वसन्तको न छुट्ने रङ्गमा फगुवा

रङ्गको आफ्नो भाषा र आफ्नो व्याकरण हुन्छ

“नव बृन्दावन नव–नव तरुगण, नव–नव विकसित फूल ।

नवल वसन्त नवल मलयानिल, मातल नव अलिकूल ।।”

                                                         – विहारी नवल किशोर

‘कोकिल’ को उपनामले विख्यात मैथिली कवि विद्यापतिले वसन्त ऋतुको मनोहर चित्रण प्रस्तुत गर्दै लेखेका छन् । विद्यापतिले मनोहारी वसन्तको माध्यमले जीवनको केहि सुखद क्षणलाई व्याख्या गरेका छन् भने अर्को तर्फ फूलको आगमन सँगै वृक्षमा नव किसलय सुगन्धित वायुले वसन्तको आगमनलाई चित्रित गरेका छन् । नव फूल, नयाँ पात, भँवराको गुन्जार र कोयलको कूक सँग वसन्त बिस्तारै प्रकृतिमा अवतीर्ण हुन्छ । आदिकालको कवि विद्यापतिले त वसन्तलाई राजसी ठाँट भनी आफ्नो कवितामा साकार गरेका छन् ।

आयल ऋतुपति राज वसन्त

धावल अलिकुल माधवी पन्थ ।

वसन्त एउटा रङ्ग हो, भाव–अनुभाव हो । वसन्त हामीलाई अभिभूत गर्छ । वसन्त प्रेमको पर्याय हो । प्रेम विद्रोहि हो । तरुण अवस्थामा स्वभाविक हो, विद्रोह छैन भने, निरर्थक हो । यो विद्रोह मात्र प्रतिरोधको लागि हँुदैन । जीवनको प्रत्येक क्षण, हर पलमा जीवन–प्रेम, आत्मियतामा प्रकट हुने गर्छ । जसले जीवन र पर्यावरणलाई गतिशील बनाउँछ । लोक जनले रङ्गोत्सव मनाउँछन् जसलाई मिथिलाञ्चलमा ‘फगुवा’ भनिन्छ । आज मिथिलाञ्चल मात्र होईन विविधताको रङ्ग बोकेको सम्पूर्ण देश फागु, होलीको एउटै रङ्गमा रङ्गिएको छ। लोक संस्कृतिमा चित्रको प्राचिनता, भाषा भन्दा प्राचीन हो । जहाँ विभिन्न रङ्गको प्रयोग हुन्छ ।

रङ्गको आफ्नो भाषा र आफ्नो व्याकरण हुन्छ, रङ्गको भाषा पढ्न रङ्ग उपमा, गहिरो, दर्शनको अर्थ हुन्छ । रङ्ग बिनाको यो संसारको कल्पना नै गर्न सकिँदैन । प्रकृति प्रदत्त संसार नै रङ्गमय छ तर संसारिक वस्तु मध्ये मात्र पानी रङ्गहिन हो । रङ्गलाई छुन सकिँदैन, मात्र आँखाले हेर्न सकिन्छ । कुनै पनि वस्तुको आकार प्रकार हेर्नु भन्दा पहिले आँखाले उसको रङ्ग हेर्ने गरिन्छ । यो रङ्गको पहिचान गर्ने गुण र क्षमता मानव मात्रमा हुन्छ । खासगरी रङ्ग भन्ने वित्तिकै यसले खुशीको भाव नै जनाउँछ ।

रङ्गको आफ्नो भाषा र आफ्नो व्याकरण हुन्छ, रङ्गको भाषा पढ्न रङ्ग उपमा, गहिरो, दर्शनको अर्थ हुन्छ । रङ्ग बिनाको यो संसारको कल्पना नै गर्न सकिँदैन । प्रकृति प्रदत्त संसार नै रङ्गमय छ तर संसारिक वस्तु मध्ये मात्र पानी रङ्गहिन हो । रङ्गलाई छुन सकिँदैन, मात्र आँखाले हेर्न सकिन्छ । कुनै पनि वस्तुको आकार प्रकार हेर्नु भन्दा पहिले आँखाले उसको रङ्ग हेर्ने गरिन्छ । यो रङ्गको पहिचान गर्ने गुण र क्षमता मानव मात्रमा हुन्छ । खासगरी रङ्ग भन्ने वित्तिकै यसले खुशीको भाव नै जनाउँछ ।

