आधा शताब्दीको इतिहाँस बोकेको ग्यालरी म्युजियम बन्दै

सुनिल राज ढकाल
सुनिल राज ढकाल १८ असार २०७९, शनिबार ०६:००
6 Min Read
Aa

नविन जोशी, कुनै बेलाका नामुद ग्राफिक डिजाइनर थिए । नेपालमा जब उनले एस.एल.सी उतिर्ण गरे, उनको बुवाको पनि भारतबाट पढेर फर्केका थिए त्यसैले उनलाई पनि बुबाकै पदचाप पछ्याउन बुबाको आदेश भयो । जे.जे आर्ट स्कुलबाट बुबाले पनि पढेको र छोरालाई पनि त्यहीँ पढाउने इच्छा थियो । नेपालबाट जब उनी भारतमा बसेर पढ्दै थिए, उनी १७ वर्षको हुँदा भारतमा नै खबर आयो कि बुबाको मृत्यु भयो । मनमा अनेक किसिमको तर्कनाहरु खेल्न थाले । अबको जीवन के गर्ने ? कसरी अगाडि बढ्ने ? उनी काठमाडौँ फर्किए ।

काठमाडौँको रत्नपार्कमा उनको बुबाको पार्क ग्यालरी नामक ग्यालरी थियो । सन् १९६० को दशकतिर निजि ग्यालरीको कन्सेप्ट मानिसहरुमा विकसित नै भइसकेको थिएन । औँलामा गन्न सकिने मानिसहरु कला प्रशंसक अनि कला क्रेताहरुको त्यस्तो विधि चाप भइसकेको थिएन । मानिसहरु कला खरिद गर्ने प्रायोजन प्रायः आफ्नो घर अनि होटल सिंगार्नको लागि हुने गर्दथ्यो । ग्यालरी त थियो, र अब बुवाको निधन पश्चात त्यस ग्यालरी  कसरी चलाउने अनि जिविकोपार्जन कसरी गर्ने भन्ने कुरा चुनौतिपूर्ण थियो ।

जेठो दिदिपछिका उनी, अब जिविकोपार्जनको लागि अनि बुबाको इज्जतको लागि पनि बुवाले शुरु गर्नु भएको ग्यालरीलाई अगाडि बढाउन घरमा सल्लाह हुन थाल्यो । बुबाले दिदिहरुलाई ग्यालरीमा बस्दा बस्दै नै चित्रकला र चित्रहरुलाई फ्रेम गर्ने शीपको हस्तान्तरण गरी नै सकेका थिए । त्यही कारणले गर्दा बुबालाई चिन्ने कलाकारहरु पनि बुवाको मायाले गर्दा पनि त्यहाँ क्यानभासमा फ्रेम हाल्न आउँथे ।

पिताजीसँग लामो समय संगत अनि सहकार्य गर्ने चाँजो नमिलेता पनि एकदिन उनले बुबाको कामहरुलाई नियाल्ने क्रममा बुबाको पूरानो डायरी तथा कागजातहरु फेला पारे । त्यहाँ ग्यालरी कसरी संचालन गर्ने र जीविकोपार्जन ग्यालरीबाट नै कसरी गर्दै आत्मनिर्भर हुने भन्ने विषयमा केही कुराहरु लेखिएका थिए । यहि कुराहरु नै उनलाई आत्मनिर्भर बनाउने शुत्रको रुपमा विकसित भए । त्यही डायरीमा लेखिएका कुुराहरुलाई आत्मसाथ गर्दै ग्यालरीलाई नव कलाकारलाई टेवा एवं आय आर्जन गर्ने ठाउँको रुपमा विकसित बनाउँदै लगे ।

बुवाको निधन पछि छात्रवृत्तिका लागि निवेदन दिएका थिए । त्यही निवेदनका आधारमा उनले छात्रवृत्ति पनि पाए र भारतमा केही समय आफ्नो अध्ययन पूरा गरी केही समय कामको अनुभव समेत बटुले । ग्राफिक डिजाइन त्यस बेलाका लागि नयाँ विषय थियो । धेरै मानिसहरुलाई यस विषयमा जानकारी थिएन । त्यसैले जब उनले आफ्नो पढाइ सक्काई नेपालमा आए, उनले पनि आफ्नो बलबुतामा आफुले भारतमा सिकेर आएको शीपलाई नेपालको कान्तिपुर दैनिकमा विभिन्न विज्ञापनहरुलाई सज्जा बनाउने कार्यमा खर्चे अनि सँगसँगै विज्ञापन सम्बन्धि काम गर्न थाले ।

