उदाउँदा झिल्काका रुपमा परिचित कलाकार

मनभित्रको हुटहुटी कलाकार बन्ने भएतापनि कहिं कतै कलाकै बारेमा पनि पढाइ हुन्छ भन्ने कुरा उनलाई सानो बेलादेखि पत्तो थिएन

कला साधना हो । समयको विभिन्न कालखण्डदेखि मानिसहरु अभिव्यक्तिका विभिन्न माध्यमहरु खोज्दै, अन्वेषण गर्दै हिँडिरहेका थिए । बोलिचाली एक सशक्त माध्यम हुँदा हुँदै पनि मनमा लागेका कुराहरु सम्पूर्ण बोलीबाट व्यक्त गर्न असम्भव प्राय हुने कारणले अरु विभिन्न माध्यमहरु के के हुन सक्लान् भनी खोतल्दै जाने क्रममा कविता, कथा, चित्रकलाहरु पनि विकसित हुँदै गएको पाउन सकिन्छ ।

प्राचिन कालमा चित्रकला गुफामा रहँदा बस्दा खान हुने कुरा/खाद्य/अखाद्य, खतरा युक्त कुराहरुबाट कसरी बचाउन सकिन्छ भन्ने जीवनउपयोगी कुराहरुलाई चित्रका माध्यमबाट व्यक्त गरिन थालियो । विस्तारै विस्तारै मानिसका मनमा रहेका अव्यक्त भावना भावावेग, कुण्ठा, हर्ष, विस्मात जस्ता कुराहरुलाई पनि चित्र र चित्रमा प्रयोग हुने रङ्गका माध्यमबाट व्यक्त गरिएको पाइयो ।

त्यही साधना जसबाट मनका भावावेगहरुलाई व्यक्त गरिन्छ, कालान्तरमा एक कलाकारका लागि ध्यान पनि त्यही हुन पुग्दछ । जब कलाकार आफ्नो कार्यमा डुबेर केही चित्रहरु निर्माण गर्दछ, साधना पनि त्यसमानै हुन पुग्दछ । त्यस्तै कलाकारमध्येका एक कलाकार किशोर ज्योतिसँग गरिएको कुराकानीको क्रममा खोजपत्रले यस आलेख तयार पारेको छ ।

असुरक्षित प्रजातिहरु

प्रायजसो समसामयिक विषयवस्तुलाई एक कलाकारका नजरले हेर्दा विभिन्न आयाम विकास हुने नै भयो । प्रायजसो मानिसहरुले आफ्नो जीवन यापनको क्रममा प्रकृतिलाई दोहन गरिरहेका हुन्छन् । उक्त दोहनले प्रकृतिमा पारेको असर तथा सामान्य मानिसहरुले हेर्ने नजरियाबाट केही माथि उठेर किशोर ज्योति चित्रहरु निर्माण गर्दछन् ।

सानैदेखि चित्र कोर्नमा रुचि भएका किशोर साना साना पानाहरुमा चित्रहरु कोरिनै रहन्थे । एक दिन जब उनि आफ्नो पसलमा बसि चित्रहरु कोर्दै थिए त्यही मौकामा उनकै पसलमा उनको भेट कलाकार रोशन प्रधानसँग भयो ।

कलाकार प्रधान उनको चित्रकलाबाट प्रभावित भए र उनले अरु कामहरु पनि गरेका छन् कि भनि सोध्न थाले । किशोर ज्योतिले केही संकोच माने किनकीपहिलो भेटमा नै कसैले आफ्नो काम हेर्न किन खोज्दैछ भनि संसकित भए । र पनि आफुले गरेका काम उनलाई देखाए । उनका चित्रहरुमा केही बेर घोत्लिएपछि कलाकार रोशनले उनलाई चित्रकलाको केही तालिमहरु लियो भने उनको काममा अझ निखार आउने कुरा बताए । हुन त उनले कलाकार रोशन प्रधानको चित्रहरु केही समय अगाडि ललितकला प्रज्ञा प्रतिष्ठानमा भएको प्रर्दशनीमा देखि उहाँ सँग केही सिक्न पाए हुन्थ्यो भन्नेछाप परिसकेको थियो । कलाकार प्रधानको चित्रहरु देखेतापनि प्रधानसँग भेट भने पहिले भएको थिएन र यो एक संयोग थियो ।


मेकानिक्स भित्र सीमित

मनभित्रको हुटहुटी कलाकार बन्ने भएतापनि कहिं कतै कलाकै बारेमा पनि पढाइ हुन्छ भन्ने कुरा उनलाई सानो बेलादेखि पत्तो थिएन । त्यसैले पनि उनी आफ्नै हिसावले चित्रहरु कोरिरहेका थिए भने कुनै एक समयमा कुपण्डोल स्थित चित्रकार एरिना ताम्राकारको ग्यालरीमा पुग्दा चित्रकार एरिनाको प्रोत्साहनले पनि उनमा चित्रकलाकै विधामा लाग्नुपर्छ भन्ने ठानें । कहिलेकाहीं उनलाई लाग्छ विधिवत रुपमा कलेजमानै गइ चित्रकला नपढेर के भयो त, आखिर चाहिने कुरा भनेको शिप, कौशल र रङ्ग, अन्तरआत्मासँग कसरी खेल्न सकिन्छ भन्ने नै महत्वपूर्ण कुरा हो । त्यसैले चित्रकलाको औपचारिक पढाइ नभए पनि उनलाई खेद छैन । व्यवसायिक रुपमा चित्रकलाहरु महँगोमा समेत विक्रि हुँदो रहेछ भन्ने थाहा पाएका किशोर यदि चित्र बनाउनु पूर्व नै म यस्तो चित्र कोर्छु र यसलाई यतिमा विक्रि गर्छु भन्ने सोच राखियो भने त्यस चित्रमा जीवन्तता दिन नसकिने कुरा बताउँछन् र काम गर्दै जाने क्रममा चित्रमा आएको निखारता, दिइएको समय, चित्रको भागभंगीमा, चित्रले अभिव्यक्त गर्न खोजेको अमूर्त कुराहरुले नै चित्रको मूल्य निर्धारण हुने कुरामा उनि जोड दिन्छन् ।