उदाहरण स्वरुप पहेँलो रङ्ग प्रसन्नतादायक, यश, दिव्यता, सँग सँगै मृत्यु, वैराग्य, उज्यालो सूर्य, प्रकाश आदिको प्रतीक हो । रातो रङ्ग शुभ, प्रेम, क्रोध, क्रान्ति, सर्वाधिक उत्तेजना, उन्माद, आकर्षक तथा आक्रमक सँगसँगै सौभाग्यको प्रतीक र महिलामा लोकप्रिय पनि हो । निलो रङ्ग शान्ति, माधुर्य, इमानदारी, आशा र लगनको प्रतीक हुन्छ । हरियो रङ तटस्थ जीवन, प्रसन्न्ता, वायु र ताजापनको प्रतीक हुन्छ । सेतो रङ पवित्रता, स्वच्छता, शान्ति शोक, निर्मल र तेजस्विताको प्रतीक हो । कालो रङ्गलाई प्रकाशहीन, उत्तेजनाहीन, शोक, भय, पाप, निराशा, विरोध, अँध्यारो र अशुभ पनि मानिन्छ । यसरी  नै निलो रङ अखण्ड, व्यापक, ब्रम्हाण्ड, जलको प्रतीक  हुने गर्छ । भटा यानी बैजनी रङ प्राथमिक र मिश्रित दुवै श्रेणीमा पर्ने भएकोले यो खासै संकेत जनाउँदैन । तथापि यसलाई राजसी, समृद्ध, वैभव तथा सौर्यको  मानिन्छ । यसप्रकार लोक संस्कृतिमा कला मानवको सहचरीको रूपमा सँधै सँगै रहिआएको छ ।

रङ्ग कति किसिमका हुन्छन् भन्न असम्भव छ । आकाशमा उदाउने इन्द्र धनुषमा देखिने सात रङ्ग रातो, हरियो, पहेँलो कालो, सेतो, निलो र बैजनीलाई लाई प्राथमिक रङ्ग भनिन्छ । बाँकी सबै प्रकारका मिश्रण भएका रङ्गलाई मिश्रित अथवा द्वितीय रङ्ग भनिन्छ । उपरोक्त सातवटै रङ्गहरुको प्रकार, संकेत र चरित्र वेग्ला वेग्लै हुन्छन् । रङ्ग मिसाउँदा कालो रङ्ग कुनै पनि रङ्गमा आफ्नो प्रभाव बढी देखाउँछ । सेतो रङ्ग कुनै पनि रङ्गलाई पचाउँदैन । दुई वा दुई भन्दा बढी रङ्ग एक ठाउँमा मिसाउँदा जुन रङ्गको मात्रा बढी हुन्छ बाहुल्यता उसैको झल्किन्छ । कुन रङ्गमा कुन रङ्ग कति मात्रामा मिसाउँदा कस्तो रङ्ग बनाउने भन्ने कुरा कलाकारको आवश्यक्ता र तजबिजमा भर पर्दछ ।

