मृगेन्द्रको क्षेत्रमा हराउने ठिटो

खोज पत्र
खोज पत्र ५ मंसिर २०७६, बिहीबार ०६:००
8 Min Read
Aa

‘तिमीलाई कुन घर लेखिदिउँ त ?’

रघुनाथजीले जनकपुरमा गजबाबुलाई चिठ्ठिी लेखिदिनुभयो र त्यही चिठ्ठी बोकेर म जनकपुर गएँ । उहाँ विश्वेश्वर बाबुसँग साथी जस्तै भएर काम गर्नुहुँदोरहेछ । तर त्यहाँ मेरो भेट विश्वेश्वरबाबुसँग भने भएन । गजबाबुले चिठ्ठी हेरेपछि त्प्ँर्यं काम गर्नुहुन्छ भने गर्नुस् भन्नुभयो ।

नेपाली कांग्रेसको झण्डा दोलखाका चार ठाउँमा फहराउन पन्ध्रसय पैसा पनि पाइयो । गाउँ फर्केर एउटा बाँस काटेँ । त्यो बाँसको माथि झन्डा राखेँ । त्यो झण्डा मेरो घरमा राख्नुपर्छ भनेर तीनै जनाले सहमत जनाउनुभयो । अध्यक्षको रुपमा म, सचिव र कोषाध्यक्ष मिलेर कोही बसौंला भन्ने कुरा उहाँहरुले गर्नुभयो ।

तीन जनाले बोकेर बाँस लगियो । पछि बाँस गह्रुँगो भएपछि निँगालो जोहो गरियो । मेरो घरबाट बीस मिनेट दुरीको एउटा डाँडामा तीन जना हिँड्दै हिँड्दै माथि पुग्यौं, हातमा झन्डा बोकिएकै थियो । हामी तीन मध्ये एउटाले ‘नेपाली कांग्रेस’ भन्थ्यौं र बाँकी दुईले ‘जीन्दावाद’ को नारा लगायौं । त्यसरी हिँड्दै अगाडि बढ्यौं । प्रजातन्त्र जो आएको थियो गाउँमा, सबैले हामीलाई हेर्दै थिए ।

भिमसेन थान पुग्दा गोर्खापरिषदका दाइहरु हुनुहुन्थ्यो । हामीलाई देखेपछि धेरै मानिसहरु जम्मा पनि भए । ‘तैले झन्डा गाड्न पाउँदैनस् भने, झन्डा नगाढ भने’ । मैले भनेँ– ‘दाइ भोट पो मागेर आफ्नो पार्टीमा पार्नु स्वभाविक छ, तर झन्डै राख्न नपाउनु, काँही प्रचार नै गर्न नपाउनु, के त्यही नै प्रजातन्त्र हो र ? यस्ता कुरामा हस्तक्षेप नगर्नुहोस् है दाई, यसमा ज्यान जान सक्छ ।’ म बलियो थिएँ, दुई चार जनालाई फालिदिन सक्थेँ । त्यसपछि उनिहरु चुपचाप लागे र मैले नेपाली कांग्रेसको झन्डा नाम्दुमा पहिलो पटक गाडिदिएँ ।

गैरीमुदी जानुपर्ने थियो, त्यहाँ पनि हस्तक्षेप नगर्न मैले खबरदारी गरेँ, उनिहरुको दिमागमा मेरो छवि भने बेग्लै थियो । म हक्कि स्वभावको र जे पनि गर्न सक्ने । त्यसैले मलाई चलाउन कोही चाहँदैनथिए । त्यसैले गैरीमुदीमा गएर नेपाली कांग्रेसको दोस्रो झन्डा गाडिदिएँ । त्यसपछि ठुलापातला गएर झन्डा गाडेँ । त्यहाँबाट क्षेत्रपा गएर भन्डा गाडेँ ।

अहिले गैरीमुदी, क्षेत्रपा, नाम्दु वैतेश्वर गाउँपालिकामा पर्छ भने भनेअर्को ठूलोपात्ला चाहिँ जिरी नगरपालिकामा पर्दछ ।

वि.सं. २०१५ साल को चुनावमा नेपाली काँग्रेसबाट गृहबहादुर नेपाली कांग्रेसबाट उतापटि ढालबहादुर खड्का गोर्खापरिषद्बाट मृगेन्द्र शमशेर २०–२५ जनाको जमातको तामझाम सहित सेतो घोडामा चढेर, हातमा टोटा बन्दुक थियो, त्यो बन्दुक बोकेर चुनावमा श्रीमतीसहित गहनाले सुसज्जित भएर आएका थिए ।

