
हाम्रा लागी शारीरिक अभ्यास पनि हुने हाम्रो घर वरीपरि खाली रहेको जमिनको राम्रो सदुपयोग गरि ताजा,हरियो र विषादी रहित सिजन अनुरुप तरकारी तथा फलफूल खान पाइने र अहिलेको समयमा सबै भन्दा महत्त्वपूर्ण कुरा साग सब्जी खरिद गर्न घरदेखि बजारसम्म पुग्नै नपर्ने। यसका लागि हामी सबैले करेसा खेती किन नगर्ने?
करेसा खेतीको लागि प्रशस्तै जग्गा चाहिन्छ भन्ने नि छैन।थोरै बाजो जमिन,सानो बार्दली,छत,कौसी वा त्यो पनि नभए प्लास्टिकका बोत्तलमा माटो भरेर,थैलोमा माटो भरेर या गमला, पुरानो बाल्टी,बोरा अादि प्रयोग गरेर सरल तरिकाबाट अाफूलाई मनपर्ने तरकारी खेती गर्न सकिन्छ।
हामीले करेसामा लहरेबाली,मौसम अनुसारका तरकारी गर्मी सिजनमा सिमी,भ्यान्टा,घिरैला,करेला,भिन्डी अादि लगाउन सकिन्छ भने जाडो याममा काउली,बन्दा,अालू,रायोको साग,केराउ अादी लगाउन सकिन्छ। मसला जन्य वाली लसुन,प्याज,धनिया,खुर्सानीका साथै अौषधीय महत्त्वका तुलसी,पुदिना,घिउकु16मारीलाई पनि समेट्न सक्छौ।
अाफै सानो नर्सरी राखी सिजन अनुरूपका तरकारीका बिरुवा उमार्न सक्छौ।बिरुवा उमार्न प्लास्टिक ब्याग,घरमा फोहोरका रुपमा फालिने तेल,चाउचाउका पाकेट र अन्डाका बोक्राको राम्रो उपयोग गर्न सकिन्छ।यसरी उमारीएका बिरुवा अाफुलाई धेरै भए बिक्री गर्न सकिन्छ ।
करेसा खेतीका लागि हामीले निम्न कुरामा ध्यान दिनु पदर्छ।
क)दैनिक केही घन्टा प्रशस्त घाम लाग्ने,सेप नहुने र जमिनको बढी भन्दा बढी उपयोग हुने गरि प्लटिङ् गरिनु पर्दछ।
ख)काम गर्न र तरकारी टिप्न सजिलो हुने र बाटो,कुलो ,सिचाई र निकासको व्यवस्था गर्नु पर्दछ।
ग)प्लट बनाउँदा चतुर्भुज अाकारमा बनाउने र प्रत्येक प्लटको क्षेत्रफल २ वर्ग मिटर,५ वर्ग मिटर वा १० वर्ग मिटर राख्नु पर्दछ।
घ)थोरै मात्र अावश्यक पर्ने तरकारी जस्तै धनियाँ,पुदिना,जिरा,साग अादिलाई पुरै प्लटमा नलगाई अाधा वा साना प्लटमा १०-१५ दिनको फरकमा पटक पटक रोप्नु पर्दछ।
ङ)धेरै मात्रमा अावश्यक पर्ने तरकारीहरु जस्तै अालु,प्याज,केराउ,मुला,काउली अादिलाई ठूलो वा एक भन्दा बढी प्लटमा लगाउनु पर्छ।
च)लहरा जाने र अग्लो बोट हुने तरकारीहरुलाई छेउ छेउका र उत्तर पट्टिका प्लटहरुमा लगाउनु पर्दछ।त्यस्तै बहुवषीर्य बालीहरुलाई सेपिलो र छायाँ पर्ने कुनामा लगाउन सकिन्छ।
छ)प्लास्टिक घर,कम्पोष्ट खाडल, नर्सरी ब्याड,पानीको ट्याङ्की अादिलाई पाइक पर्ने प्लटहरुमा व्यवस्था गर्नु पर्दछ।
करेसाबारीको क्षेत्रफल जमिनको उवर्रा शक्ति,परिवार संख्या र हावापानीमा भर पर्दछ।साधरणतय ५-६ जनाको परिवारिक अावश्कता पूरा गर्ने १००-२०० वर्ग मिटर जमिन भए पुग्दछ।स्थान,पारिवारिक अावश्यकता र माटोको मलिलोपनको अाधारमा क्षेत्रफल घटि बडी गर्ने सकिन्छ ।
यसरी करेसा खेती गर्नाले हामीलाई थुप्रै फाइदापनि हुन्छ।
-हामी स्वयमले उत्पादन गरेको तरकारी तथा फलफूलमा विषादी त हुनेनैे भएन यो विषादी रहित तरकारी खानुको स्वादमा छुट्टै मज्जा हुन्छ।
-यस्तो तरकारी सेवन गर्नाले हामीलाई स्वास्थ र निरोगी रहन मद्दत गर्छ।
-हाम्राै भान्साबाट निस्कने तरकारीका बोक्रा,सड्ने गल्ने प्रकृतिका फोहोरहरु,कुहिएका फललाई करेसा बारीमा मलका रुपमा पर्योग गर्न सकिन्छ। यसो गर्दा घरको फोहोर ब्यवस्थापन पनि हुन्छ।
-घरामा करेसाबारी भएपछि शारीरिक रुपमा सक्रिय रहन्छौ।काम गर्न जागर अाफै चल्छ।कहिले गोडमेल त कहिले रोप्ने र त्यसका लागि पर्याप्त सिचाई अनि सरसफाइ ।
-हाम्रो सानो परिवारलाई सहजै हरियो तरकारी पुर्याउन सक्छौ यसका लागि बजार धाई धेरै पैसा खर्चिनै पर्दैन।
यसरी स्वास्थ रहन अाफै उत्पादित तरकारी सेवन गर्ने गरौ।अाफू स्वयंनै थोरै मेहेनत गरि समयको राम्रो सदुपयोग गरौ।करेसा खेती बारे अाफू पनि जानकारी लिई हामी जस्ता युवा पुस्तालाई अाजैबाट करेसा खेती गर्न प्रेरित गरौ। बिस्तारै कृषिमा अात्मनिर्भर हुने कोसिस जारी राखी सम्रिद नेपाल सुखी नेपाली भन्ने भावलाई मुर्तरुप दिअौ।
(लेखक: एलिजा घिमिरे, कृषि र पशु विज्ञान अध्ययन संस्थान, महेन्द्र रत्न बहुमुखी क्याम्पस,ईलाम, बागबानी संकाय, तेस्रो वर्ष)
प्रतिक्रिया दिनुहोस्