खोलो चित्रकला प्रर्दशनीमा ‘स्वर्ग’ र ‘नर्क’

मेलम्ची भनेर यति लामो समय कुर्न पर्ने अनि पानीको हाहाकारमा बस्नुपर्ने थिएन होला

पाटन ढोकाको आडैमा रहेको यलामायाँ केन्द्रमा करिब १० जना कलाकारहरुको चित्रकला प्रदर्शनी फागुन १७ गते (मार्च १ तारिख) शिवरात्रीको दिनदेखि भइरहेको छ । उक्त चित्रकला प्रदर्शनीमा नेपालका प्रभावशाली चित्रकारहरुको चित्रकला प्रदर्शनीमा ल्याइएका छन् । यसमा सामसायिक विधा परम्परागत विधालाई मुख्यतया समावेश गरिएको छ र यो प्रदर्शनी चैत्र १ गते अर्थात् १५ मार्च सम्म रहनेछ ।

खोलो नाम दिइएको यो चित्रकला प्रदर्शनीका कला क्युरेटर उजेन नोर्वु गुरुङ चित्रहरुलाई कसरी मिलाएर राख्ने भन्ने कुरामा विशेष दख्खल राख्दछन् । कला प्रदर्शनीको शिर्षक खोलो राख्नुको कारणका बारे बताउँदै उनले भने–‘हामीले हाम्रो नजिकमा रहेको खोलाहरु सफा गर्नमा समय खर्चिएको भए मेलम्ची भनेर यति लामो समय कुर्न पर्ने अनि पानीको हाहाकारमा बस्नुपर्ने थिएन होला, भएका खोलाहरुमा मलमुत्र पठाउने अनि पानी चाहिँ बाहिरका अन्य खोलाबाट ल्याउन पर्ने कस्तो वाध्यता ! यहि कुरालाई देखाउन मैले यस प्रदर्शनीको शिर्षक खोलो राखेको हुँ ।’ याथामायाँ केन्द्र भइरहेको प्रदर्शनीमा दुइ वटा तलाहरुमा चित्रहरु समावेशमा गरिएका छन् । पहिलो तलामा वेथितिहरुलाई चित्रको माध्यमबाट प्रस्फुट गर्न समसामयिक चित्रहरु राखिएका छन् जसलाई उनले ‘नर्क’को नाम दिएका छन् भने दोश्रो तलामा भगवानका विभिन्न चित्रहरुलाई राखी ‘स्वर्ग’ भनी नाम दिएका छन् ।

यहाँ समावेश भएका चित्रकलाहरु आफैंमा उत्कृष्ट हुँदाहुँदै पनि त्यसलाई कहाँ र कसरी राख्ने भन्ने कुरामा उनी लामो समय देखि दिमाग लगाइरहेका थिए । यलमायाँ केन्द्रको भुइतलामा ६ जना कलाकारहरुको कलाकृतिलाई समावेश गरिएको छ । भित्र छिर्दा छिर्दै दायाँ र बायाँ भित्तामा परम्परागत महत्व भएका कलश, करुवा लगायतका अत्यन्तै कलात्मक चित्रकलाहरुलाई बेजोड ढंगबाट राखिएको छ । यो चित्रहरु कलाकार टिसा श्रेष्ठले बनाएकी हुन् । इचिङ्ग विधिबाट बनेका यि चित्रहरु आफंैमा आकर्षक देखिन्छन् ।

त्यसपछिको सेक्सनमा कलाकार कृष्ण भक्त श्रेष्ठले बनाएका बुङमतिको मासिँदै गएको सम्पदा अनि त्यसलाई कसरी जगेर्ना गर्न सकिन्छ भन्ने विषयमा आफ्नो कुची चलाएका छन् । यहाँ किसानहरुका पिडालाई कलात्मक ढंगले राखिएका चित्रहरु हेर्न सकिन्छ ।