यदि कुनै कलाकारले ती सबै कुराहरुलाई ध्यानमा राखेर डुबेर कुनै चित्र बनाएको छ भने त्यसले पक्कै पनि धेरै मानिसको मन छुनेछ र अरु कुनै क्रेताको घरको भित्तामा सजिने मौका पाउँदछ ।

केही समय चित्रकला गरिसकेपछि उनलाई विस्तारै लाग्यो कि अब चित्रकलासँगसँगै लोगो डिजाइनका काममा पनि समय व्यतित गर्न सकिन्छ किनकी कुनै पनि संस्थाको लोगोले त्यस संस्थाको सम्पूर्ण कथा बोल्न सक्दछ । यो काम कुनै कल्पनाशील मानिसको लागि आफ्नो कल्पना अभिव्यक्तिको एउटा माध्यम हुनसक्दछ भन्ने कुरा उनले ठानें ।

किनकी कुनै कार्यालयको लोगो बनाउने काममा एउटा कलाकारले त्यस कार्यालयको इतिहास, जन्म जस्ता कुराहरुलाई नामसँग जोडेर विभिन्न भावहरुसँगै खेल्न पाउँदछ र यो खेलाइ आफैंमा रोमाञ्चक हुन्छ । छोटो समयमा एउटा क्यानभासमा गरेको काम भन्दा यो अझ रोमाञ्चक हुने भएकाले किशोर ज्योति यसरी खेल्नमा बढी रुचाउँछन् । यसबाट आर्थिक लाभ पनि तत्कालै पाइने भएकाले पनि उनले यो काममा आफ्नो प्रस्तुती गतिलो ढङ्गबाट दिने गरेका छन् ।

विस्तारै उनि चित्रकला सँग सँगै यस्ता किसिमका लोगोहरुमा पनि खेल्न रुचाउन थाले । चित्रकलालाई लामो समयदेखि गर्दै गर्दै लैजान सकिन्छ । तर, लोगोको विषयमा छोटो समयमा नै आफ्नो व्यक्तिगत स्वतन्त्रतालाई प्रयोग गर्दै गर्न सकिने भएकाले पनि उनि लोगोमा खेल्न रुचाउँछन् ।

सदृष्य तथा अदृष्य दुवै सत्तामा कलाकारको दिमाग पुग्न सक्दछ । जसरी जहाँ पुग्दै रवी त्यहाँ पुग्छ कवी भनिन्छ । त्यसरी नै एक चित्रकार पनि अन्तरमन, अन्तरविश्वका त्यस्ता धरातलमा पुग्न सक्दछन् जहाँबाट त्यस्ता गहन चित्रहरु निर्माण हुन सक्छन् ।

त्यसैले उनि आफ्ना आँखा र कान सदैव खुला राख्दछ, जसको माध्यमबाट समाजमा घटित घटना र परिदृष्यलाई कल्पनाशिल तरिकाले चित्रमा उतार्न उनि माहिर छन् ।

रगतमा कर

दिनानुदिन घटित भइरहेका सामाजिक तथा विश्व परिदृष्यका घटनालाई एक कलाकारले कलाको माध्यमबाट व्यक्त गरिरहेका हुन्छन् । तर उनले यस्तै घटनालाई मानसपटलमा खेलाउँदै लामो समयपछि मात्र उनले स्केच गरेर आफ्ना भएभरका आवेगहरु प्रस्फुटित गर्दछन् । उदाहरणका लागि भर्खरै सरकारले लगाएको स्यानटरि प्याडमा करको विषयलाई लिएर पनि उनले चित्रका माध्यमबाट असन्तुष्टि व्यक्त गरेका छन् ।

सडका भित्तामा कलाकारहरुद्वारा कोरिएका चित्रहरुले गर्दा महानगर कुरुप बन्न सक्ने बताउँदै उक्त चित्रहरु मेटाउने आदेश महानगरपालिका मेयरले आदेश दिएका थिए । त्यसै सन्दर्भमा एक कलाकारको मनले उक्त प्रकृयालाई कसरी हेरेको छ भन्ने दर्शाउन एक चित्रकला बनाएका थिए ।

नयाँ पुस्ताका कलाकारहरुलाई प्रतिनिधित्व गर्ने किशोर ज्योती कलाको क्षेत्रमा नयाँ नयाँ आयामहरुलाई समेट्दै लैजानु पर्दछ भन्ने सोच राख्छन् । लामो साधना र नवीन सोचहरुले नै कला र कलाकारहरु माथि उठ्ने कुरामा किशोर ज्योति विश्वस्त छन् ।

Back to top button