समयक्रमसंगै बुवाको ग्यालरी संचालनको सपनालाई पनि अगाडि बढाउने चाँजो आफ्नै संघर्ष अनि जिविकोपार्जनका लागि दौडधुपले केही समय पछि सारेको थियो । बुवाको निधनको करिब ३४ वर्षपछि मात्र उनले आर.एन.जोशी म्युजियम तथा पार्क ग्यालरीलाई म्युजियमको मुर्त रुप दिनको लागि नै ५० वर्षको समयअवधि लाग्यो ।

बुवाले समयमा नै डायरी बनाई आधारभूत जानकारीहरु राखिदिनु भएकाले पनि ग्यालरी तथा म्युजियम संचालन गर्नका लागि धेरै सहयोग भएको नविन बताउँछन् । प्रक्रियागत रुपमा म्युजियम दर्ता तथा संचालनका लागि पनि गृहकार्यहरु भइरहेको र आगामि पुस्तालाई समेत सहयोग हुने हिसाबले तथा म्युजियम स्वतः संचालनमा ल्याउनका लागि उनले धेरै लामो सोच पनि विकसित गरिसकेका छन् । आउने पुस्ताले समेत आर.एन.जोशी को थिए तथा उनका कलाकृतिहरुलाई नियाल्दै तथा इतिहासमा समेत सहयोग पुग्ने हिसावले ग्यालरी तथा म्युजियम निर्माण गर्न लागिएको हो । म्युजियम आफैंमा स्वतःस्फुर्त रुपमा संचालन तथा पुस्ता हस्तान्तरणका लागि सचेत छन् नविन । भाविष्यमा आउने पुस्ताले समेत उनकै मार्गनिर्देशनलाई अपनाउँदा म्युजियम स्वतः स्फुर्त रुपमा संचालन हुनेमा उनी विश्वस्त छन् ।

नविन जोशी आफ्नो बुवासँगको लामो संगत नभएता पनि उनकै बुवाले सिकाएको शीप अनि आत्मनिर्भरताको पाठले गर्दा पनि सहयोग पुगेको बताउँछन् । उनका दिदी/बहिनीहरु पनि बुवाले सिकाएको त्यही शीपलाई नै कार्यन्वन गरी चित्र कला र शिल्प कलालाई नै अघि बढाइरहेको छन् ।

सन् १९६० का दशकमा विश्व कलाको क्षेत्रमा विभिन्न वादहरुको विकास भएका थिए । क्युविजम, अमूर्त चित्रकला, ल्याण्डस्केप जस्ता चित्रकलाका क्षेत्रमा विभिन्न प्रयोगहरु भइरहेका थिए । त्यही प्रयोगहरुलाई भारतमा नै पढेको र त्यसैलाई नेपलमा आई ललितकला क्याम्पसमा प्राध्यापनको समयमा सिकाएका पनि थिए । त्यही शीपलाई उनले आफ्नै ग्यालरीमा समेत कलामा चासो भएका वद्यार्थीहरु आउँदा सिकाउने गर्दथे । विभिन्न ठाउँमा गई स्थलगत भ्रमणमा आधारित भइ बनाएका ल्याण्डस्केपहरु आफ्रैंमा वेजोड रहेको कुरा आफ्ना बुवाको विषयमा कुराकानी गर्दा बताउँछन् । उनका बुवाले बनाएका चित्रहरुमा मानिसहरुको चित्रण गर्दा नाइफको प्रयोगले बनाएका मानिसहरुको चित्र आफैंमा वेजोड र त्यस्तो किसिमको चित्र अरु कसैले नबनाएको सिग्नेचर स्टाइलको रुपमा रहेको कुरा बताउँछन् नविन । जीवनको उत्तरार्धको समयमा भने उनलाई तन्त्रका विभिन्न कुराहरुले छोएको थियो र त्यही कुराहरुलाई आफ्ना हजुरवुवा ज्योतिषको समेत ज्ञाता रहेको हजुरबुवाले बनाउने गरेको तन्त्रका कुराहरुलाई चित्रमा उतारेको बताउँछन् ।

समग्रमा म्युजियम संचालन गर्दै आउने पुस्तालाई आर.एन जोशीको बारेमा अध्ययन गर्ने थलो तथा ग्यालरी संचालन गर्दै आत्मनिर्भरताको पाठ सिकाउने कुरामा नविन जोशीको सोचले मुर्तरुप लिने कुरामा दुइमत छैन ।

प्रतिक्रिया दिनुहोस्

Array