युगलाई नजिकबाट नियाल्दाको अनुभूति

रचिएको समय चक्र कसको लागि हो ?

06जसले सृष्टि गर्न सक्छिन्, उनैले संहार पनि गर्न सक्छिन् । यसलाई पछ्याउने क्रममा यानी जे छ त्यो ईश्वरको लागि हो भने त यो ईश्वर छ कहाँ ? पृथ्वी, सूर्य, अन्तरिक्ष कसले बनायो ? पृथ्वीमा हरेक वस्तु, मान्छे तथा उसका गतिविधि समयको चक्रसँगै परिवर्तित हुँदै गए । विकास क्रममा मानव समाजको सिकाइ, भोगाइका अनन्त कथा छन् । प्रदर्शित ’मिथिला कसमस: समय चक्र’ भित्र यस्ता धेरै प्रश्नहरुको उत्तर खोज्ने प्रयास गरियो । हुनत चित्र आफै बोल्छ, तर लेख्नु ठुलो काम हो । त्यसमा पनि चित्र वा कुनै चित्र शृंखला माथी । जब म लेख्छु, त्यतिबेला म भित्रको चित्रकार म माथि हाँस्न थाल्छ । तथापि लेख्ने प्रयास गर्छु । जस्तो अँध्यारोलाई बुझ्नु नै कला हो, जसरी सुन्नु र बोल्नु पनि ।

बिन्दु कुनै पनि मान नभएको सबैभन्दा सानो ज्यामितीय आकृती हो । जसको नाप लम्बाइ, चौडाइ,मोटाइ, उचाइ, गहिराइ केही पनि हुँदैन । त्यसको एउटा मात्र स्थान हुन्छ, त्यो नै बिन्दु हो । ज्यामितिमा, एक बिन्दुबाट अर्को बिन्दु सम्मको यात्रा रेखा हो । यात्रा छोटो तथा लामो, सोझो अथवा बाङ्गो जे पनि हुन सक्छ । जसको आकार समायोजित गर्न सकिन्छ । सोझो रेखा यो बिन्दुको उत्तराधिकार समान दिशामा लेखिन्छ । बक्र रेखा बिन्दुको उत्तराधिकार हो जुन पंक्तिबद्ध हुँदैन । त्यसैले यसको विभिन्न दिशा र कर्भहरू हुन्छ । बहुभुज रेखा धेरै सीधा लाइनहरू मिलेर बनेको हुन्छ जुन उनीहरूको छेउमा भेटिन्छ र फरक दिशाहरू लिन्छ । यसरी मिश्रित रेखा सीधा रेखा र घुमाउरो रेखाबाट निर्माण हुन्छ । ओब्लिक लाइन सीधा रेखा जुन न तेर्सो न ठाडो हो । खुला लाइन, बन्द लाइन रेखाको अन्तिम बिन्दुहरूमा बुझाउन सकिन्छ, जब कुनै वस्तु वा शरीरमा एस्क्राच  हुन्छ, जुन केहि घर्षण बाट उत्पन्न हुन सक्छ ।

ज्यामिति गणितको एउटा महत्त्वपूर्ण हाँगा जसमा आकार, नाप तौल र वस्तुको स्थानको विस्तृत अध्ययन गरिन्छ । अर्को शब्दमा भन्नु पर्दा रेखाहरू, कोणहरू र तिनबाट निर्मित आकृतिहरूको अध्ययन गर्ने विज्ञान पनि ज्यामिति हो । केही सामान्य आकारहरू जस्तै वृत, चर्तुभुज र त्रिभुज ज्यामितिमा अध्ययन गरिने महत्त्वपूर्ण आकारहरू हुन् । घन, वेलना र गोला जस्ता केही जटिल आकारहरू पनि यसमा अध्ययन गरिन्छ । यसको मदतबाट विभिन्न आकारहरूको क्षेत्रफल र परिमिति निकाल्न सकिन्छ । साथसाथै ठोस वस्तुहरू जस्तै घन, वेलना र गोलाहरूको पनि सतहको क्षेत्रफल र आयतन निकाल्न सकिन्छ । सामान्य सुरुवात भएपनि अहिलेको वर्तमान परिस्थितिमा यसको उपयोगिता र बिषयको अध्ययन बढ्दो क्रममा छ । ग्रीकका महान गणीतज्ञ युक्लिडद्वारा ज्यामितिको पहिलो किताब लेखिएको थियो ।

