ्ग अलि गाढा हुन्छ होला त्यसैले परिवर्तनको कुरा गर्दा कोशेढुङ्गगाको रुपमा पटक-पटक गरिएका क्रान्तिनै मनमस्तिष्कमा आउँछ ।

समाजशास्त्री चैतन्य मिश्र भन्नुहुन्छ “उई ह्याभ टु फाईन्ड सोसियल ईन एभ्रीथीङ्ग” मतलव, सवै कुरामा सामाजिक तत्व खोज्नुपर्छ र हुन्छ । मानिसकै क्रियाकलापको उपज हो विकाश र विनाश । त्यसो हो भने , फरक फरक रुपमा आउने प्राकृतिक विपत्ति र महामारीमा पनि हामी सामाजिक पक्ष भेटछौ नि त ! नेपालले भोग्नुपरेका माहामारी जस्तै हैजा, औँलो, झाडापखला र अन्य पनि त हाम्रै प्रतिबिम्ब रहेछ, हैन् ?

व्यक्तिगत समस्यालाई वृहत सामाजिक मुद्दा र अवयव संग जोडी हेरिनु पर्छ भनि समाजशास्त्री सि. राईट मिल्स्ले सुझाउदै गर्दा मलाई हाल मैले सामना गरीराखेको ‘कोभिड-१९’ को माहामारी र मेरो दैनिकि संरचनात्मक मुल्य र मान्यता द्दारा निर्देशीत भएको पाउछु । महामारी संग लडन बिभीन्न ईकाईहरू आफ्नो साथमा भएको सिप र स्रोत एकिकृत गर्दै अघि वढेका छन् । मानव जाति सामाजिक मुल्य र मान्यताको उच्चतम मापदण्ड निर्माण गरि मानव सभ्यता र जिउने संस्कृति लाई उच्च बनाउन अग्रसर देखीन्छ । माहामारिको “होम” मा धेरै निस्वार्थ जीवनको “चरो” हालिएको छ र हाल्ने क्रम जारी छ । साथै , प्राधिकारको दुरुपयोग भएको र मै खाउ मै लाउ शैली हावी भएको पाईन्छ अचेल । अस्वास्थ प्रतिस्पर्धी सहयोगी हातहरु साबुन पानीले २० सेकेण्ड धोएर सेवामा लाग्नु राम्रो होला यति बेला ।  मेरो हजुरबुबा, हजुरआमा, बुबा र आमा ले सुनाएझै मलाई पनि भावी पुस्ताले अवस्य सोध्नेछन् । के भन्ने भन्ने कुरा आज मेरो हातमा छ । हो, वर्तमान भोलिको ईतिहास हुदैछ !

Back to top button