कलामा सामञ्जस्यता

कलामा सामञ्जस्यता

स्थानः नेपाल आर्ट काउन्सिल, बबरमहल
मितिः २३ मार्च देखी १ अप्रिलसम्म
आयोजकः प्यागोडा सामुहिक कला प्रदर्शनी
साहित्य संङ्गित कला विहिन; साक्षात पशु पुच्छ विषाण हिनः ।।

राम्रा कला, कृतिले कसलाई मन्त्रमुग्ध बनाउँदैन र ? माथि दिइएको उद्धरणको अर्थ, ‘साहित्य, संगीत र कला विनाको मानिस सिङ्ग र पुच्छर नभएको पशु नै हो ।’
नेपाल आर्ट काउन्सिलको दोश्रो तलामा जब तपाईहरु चित्रकला नियाल्न पुग्नुहुन्छ, तपाइले ५ जना पुरुष र २ जना महिला चित्रकारहरुको २० वटा चित्रकला नियाल्ने अवसर पाउनुहुन्छ । साथै, उक्त चित्र कोर्नेहरुसँग पनि साक्षात्कार गर्ने अवसर जुट्ने छ ।
चित्रकला एउटा साधना हो । साधना गर्नेहरु साधक कहिन्छन् । आफ्नो कुचिले क्यानभासमा चित्र कोर्दाका अनुभव र अनुभूतिहरु साट्नका लागि गर्वका साथ चित्रकारहरु उपस्थित हुन्छन् । तपाईका लागि उनिहरुको कलाकृति बुझाउन चित्रकारहरुले दिएका समय स्वयं हरेकलाई महत्वपूर्ण लाग्न सक्छ ।
तपाई चित्र हेर्दै उनिहरुको आवाजहरुमा चित्रको मर्म र चित्र बनाउँदाका दिनको सम्झनामा बग्नुहुनेछ, यस्तो लाग्नेछ कि समय यहिँ स्तब्ध भइरहेको छ र तपाई केवल ती चित्रहरुको रसस्वादन गरिरहनु भएको छ– आँखा र कानका माध्यमबाट ।

ढोकाबाट भित्र छिर्दाछिर्दै पासाङ्ग बिक्रम लामाले बनाउनुभएको ध्यान गरिरहेकोे बालक र उनको छेउमा अरु ध्यान गरिरहेका बुद्धका चित्रले तपाईलाई तान्नेछ । तपाईले चित्रलाई जति हेरे पनि मन्त्र मुग्ध भइरहनुहुनेछ । पासाङ्ग भन्नुहुन्छ–‘यो चित्रमा देखिएको बालकले झैं ध्यानमा केन्द्रित हुनुपर्छ भन्ने पक्कै होइन । यो समाजमा बुद्धधर्मका अनुयायीहरु विस्तारै आप्mनो धर्म संस्कृतिलाई भुल्दै वाह्य धर्मलाई अङ्गिकार गर्न थालिसकेका छन् । तर, त्यो पक्कै पनि नक्कल सिवाय अरु केहि हुँदैन, त्यसैले धर्मको बुझाइ पुस्तान्तरणका लागि यो चित्र कोरिएको हो । प्रत्येक चित्रकारका लागि उनले बनाएका चित्रहरु बच्चा जत्तिकै प्यारा हुन्छन् । त्यहि बच्चालाई जन्माउँदा र हुर्काउँदाका पिडा चित्रकारको चित्रमा झल्किने गर्दछ ।’
अर्काे फ्रेममा सामान्य कृषकको जीवनयापनलाई देखाइएको छ । कृषकहरु हिलो खेतमा हलो जोत्दै छन् । गोरुहरु नारिएर जोत्नमा तल्लिन दृष्य क्यान्भासमा जीवन्त देखिन्छ । चित्रकार ‘रुद्र बहादुर पुन’ ले एक्रेलिक कलरका माध्यमबाट चित्रहरु कोर्नुभएको छ, जसलाई ‘इम्पास्टो’ भनिन्छ । ‘यस्ता पेन्टिङ्गहरु अहिले सामान्यतयाः बनाउन छोडिसकिएको छ’–रुद्रबहादुर भन्नुहुन्छ । सामान्य जीवनमा देखिने सामान्य चित्रहरु पनि कलाको माध्यमबाट कतिसम्म राम्रो देखाउन सकिन्छ भन्ने प्रतिनिधि चित्रहरु उनको चित्रकलामा देख्न पाइन्छ । अहिले विस्तारै अन्य चित्रकलाले बजार ओगटेको र युवा पुस्तामाझ एक्रेलिक माध्यमका चित्रकलालाई फेरि ब्युँताउनका लागि यो पेन्टिङ्ग प्रदर्शनीमा राखिएको उहाँको भनाइ छ ।