खासगरी पारम्परिक शैलीको मिथिला चित्रकलामा रङ्गको स्रोत प्राकृतिक हुने गर्दछ । जो आदिम कालदेखि यधपी प्रयोगमा छ । मिथिला चित्रकलामा प्राथमिक रङ्गको प्रयोग बढी र मिश्रित रङ्गको प्रयोग न्यून भएको देखिन्छ । प्राकृतिक रङ्गलाई एक आपसमा मिसाउँदा मिसिन गाह्रो भएको अथवा सोचे अनुसारको परिणाम नआउनाले पनि यस्तो भएको अनुमान गर्न सकिन्छ । त्यसकारण  मिथिला चित्रहरुमा वस्तुको रङ्ग वास्तविक रङ्ग भन्दा फरक भएको देखिन्छ, जस्तै–हाती, माछा, चरा अथवा अन्य जीवजन्तुकोे रङ्ग रातो, पहेँलो, हरियो इत्यादि हुन्छ । अचेल मिथिला चित्रको व्यवसायीकरण हुँदा पटचित्र इत्यादिमा प्रयोग हुनथाले पछि आधुनिक र कृत्रिम (बाजारु) रङ्गको प्रयोग बढी हुन थालेको छ । परिणामस्वरूप प्राकृतिक रङ्ग बनाउने सामग्री सङ्कलन र मिहिनेत गर्नुपर्ने भएकोले प्रयोग सार्है न्यून भएको छ तर विज्ञानको दृष्टिकोणमा आधुनिक रङ्गहरुको प्रयोग गर्नाले त्यसमा भएको रसायनको मिश्रणले स्वास्थ्यको हकमा नकारात्मक असर पार्दछ । यद्यपि मूल्य र माग अनुसार उत्पादन गर्नुपर्ने भएकोले आम उपलब्धताको कारण यसको प्रयोगको बाध्यता रहेको देखिन्छ र यो दीर्घकालिन टिकाउ र प्रयोग गर्न पनि सजिलो हुन्छ ।

रङ्गहरुको प्रभाव ज्ञात अज्ञात रुपमा मानिसको मन र शरिरमा पनि परिरहेको हुन्छ । प्राचिन ग्रन्थानुसार रङ्गद्वारा मानिसको रोगहरुको उपचार पनि हुने गर्दथ्यो जसलाई रङ्ग चिकित्सा (कलरपैथी) भनिन्छ । कुन रङ्ग कसले मन पराउँछ वा पराउँदैन भन्ने  व्यक्तिगत कुरा हुन्छ। मनपराउने रङ्गले व्यक्तिको व्यक्तित्व, स्वभाव र चरित्रको पनि अनुमान  लगाउन सकिन्छ । रङ्गको उपयोगिताको विषयमा चर्चा गर्नुपर्दा कलाकार बिजय दत्तमणिको अनुसार संसारिक रङ्ग बिरङ्गी वस्तुले मानव मात्रको मन मोहे पछि उक्त रङ्ग प्राप्तिको लागि आदिकाल देखिनै मानवद्वारा वोट–विरुवा, घाँस, फल–फूल, जडिबुट्टी, पात, बोक्रा अथवा चामलको पिठो, अन्न दानालाई पिनेर रस वा धूलो निकालेर, चून –ढुङ्गा, माटो, कालोमोसो, गोबर घोलेर, वनस्पतिको चोप वा दुध मिसाएर व्यवहारमा प्रयोग गर्न थालिएको हो, जसलाई प्राकृतिक रङ्ग भनिन्छ । मिथिला कलामा आज पनि यस विधि जीवन्त अवस्थामा रहेको छ । मिथिला कला अति प्राचिन कला भएकोले भित्ता, मूर्ति, दैनिक प्रयोगमा आउने वस्तु इत्यादिमा प्राकृतिक रङ्गको प्रयोग गरिन्छ, यो मदनोत्सव हो । अनि यसमा मानिसहरु मदमत्त हुन्छन् । वसन्त पञ्चमीको दिन देखि डम्फ र मजीरा जस्ता लोक बाजाका साथ होलीका गीत  मध्य रात सम्म गुन्जायमान हुन्छ ।  यो क्रम फाल्गुण पूर्णिमाको भोलि पल्ट यानी फगुवाको दिन सम्म चल्छ । पूर्णिमाको राति होलीका गीतहरु (फागु) गाउँदै होलिका दहन गरिन्छ र भोलिपल्ट फागु मनाइन्छ । फागुका दिन रङ्ग–अबिर खेलेर बेलुका होलिका दहन गरिएको स्थानमा गएर खरानी उडाउँदै ‘जे जीवे से खेले फागु जे मरे से लेखा ले’ भन्दै त्यहाँबाट ’चैतावर’ गीत (चैत महिनाको गीत) गाउँदै फर्किने गरिन्छ ।