वृत एक साधारण आकार हो । दिएको बिन्दु (केन्द्र) र दुरी अर्धव्यासले परिभ्रमण गर्दा बन्ने आकृति नै वृत हो । बिन्दुको पनि आफ्नो वृत्त हुन्छ । कलम र मसीको सयोगले सानो थोप्लो वृत्तको सृजना गर्छ, अति सुक्ष्म हुन्छ । साधारणतया नदेखिए पनि अनुभव गर्न सकिन्छ । पंक्तिकार स्वयं आफूलाई चित्रकार भन्न रुचाउँछ, मिथिला लोक शैलीमा अभिव्यक्त भए पनि, मेरो चित्रकला  ’बिन्दुवाद’ सँग प्रभावित रहेको छ । यो ’बिन्दुवाद’ को जड आफ्नो वाल्यकाल देखि जोडिएको जस्तो लाग्छ । स्कुलमा गणीत पढ्दा, रेखागणितको पाठ याद रहने गथ्र्यो । जसमा आकार रेखाले मिलेर बन्छ र रेखा बिन्दुले । महत्वपूर्ण त्यो हो जो सूक्ष्मतम छ । सम्पूर्ण ब्रह्माण्डको रचना यसै सूक्ष्मतम कण मिलेर हुन्छ । तसर्थ मिथिला कासमस यानी मिथिला ब्रमाण्डको समय चक्र पनि यसै भित्र छ ।

तथापि प्रश्न फेरि पनि छ, प्रकृति, संस्कृति, प्रविधि, पर्यावरण तथा भातृत्वको विषय समेटिएका कलाको प्रदर्शनी भएको छ । प्रदर्शनी कक्षमा प्रवेश गर्दा ‘मेल फिमेल युनियन एन्ड क्रिएसन’ चित्र शीर्षक देवीको सृजना बाट शुरु हुन्छ प्रदर्शनी । महिला र पुरुषको अस्तित्व, ऊर्जालाई महत्व दिएको आभास दिन्छ । चित्रमा प्रकृतिसँग जोडिएर महिला आएकी छन् । शक्ति (महिला ऊर्जा) अनि शिव (पुरुष ऊर्जा) बाट मानव जीवनको सुरुवात हुन्छ । यसरी महिला र पुरुषको संगमबाट नयाँ जीवको सृष्टि हुन्छ । जहाँ सृजन बिन्दु पुरैन यानी कमल फूलको पातमा नबजात शिशुको यो जगतमा आगमान हुन्छ। यो सृजन मानव जीवनचक्र, चार युगको चित्रण, भगवान् विष्णुको दश अवतार, काली माताको उग्र स्वरूपदेखि मिथिला क्षेत्रका चाडपर्व र कोराना कालका परिस्थिति आजको यथार्थ सम्म आईपुग्छ । यो नै मिथिला चित्रकलाको सौन्दर्य हो, प्रकृतिमै रहेका विषयवस्तु बिना तोडमोड मिथिला चित्रकलामा आउँछन् ।

दि साइकल अफ टाइमको दोस्रो कडि ‘क्रियसन एन्ड डिस्ट्रक्सन’ शीर्षकको चित्र। जहाँ देवी काली मातालाई प्रस्तुत गरिएको छ । जस भित्र हामी बाचिरहेका छौं । जो अनन्त छ, जसको न प्रारम्भ देखिन्छ न अन्त । तर, प्रकाश वर्षको प्रबल गतिले गतिशिल छ । जसलाई मानवीय आँखाले हेर्न सकिँदैन । हामी आफुले आफैलाई प्रेम गर्छौं । हामीलाई  कसले बनायो ? माटोको भाँडो बनाउँदा जस्तै कुमालेको चक्रमा घुमिरहे झैं घुमिरहेका छौं । मात्र हामी आफ्नो स्पर्शले अलिकति आकार बदल्न सक्छौ, आमूल परिवर्तन हँुदैन । चित्र कोर्दा पनि यस्तै हो । म मात्र चित्र बनाउने माध्यम हूँ, सूर्य प्रकाशको माध्यम जस्तो ।