अब हामी प्रद्युम्न श्रेष्ठका चित्रकलाहरु देख्न सक्छौं । पहिलो चित्रमा परापुर्व कालका मन्दिरहरुमा राखिएका सिंहहरुको प्रतिक देख्न पाइन्छ । प्रदर्शनीमा राखिएको उहाँको पहिलो चित्रलाई ‘राइज एण्ड फल’ नाम दिइएको छ । जसको अर्थ ‘मानव जव आप्mनो चरम बलको अवस्थामा हुन्छ, उसलाई कसैले हराउन सक्दैन भन्ने हो र समय क्रमसँगै जो माथि जान्छ त्यो अवश्य तल झर्न पर्छ’ भनि देखाउनका लागि यो चित्र कोरिएको श्रेष्ठले बताउनुभयो । हाम्रो धर्म–संस्कृतिहरु कसरी विलिन हुँदै जाँदैछन् भन्ने देखाउनका लागि हनुमानको मुर्ति विस्तारै पग्लदै गरेको देखाइएको छ भने नरसिंहको मुर्ति ठ्याक्कै ढोकामै चिहाइरहेको देखाइएको छ । श्रेष्ठका अनुसार ‘नरसिंहले हिरण्यकशिपुलाई मार्दा, न दिन थियो न रात थियो, न घर भित्र न घर बाहिर, यो सबैलाई देखाउनका लागि यसमा विभिन्न प्रतिकहरुको प्रयोग भएको हो ।’ त्यस्तै भित्तामा सजाएका उनको तेस्रो कला ‘मजिपा लाखे’को रहेको छ । लाखेको एउटा खुट्टा जमिनमा छ भने अर्काे खुट्टा हावामा अड्डिरहेको छ । त्यहि जमिनमा भने मान्छेका खप्परहरु रहेका छन् । नराम्रा शक्तिहरुलाई जमिनभित्र नै दबाउनका लागि पहिले पहिले लाखे नाच देखाइन्थ्यो । त्यो संस्कृति विस्तारै लोप हुँदै गइरहेको र यसलाई चित्रको माध्यमबाट युवा पुस्तामाझ फेरी पु¥याउनको लागि यो चित्र बनाएको उहाँको भनाई रहेको छ । उहाँको मिहिनतले चित्रहरु यति शसक्त देखिन्छन् कि तपाई चित्र हेर्दा हेर्दै आनन्दित हुन सक्नहुनेछ ।


त्यसपछिका तीनवटा चित्र किशोर ज्योति (योङ्ग प्mलेम) का छन् । उनका चित्रहरु आँपैmमा कथा बोकेका छन् । अध्यात्मिक चिन्तनसँग जोडिएका किशोर ज्योति चित्रहरुमा विम्बको प्रयोग गर्दै मानिसको चेतना कसरी विकास हुन्छ भन्ने कुरालाई सारमा राख्दै विभिन्न कृतिहरुको श्रृजना गर्दछन् । उनको पहिलो फ्रेममा एउटा ‘नारी’को अनुहारको केहि पाटो देख्न सकिन्छ भने अर्काे पाटोमा एउटा सुनको पिजडामा चराको आकृति देख्न सकिन्छ । ‘मानिस स्वभावैले चञ्चल हुने र त्यो चञ्चलतालाई पिजडामा कैद चरासँग तुलना गर्दै, जति जति मानिसमा सोच बढ्दै जान्छ अनुहार पग्लदै जान्छ र आखिरमा पिजडाबाट मन अर्थात चरा स्वतन्त्र हुन्छ’ – किशोरको निक्र्यौल रहेको छ । उनका हरेक चित्रहरुमा विम्बको प्रयोग भएको पाइन्छ । अर्काे चित्रमा उनले एउटा नारीको चित्र बनाएका छन् जो एउटा भालाले उद्दिनिएकि छन् र आप्mनो बच्चालाई एक हातले समाएकी छन्, त्यो बच्चाको टाउको कुनै मिथकमा प्रयोग हुने छेपारो जस्तो देखिएको छ जुन आमाको छातिमा गाडिएको भालाको टुप्पोमा भएको शिकारलाई खाने चेष्टा गर्दैछ । आजभोलि मानिसहरु पनि छेपारो जस्तै समय समयमा रङ्ग परिवर्तन गरिरहने भएकाले छेपारोको टाउको चित्रमा राखेको उनको भनाई छ ।


