सपनालाई पछ्याउँदै

सपनाले या त भूत कालतिर इंगित गर्दछ या त भविष्य तर्फ

यो संसार सपना नै सपनाले चलेको छ । विश्वका महानतम आविष्कारहरु कुनै मानिसको सपना हो, जुन पूरा भइसकेपछि भौतिक अस्तित्वमा आउँछन् । अझ चित्रकार, लेखकहरु ती महान सपनालाई पछ्याउँदै पर क्षितिजसम्म लम्किन्छन् र त्यहि क्षितिज सम्मको लम्काइमै उनीहरुलाई मार्ग निर्देशन प्राप्त हुन्छ । त्यस्तै एक चित्रकार सरोज बज्राचार्यसँगको अन्तरङ्ग कुराकानीमा यो लेख तयार पारिएको छ ।

अन्तर्मूखी स्वभावका सरोज बाल्यकालदेखि नै एक्लै बस्न र कम बोल्न रुचाउँथे । उनको एक्लोपन यतिसम्म बढेको थियो कि कुनै बेलामा उनलाई लाग्थ्यो कि उनी यो विश्वका नै होइनन् । त्यस सोचाइ र दर्शनले विस्तारै उनलाई मानिसहरुबाट यति अलग्याइदियो कि उनी कोहि साथीहरु नबनाउने र एक्लै चित्र कोर्नमा व्यस्त हुनथाले । धेरै विद्वान दार्शनिकहरु “म को हुँ ?” भन्ने प्रश्नको झक्झक्याइबाट आप्mनो आन्तरिक यात्रा शुरु गर्छन् भने सरोजको लागि “म यो पृथ्वीको मानिस होइन” भन्ने कुराले “म आखिर को चाहिँ हुँ त ?” भन्ने कुराले चित्रमा ‘म’ को खोजी शुरु भयो ।

त्यस बखत उनले दर्शनका धेरै किताबहरु पचाइदिए तर कुनैमा पनि त्यस प्रश्नको चित्त बुभ्mदो जवाफ पाउन सकेनन् । त्यहि ‘म’ को खोजीमा लागि रहँदा उनले एकदिन अन्तरिक्ष यात्रीसँग आफुलाई तुलना गर्न पुगे । अन्तरिक्ष यात्री अन्तरिक्षको विभिन्न भाग चाहर्दै कुनै निश्चित ग्रहमा पुग्दछ र ऊ त्यहाँ पुगे पनि ऊ त्यस ठाउँको स्थानिय भने हुन सक्दैन । त्यसरी नै सरोज पनि यस पृथ्वीमा रहँदा रहँदै पनि यस पृथ्वीमा नरहेको भावनासँगै खेल्दै चित्रको मार्पmतबाट आफुलाई अभिव्यक्त गर्न थाले ।

आफुलाई अन्तरिक्ष यात्रीको भेषभुषामा बनाएका चित्रमा उनी कहिले घण्टौँ त कहिले महिनाँै रुमलिन्छन् । टेकुका स्थानिय वासी सरोजको एउटा चित्रमा टेकुको पुरै नक्सा बनाई बिचमा आफुलाई उभ्याएका छन् । त्यही ‘स्व’ को खोजीमा रुमलिएका उनी त्यस चित्रमा आप्mनो वास्तविकतालाई दर्शाएको कुरा कुराकानीको क्रममा खोल्दछन् ।

उनका अनुसार सपनाले या त भूत कालतिर इंगित गर्दछ या त भविष्य तर्पm । एक रात उनले सपनामा मच्छिन्द्रनाथको प्रतिमा देखेछन् । त्यहि सपनालाई पछ्याउँदै उनले बुङ्गमतिमा गई मच्छिन्द्रनाथ मन्दिरको पुजारी, स्थानिय विद्वानसँग कुरा गर्दै ६ महिनाको एउटा लामो सोध गरेछन् । कुनै एउटा सपनासँगै ६ महिना खेल्दा उनलाई यो परिपक्वता आएछ कि हामी सतही रुपमा अर्काले गरेका कुरामा लागि हाम्रा संस्कृति र सभ्यतालाई खिसिट्युरी गरिरहेका हुन्छौँ र यदि गहन अध्ययन गर्न सकेमा हामी धेरै कुराको निचोडसम्म पुग्न सक्दछौँ ।

पेसाले कला शिक्षक, कलाकार तथा क्युरेटरको रुपमा समेत काम गर्ने सरोज भावनात्मक रुपमा तरलतामा बगि हरेक कुराको अन्तरङ्ग अनुभूति पछाडि मात्र चित्र कोर्ने गर्दछन् । उनले हालसालै “प्रकाशको प्रकटिकरण अर्थात् ूबउउभबचबलअभ या ष्निजतू नामक चित्रकला प्रदर्शनीमा आप्mना वैचारिक भावनाले ओतप्रोत चित्रकला प्रदर्शनी गरेका थिए भने अभैm पनि सपना र विपनाको त्यान्द्रोलाई राम्रोसँग केलाउँदा यस धर्तीमा न कुनै साँचो कुरा छ न त कुनै कुरा झुठो नै छन् भन्ने निचोडमा पुगेका रहेछन् अर्थात् सत्य आंशिक झुठो हो र झुठो आंशिक सत्य ।

धर्मको कुरा गर्दा उनी आफुलाई धार्मिक भन्दा पनि सबै धर्मको निचोड एउटै हो भन्नेमा विश्वास गर्ने रहेछन् । यस धर्ती मण्डललाई कुनै न कुनै वाह्य शक्तिले संचालन गर्छन् र त्यहि शक्तिलाई विभिन्न नाम दिई मानिसहरुले पुजा गर्ने गर्दछन् भन्ने उनको बुझाई रहेको छ । चित्रकलाको दर्पणबाट समाजका विभिन्न आयामहरु जनमानससम्म पुर्याउन सक्ने उनको खुबीलाई धन्यवाद र भविष्यमा पनि अझ थप यस्तै वैचारिक भावनाहरुले ओतप्रोत चित्रकलाहरु अझ बढी मानिसहरुले हेर्न पाउन् ।

Back to top button