फरक–फरक विषयलाई मिथिला शैली ‘मिथिला कसमस’ प्राचीनकालीन चिन्तनदेखि कोरोना कहरसम्मको परिस्थितिलाई चित्रको रूपमा क्यानभासमा उतार्दा केही कुराहरु घच्घचाई रह्यो । आजको समाज कसरी अघि बढेको छ, हामीले के पायौं ? के गुमायौं ? भन्ने विषयलाई दार्शनिक दृष्टिकोणबाट सोच्दा आकृति प्रस्तुत भए । चित्र बनाउनु कुनै सेतो क्यानभास माथि कुनै रङ भर्नु वा त्यसमाथि रेखा वा आकृति समुचित रूपले कोर्नु मात्र होइन । मेरो चित्रशृंखलाले कतिपय स्तरमा हेर्नेलाई कुनै यात्राको लागि आमन्त्रण पनि गर्दछ । यस्तो यात्रा जसले बाहिरी लोकबाट भित्र लिएर जान्छ र भित्रबाट बाहिर । यथासम्भव जहाँ स्वयम्लाई असल समय र सत्यसँग साक्षात्कारको अनुभूति होस् भन्ने सोच लिई अभिव्यक्त गर्ने प्रयास गरे । समाज, धर्म, संस्कृतिसँग जोडिएर मानव जाति निरन्तर समयको गति पछ्याउँदै अगाडि बढेको मान्यतालाई रङ र रेखामार्फत अभिव्यक्त गर्ने प्रयास मात्र हो । मात्र प्रेम नै वास्तविकता हो, यो भावना मात्र होईन। यो एउटा परम सत्य हो, जो सर्जकको मुटुमा वास गर्छ ।

वातावरणीय सन्दर्भमा ‘वाइल्ड लाइफ एन्ड नेचुरल ब्यालेन्स’ शीर्षक दि इकोलोजिकल ब्यालेन्स , खाद्य शृंखलाले प्राणी जगत् मात्र नभई प्रकृतिलाई सन्तुलनमा राख्छ । सर्प, सिंह, माछा, चरा, वृक्षजस्ता चराचर जगत् छ्न, जुन पर्यावरणमा जनावरहरूको ‘खाद्य शृंखला’को सुक्ष्मता हो । बिस्तारै जीवन जगतक चर्चा पनि अन्य कलाकृति मार्फत उजागर गरिने प्रयास छ । विवाह, चाडपर्व हुँदै हालको कोभिडसम्मको परिस्थितिलाई आफ्नै मौलिक शैलीमा चित्रमा उतार्दा आफु भित्रको प्रशन्नता दर्शकमा पाएँ । क्रमिक रूपमा पस्केका चित्रकलाको मूलसार नै जीवनचक्रको क्रमिक शृंखलाको अनुभुती गराउनु हो । मानव जीवनको भ्रुणदेखि विभिन्न युग, चराचर जगत्को सिर्जना हुँदै विभिन्न चाडपर्व, मेला, उत्सवले भरिएको छ । अनि कोरोना महामारीको चित्रणमा समेत चित्रकार आशावादी हुँदै, मानिस आफू मात्र सर्वश्रेष्ठ नभई प्रकृति सबैको साझा मान्नुपर्ने मेरो बुझाई हो । यी चित्र मानव र प्रकृतिबाट बाहिर गएका छैनन्, आफ्नै वरिपरि अस्तित्वमा रहेका विषयवस्तुलाई मौलिक रूपमा प्रस्तुत हुनु, सरल थिएन र धेरैले मन पराएकोमा आभारी छु ।