त्यस पछिको फ्रेम भने रोशन प्रधानको रहेको छ । विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कारहरु पाइसक्नुभएका प्रधानले नयाँ पुस्ता र पुराना पुस्ताबिच नयाँ नयाँ उपकरणहरुले आएको परिवर्तनका विम्बहरु आप्mना कलामा देखाउनुभएको छ । उहाँको पहिलो चित्र टुँडालको रहेको छ । ‘टुँडाल पहिले पहिले मन्दिरको गजुर अड्याउनका लागि प्रयोग हुने गर्दथ्यो । यसका विभिन्न मिथकहरु पाइन्छन् तर भौतिकवादको चरम अवस्थामा मुल्य मान्यता तथा संस्कृतिको अन्त्य हुने क्रममा टुँडालहरु कसरी हराइरहेका छन् भन्ने देखाउनका लागि पग्लिरहेका टुँडालहरु देखाउनका लागि यो चित्र बनाइएको हो’ – प्रधान थप्नुहुन्छ । त्यसपछिका पाँच वटा चित्र मध्ये चार वटा बुद्ध धर्मसँग सम्बन्धित छन् र एउटा अट्टहास गर्दै मदिरा खाइरहेको भैरवको चित्र देख्न सकिन्छ । मानिसहरुको अहिले चित्त विस्तारै परिवर्तन भइरहेको र अहिलेको भौतिक जगतमा पाइने फोन, रक्सि, अन्तरिक्षमा जाँदा श्वास फेर्नका लागि प्रयोग गरिने मास्क, यी सबैले भौतिक जगतका नयाँ नयाँ आविष्कारहरुलाई पनि अंगिकार गर्दै आप्mना धर्म संस्कृति तथा ध्यानलाई पनि विकसित गर्दै लैजान सकिन्छ भन्ने सन्देश उहाँका चित्रहरुमा यथेष्ट देख्न पाइन्छ ।


महिलाहरुहरु जति सुकै सुख–सयलमा बसेतापनि आफुले बोक्नुपर्ने भारीलाई चित्रका माध्यमबाट केही विम्वहरुको प्रयोग गरी माला श्रेष्ठले चित्रमा उतार्नुभएको छ । नारीहरु स्वतन्त्र भैकन पनि विभिन्न उत्तरदायित्वका जन्जिरमा बाँधिएका हुन्छन् भन्ने देखाउनका लगि एउटी नारीलाई समुद्रभित्र आधा जिउ मरमेडको जस्तो देखाइएको छ । यी चित्रहरुको विशेषता बढो अनौठो लाग्दो छ ‘भिजिटर’ हरुलाई । चित्र हेर्दा हेर्दै नै क्यान्भासबाट बाहिर निस्केर तपाईसँग संवाद नै शुरु गर्लान् कि जस्तो भान पनि तपाईलाई हुनसक्छ । उहाँका दुइवटा चित्रहरु त्यहाँ प्रदर्शनीमा राखिएको छ ।


त्यसपछि एउटा अन्तिम चित्र लिसा गैरेको छ । वास्तविक संसारभन्दा भिन्न नारीहरु बाहिरबाट हेर्दा जति स्वतन्त्र देखिए पनि उनको नाकको नत्थि र छेवैमा रहेको अष्ट्रिचले नारीको सुन्दरता र उनको दायरालाई देखाउन खोजिएको छ । नारीहरुको आफ्नो अस्तित्व विभिन्न वहानामा विस्तारै मेटिदै जान्छ भन्ने देखाउनका लागि अनुहारका रङ्गहरु उड्दै–झर्दै गइरहेको देखाईएको छ ।
प्रदर्शनीमा राखिएका प्रत्येक चित्रहरु आ–आप्mनै कथाहरु बताउनमा तल्लिन रहेको पाइन्छ । विभिन्न चित्रकारहरु एकै ठाउँमा प्रदर्शनी अवधिभर रहने तर सबैको फरक धार र सोचाइ भएका कारण ‘कोहिरेन्स‘ नामाकरण गरिएको छ । आजका युवापुस्तालाई यदि कलाको वास्तविक संसारमा हराउनु छ भने यो प्रदर्शनीले पक्कै मद्दत गर्न सक्छ ।

 

Back to top button