त्यसपछि विस्तारै भित्र छिर्दा बायाँ भागमा कलाकार पृथ्वी श्रेष्ठका केही चित्रकलाहरु छन् जसलाई मोवाइको आकारमा प्रस्तुत गरिएको चित्रकलाहरु समावेश छन् । जुन मोवाइको स्क्रिन हेरिरहेको जस्तो भान हुने तरिकाले प्रस्तुत गरिएको छ । यी स्क्रीनहरुमा मुखौटा लगाएको आकृतिहरु छन् । अहिलेको दुनियाँमा मानिसहरुको दोहोरो चरित्र भएको कुराहरुलाई कटाक्ष गरिरहेको भान दिन यी चित्रहरु तथा यी चित्रहरुलाई मिलाएर राखिएको शैलीले भान दिन्छ । मानिस र मुकुण्डोको समिश्रण गरेर त्यस मुकुन्डोमा कतै देवी देवताको अनुहार कृति राखेका छन् तर भित्रको वास्तविकता प्रस्ट देखाएका छैनन् । मानिस एक तर रुप अनेक हुन सक्ने वर्तमान परिस्थितिको प्रतिविम्ब उनको कलामा झल्किन्छ ।

यी चित्रहरुको बायाँ पट्टि कलाकार असिम शाक्यको अहिले चलिरहेको वेथितिहरुलाइ देखाउने भिजुअल ग्राफिक्सको माध्यमबाट बनाइएको फोटोहरु राखिएका छन् । शैलीमा केही फरकपन यो आधारमा पनि देखिन्छन् कि प्रत्येक दिन सामान्य मानिसहरुले भोग्ने बाटोको बेथिति जस्ता कुराहरुलाई देख्न सकिन्छ र यी फोटोहरु टिभीका स्क्रिन माथि भएकाले यसलाई नयाँ प्रयोगको रुपमा हेर्न सकिन्छ ।

त्यसबाट अगाडि बढ्दै जाँदा बायाँ छेउमा अर्का कलाकार जो योङफ्लेमका नामले आफुलाई चिनाउँछन् उनको सिफ्टििङ केजेज नाम दिइको एक चित्रमा चित्रकार किशोर ज्योतीले नरसिंहको अवतारको प्रत्येक हातमा पिंजडाहरु राखेका छन् । जसमा हामी सबैलाई कठपुतलीको रुपमा विम्बित गरेका छन् । एक शासकबाट अर्को शासकमा जाँदा पनि हामी पिँजडा चलाउने हातहरु मात्र फेरिएका हुन् तर जीवन पिँजडाबाट मुक्त छैन भन्ने सन्देश दिने खालको चित्रकला प्रस्तुत गरेका छन् ।

अगाडि बढ्दै जाँदा अर्को एक चित्र देख्नुहुन्छ जुन तपाइको भित्र छिर्दा सामुन्ने देखिने मुकुट भएको राजसिंहासनमा विराजमान अनुहार विहिन चित्रकला बढो आकर्षणको केन्द्रको रुपमा रहेको छ । यो चित्र कलाकार कैलाश के. श्रेष्ठले बनाएका हुन् । ढोकाबाट छिर्दा छिर्दै यो चित्र देखिने भएकाले पनि राजाले सिंहासन छोडेपछि यो वेथिति भइरहेको हो कि ! भन्ने भान दिने खालको छ यो चित्रकला ।

भवनको माथिल्लो तल्लामा भने परम्परागत चित्रकला प्रदर्शनीमा राखिएका छन् । जसमा पौभा चित्रकारहरुको विभिन्न चित्रकलाहरु प्रदर्शनीमा छन् । पौभा चित्रकारहरु लोक चित्रकार, रवि ढंगोल, उदय चरण श्रेष्ठ, विकास कालिकोटे, सुजित महर्जन, रोजिना सिख्वाल, नरेन्द्र मल्ल, सुन्दर श्रेष्ठ, सुजन श्रेष्ठ, प्रवेश राई, राजन सांगाचे, प्रथम राज बज्राचार्यको चित्रकला समावेश गरिएको छ । यी चित्रहरु आँपैmमा बेजोड त छँदै छन् र यसलाई प्रस्तुत गर्ने सजावटका कारण पनि आँपैmमा उत्कृट देखिएका छन् ।

Back to top button