कोरोना कहरलाई झल्काउने केही चित्र ‘लकडाउन ब्लुज ः वान एन्ड टु’, ‘स्केपगोटिङ ब्याट फर द प्यान्डेमिक’, ‘कोभिड लेसन’ आदि चित्रबाट कोरोना महामारीको चित्रण गर्ने प्रयास गरें । मानिसले कोरोना भाइरसको कारणमा चमेरालाई दोष दिए पनि पर्यावरणमा चमेराको विशेष महत्व रहेको भाव भर्ने प्रयास सँग, लकडाउनमा घरभित्रै कैदी जसरी थुनिनुपर्दा पीडा बिर्सन सकिन । द्वापर युगमा विष्णुको आठौं अवतार श्रीकृष्णको बुद्धि र मायाले सबैलाई लठ्ठ पारेको विषयलाई इंगित गर्ने चित्र बनाउँदा जगत नाचेको आनन्द एकाकार भए । कृष्णलिलासँग आफ्नो कान्छी औँलाले गोबर्धन पर्वत उचाली अतिवृष्टिबाट सृष्टि जोगाएको कथा अपवित्रता, द्विविधाजस्ता गुण कलियुगले बोकेको मान्यतामा रहेर दमन, मृत्यु, ठुलोले सानोलाई थिचोमिचो गर्नेजस्ता विषयमा रहेर चित्र कडि रुपमा रहे । जसले दर्शक र चित्रकारको मनोभावनालाई आत्मसात गरे । साथै, प्रकृतिमाथिको अतिक्रमण, रुख काटेर कुर्सीको निर्माण, त्यो कुर्सी शक्तिको प्रतीक, सँगै ठूलो माछाले सानो माछालाई खाँदै गरेको चित्रले आजको विश्व राजनीतिशक्ति समीकरणको यथार्थ अवस्थाको चित्रण गरेको छ । त्रेता युगको चित्रमा मिथिला समाजमा पाइने जनविश्वास र हनुमानले द्रोणागिरी पर्वतलाई आफ्नो हातमा उचालेको चित्र प्रदर्शनीमा निकै आकर्षणको केन्द्र बनेको छ । आज कलयुगमा पनि कोरोना विरुद्ध औषधिको खोज जारी छ । हामी सबैका लागि समय र हामी आफैंले आफुलाई चिन्ने समय भयो । थोरैमात्र भएपनी मैले पनि सबै युगको अध्ययन सँगै त्यसभित्रको धर्म, परम्परा, संस्कृति जस्ता पक्षलाई बुझ्न सकें । यसबीचमा हामी कति परिवर्तन भयौँ त भन्ने कुरा मनमा सोच्दै गर्दा चित्रहरू बनें । अहिलेको हाम्रो अनिवार्य मास्क प्रयोगको अवस्था प्रकृतिमाथि अतिक्रमणको परिणामका रूपमानै हो । तथापि यसभित्र पनि सकारात्मक सोच लिएर अगाडि बढ्दा यो महामारीबाट बाहिर निस्कन सकिन्छ। भनिन्छ, चित्र पहिले मनमा आउँछ त्यसपछि क्यानभासमा उत्रन्छ । जहाँ मनोभावनाको उपस्थिति निरन्तर हुने गर्छ । यसरी यो समय कालानुसार केही रच्ने प्रयास गर्छु जसमा चित्रकथाको खोजी होस् ।

थाहा हँुदैन समयको पनि कति रंग रूप हुन्छ । कतै घाम छयाँ हो भने कतै चर्को घाम हो । कतै उदाउँदो बिहान त कतै बित्दो कालो रात हुन्छ । यो मात्र आफ्नो आफनो समय हो । यहाँ कोही हाँस्छ, त कोई रुन्छ पनि । तर समय आउँदा सबैको भाग्य चम्कन्छ । यो समय पनि खेल देखाउँछ । जित हारले हामीलाई जीउन सिकाउँछ । समयको पाङ्ग्रा घुम्दा राजा रङ्क हुन्छ, रङ्क राजा भइदिन्छ । समयचक्र हो घुमिरहन्छ । समस्या समाधान लिएर आउँछ । हाम्रो थोरै प्रयास चाहिन्छ।

[email protected]

Back to top button