गाउँघरमा दुध र मसला मिश्रित भाङ तयार हुन्छ । होलैता समूहमा प्रत्येक टोलको मानिसहरू सहभागी हुन्छन् र उनीहरू घरघरमा पुगेर होली गीत गाउने गर्छन् । शुभकामना र आशिष साटासाट गर्छन् । होलैतालाई भाङ, अबिर, पान र मसालेदार सुपारी प्रदान गरी विदा गरिन्छ । आधुनिकताकोे उत्पादन, भाङलाई अहिले मदिराले विस्थापित गरेको छ ।

गाउँघरमा दुध र मसला मिश्रित भाङ तयार हुन्छ । होलैता समूहमा प्रत्येक टोलको मानिसहरू सहभागी हुन्छन् र उनीहरू घरघरमा पुगेर होली गीत गाउने गर्छन् । शुभकामना र आशिष साटासाट गर्छन् । होलैतालाई भाङ, अबिर, पान र मसालेदार सुपारी प्रदान गरी विदा गरिन्छ । आधुनिकताकोे उत्पादन, भाङलाई अहिले मदिराले विस्थापित गरेको छ ।

तराईमा फागु पूर्णिमाको भोलिपल्ट मनाइने होलीमा पहिला भगवानलाई रङ्ग, अविर चढाएर र आफ्ना परिवारका सदस्यसँग रङ्ग लगाएपछि आफन्त र छिमेकीसँग खेल्ने गरिन्छ । होली रङ्ग अबिरको पर्व हो । फागुको धार्मिकभन्दा पनि सांस्कृतिक महत्व रहेको छ । होलीमा रङ्ग र अबिर मात्र होईन, रङ्ग र अबिरको धुलो पनि उडाइन्छ । जसलाई मिथिलामा “रङ्ग अबिरको खेलसँगै धुरखेल (धुलो उडाउने खेल) भनिन्छ।

होलीको सन्दर्भमा लोकजनले जानेको कथा, होलिका दहनको हो । होलिका दहनको प्रसँग जे रहे पनि होलीमा होलिका रूपि विकृतीको दहन गरिने भनिए पनि यो कहिले देखि फागुमा जोडियो, त्यसको यकिन छैन । यस पर्वले आपसी रिस, द्वैष र वैमनस्यताहरूलाई बिर्साएर सद्भाव र मेलमिलापका साथ अगाडि बढाउन प्रेरित गर्छ । विसङ्गतिहरुलाई उडाउँदै नयाँ दिनको, वर्षको सुखद शुभारम्भ होलीको दिनबाट हुन्छ भन्ने मूल सन्देश यस भित्र रहेको हुन्छ ।

झण्डै डेढ दशकदेखि जनकपुरधाममा मिथिला नाट्यकला परिषद्ले होलीको अवसरमा महामुर्ख सम्मेलनको भव्य आयोजना गर्दै आइरहेको छ । महामुर्ख सम्मेलन पनि होलीको एउटा अङ्ग बनेको छ । महामुर्ख सम्मेलनमा लब्धप्रतिष्ठित व्यक्तिलाई महामुर्ख, पटमुर्ख, चौपटट्मुर्ख, मुर्खानन्द र मुर्खाधिश जस्ता उपाधिहरुले विभूषित गरिन्छ। महामुर्ख हुनेलाई समाजमा उच्च व्यक्तित्व मानिन्छ । विभूषित हुनेहरुलाई काउली, फर्सी, खुर्सानी, आलु लगायत विभिन्न तरकारीहरूको माला लगाइने गरिन्छ । अरु बेला महामुर्ख भन्दा समेत कुटाकुट गर्नेहरु होलीको अवसरमा त्यस्ता विभूषणहरु पाएर दङ्ग पर्छन्। जसलाई सम्पूर्ण नेपाली समाजमा उच्च सम्मानको दर्जा दिएको छ। महामुर्ख सम्मेलनमा कथा–कविता वाचनले समाज र राजनीति विकृतिमाथि व्यङ्ग गरिन्छ।

[email protected]

Back to top button