त्यतिबेला कृष्णगोपालले उम्मेदवारी फिर्ता लिए र मृगेन्द्रशमशेर निर्विरोध भए । त्यसको कारण चाहिँ  उनि गोर्खा परिषद्बाट नेपाली कांग्रेसमा आएका थिए । उनलाई मृगेन्द्र शमशेरले ८ हजार पैसा र एउटा घुमाउने रेडियो दिएका रहेछन् त्यसले गर्दा उनले आफ्नो उमेद्वारी झिकेका, जसका कारण मृगेन्द्र शमशेरले चुनाव जिते । त्यो थाहा पाएपछि उनिसँग मेरो ठूलो घम्साघम्सी पनि भयो । तिनीसँग मेरो धेरै समयसँग बोलचाल पनि भएन । उनलाई पाखा लगाइयो । एउटा पार्टीमा लागेपछि उनले त्यस्तो गर्नुहुन्छ ?

***

वि.सं.२०१५ सालको चुनावमा मानिसहरुले पैसा बाँडेर चुनाव जित्ने खेलो गर्दै थिए । मैले सुइँको पाएपछि त्यसलाई रोकेर चुनाव गराइयो, निश्पक्ष तरिकाले । त्यतिबेला हाम्रो पार्टीले मैले झन्डा गाडेका चारवटै ठाउँमा जित हासिल ग¥यो ।

गैरीमुदिको मान्छे नाम्दु र नाम्दुको मानिस गैरीमुदि आएर भोट दिनुपर्ने व्यवस्था थियो त्यतिबेला । राणाहरुले हामीलाई छोपेर राखेको, हाम्रा चेलीबेटी उनीहरुको घरमा भाँडा माझेर बसेका छन् उनिहरुलाई भेट्न जाँदा यिनीहरुले हामीलाई झुन्ड्याएर मार्छन्, त्यसैले यिनीहरुलाई राख्नुहुँदैन भनेर चुनावको क्याम्पेन गरिएको थियो । त्यतिबेला सम्म मेरो भेट विश्वेश्वर बाबुसँग भएको थिएन ।

२०१५ सालको चुनाव मृगेन्द्र शमशेरको पकड भएको क्षेत्रहरुमा हराउने हराउने  ठिटो को हो ? त्यो ठिटो मलाई भेटाउन लेराउन भनेर पद्म शंकरले चिठ्ठी लेखेछन् । साँघुटारका गोपाल लाई विपीले चिठ्ठी लेखेका रहेछन् ।

पद्म शंकरले मलाई चिठी पठाएपछि फागुनको चुनाव सकेपछि साउनको महिनामा रघुनाथसँगै काठमाडौं आइयो । २०१५ सालको चुनाव सकिएपछि होला तर एकिन भएन अधिवेशन भयो र त्यही मौकामा रघुनाथले मलाई त्रिपुरेश्वर दरबार बोलाउनुभयो र विपीसँग चिनाउनुभयो, ‘उहाँ नै हो मृगेन्द्र शमशेरको पकड भएको क्षेत्रमा हराउने ।’ त्यहाँ मेरो भेट विपि सँग भयो । अहिले आर्मीहरु बस्ने ठाउँ छ क्यारे त्यहाँ, त्यतिबेला राम्रै घर थियो ।

विश्वेश्वरबाबुले मलाई सोध्नुभयो–‘तपाईंं जागिर खानुहुन्छ ?’ जागिरको विषयमा म अनकनाएँ । मलाई जागिर खान मन थिएन, त्यसैले मैले भनेँ –‘जागिर खान मन छैन तर राजनीति गर्ने इच्छा छ ।’ मेरो कुरा सकिन नपाउँदै उहाँले फेरी भन्नुभयो–‘सर्वोच्च अदालतमा विचारी खालीछ, त्प्ँर्यं त्यहाँ विचारीमा पस्नुहोस्, म त्यसको महिनादिनमा प्रधान न्यायाधीश बनाएर राखिदिन्छु ।’ तर मलाई त्यसो हुनु नै थिएन र मैले भनेँ –‘विश्वेश्वरबाबु मलाई त्प्ँर्यंसँग काम गर्ने इच्छा छ ।’ मैले त्यति भनेपछि विश्वेश्वर बाबुले ‘२०२० सालको चुनावमा त्प्ँर्र्यंँ आउनुपर्छ, त्प्ँर्यंलाई गृहमन्त्री राख्छु । कथम कदाचित त्प्ँर्यंलाई चिताउन सकिएन वा त्प्ँर्यंले जित्न सक्नुभएन भने जिल्लामा बडाहाकिम नियुक्ति गरेर राखिदिन्छु । चुनावका बेलामा डर नमानी काम गर्नुहोस्, त्प्ँर्यंलाई जेल बस्नुपर्ने अवस्था सिर्जना हुन दिन्न’ भन्नुभयो ।

***

एक दिन बाख्रा चराउँदै थियौं, मसँग एकजना साथी थिए र पारीपट्टि एक जना बन्दुक बोकेको मानिस हामीतिर हेरेर बसेको देखियो । हामीलाई लाग्यो कोही हामीलाई कुट्न पो आयो कि ? त्यो व्यक्तिसँग अन्य मानिसहरु पनि थिए । हामी भने वारीपट्टि बस्यौं त्यो जाला र हामी पनि निस्कौंला भनेर तर उ त त्यहाँबाट डेग चलेन करिब आधा घण्टा पछि पनि त्यो व्यक्ति नहिँडेपछि अगाडि बढ्ने निधो गरियो । यदि त्यसले हामीलाई हानेछ भने एउटालाई त आफुले लडेर जित्न सक्छु ल हिँड भनेर साथीलाई लिएर त्यहाँबाट हिँडे । हामीलाई मार्न आएछ भने पनि एउटालाई त मारेरै मर्छु भन्ने सोचर त्यहाँबाट पारी आइयो । त्यहाँ त हामीलाई कुरेर पर्खिएर बसेको त्यो मानिस मलाई देख्नेवित्तिकै ‘ओहो दुर्गाबाबु, त्यो ढाले, टंके, विष्णे त घाँस खाने पो रहेछन् । तिमीजस्तो नेता छोडेर भूल गरेछु मैले, लौ बाबु बगरमहलमा भेट गरौं न’ भने । यसो अनुहार हेरेको त उनै मृगेन्द्रशमशेर रहेछन्, जसलाई अगाडिको चुनावमा हराएको थिएँ ।

त्यतिबेला माहौल अर्को चुनावको थियो । मैले पनि उनको कुरालाई नाइँ भन्ने कुरा भएन, चुनावको समय थियो । त्यतिबेलाको चुनावमा पनि मृगेन्द्रशमशेरले चुनाव हारे । उनले हार व्यहोरिसकेपछि मलाई फेरी भेटेर ‘तिमी आउ है बाबु भने ।’

पछि मेरा टंकनाथ दाइले काठमाडौं घुमाउँदै मृगेन्द्रशमशेरकोमा पु¥याए । टंकनाथको राणाहरुसँग राम्रै उठबस थियो । म भित्र पसें, त्यहाँ मृगेन्द्रशमशेर बसिरहेका थिए । मलाई देख्ने वित्तिकै ‘लु नानी अब तिमीले काम गर्नुपर्छ, तिमीलाई कुन घर लेखिदिउँ त ?’ भनेर आफुसँग भएका कागजपत्र झिके । त्यतिनै बेला टंकनाथ लगायत अर्का एक जना मानिसले ‘यो भाइलाई यतायतिरको यस्तो खालको भनेर के के भन्दै थिए ।’ तर मलाई भने पार्टीप्रटि गद्दारी गर्नु थिएन, म जे बोल्छु त्यही गर्छु, ज्यान जावस् तर कर्तव्य कहिल्यै छाडिन । मैले गर्छु भनेको काम आजसम्म नगरेको रेकर्ड नै छैन ।

मृगेन्द्रशमशेरको कागज लेखेर सहि गरिसकेपछि त अर्काको नुन पानी खाइयो, त्यसो गरेपछि आफ्नो निर्णय अनुसार काम गर्न सकिँदैन भन्ने सोचेर मैले ‘अहिले कागजपत्र नलेखौं, पछि आउँला अनि लेखौंला’ भनेर कुरा मिलाएर त्यहाँबाट निस्केँ र आजसम्म त्यहाँ टेकेको छैन ।

***

प्रतिक्रिया दिनुहोस्