जुद्धकला, हुलाक, अरनिको र ‘नाफा’

सुनिल राज ढकाल
सुनिल राज ढकाल २७ असार २०७९, सोमबार ०६:००
7 Min Read
Aa

कान्छा कुमार कर्माचार्य नेपाली कला जगतमा एक छुट्टै पहिचान बनाउन सफल भएका कलाकार हुन् । पछिल्लो समयमा अमूर्त चित्रकलामा काम गरिरहेका उनी ग्राफिक डिनाइनर पनि हुन् भएको बताउँछन् भने उनी मुहार चित्र, मूर्तिकला सबै विधामा सिद्धहस्त छन् ।

आफ्ना बुबाहरु पनौतीबाट रोजगारीको सिलसिलामा काठमाडौं आएका र काठमाडौंको डल्लूमा बसोबास गरेका थिए । उनीभन्दा अगाडि सात जना सन्तानहरु थिए । आफु आठौं सन्तान भएका बताउने उनी उनका अगाडिका धेरै दाजु तथा दिदीहरु वितिसकेका थिए । सानोमा वित्ने भएकाले सन्तानहरु नबाँच्ने भएको हुनाले उनको नाम राखिएको थिएन । वि.सं. २००४ सालमा जन्मेका उनले डल्लूका चौताराहरु, पाटी पौवाहरुमा आफ्नै किसिमले चक–चक गर्दै हुर्किरहेका थिए। कहिले चौतारामा बसी चित्र बनाउने त कहिले खोलामा गइ पौडी खेल्ने । उनलाई एक दिन टोलकै हितैसी रामकृष्ण श्रेष्ठ नामका व्यक्तिले देखि उनमा भएको प्रतिभा पहिचान गर्न घरमा आइ उनका आमा बुबा सँग यो केटालाई कलामा अभिरुचि रहेछ । यसलाई कला सिकाउन जुद्धोकला पाठशालमा भर्ना गर्नुपर्दछ भनी सुझ्याए । बुबा आमा पढे लेखेको नभएको कारण, हामीलाई थाहा छैन, तपाइले लगेर भर्ना गरिदिनुहुन्छ भने गरिदिनुहोस् भने । त्यसपछि ती व्यक्तिले कर्माचार्यलाई जुद्धोदय पाठशालामा लिएर गए र त्यहाँ कला अध्ययनकालागि सिफारिस गरे ।

के के कर्माचार्यका चित्रहरु

तर त्यस बेलाको नियम भने १२ वर्ष मुनिका बालबालिकालाई भर्ना लिने चलन थिएन । त्यस ताकाका प्रधानाध्यापकले उनको काम गर्ने शैली देखि ठिक छ भर्ना गर्नुपर्दैन भेलीदेखि यहाँ आएर पढ्दा हुन्छ भनेपछि उनी करिब एक वर्षको समय त्यहाँ गई पढ्न थाले । एक वर्ष समय व्यतित गरिसकेपछि प्रधानाध्यापकले त्यही व्यक्तिलाई बोलाई पुनः भन्न लाग्नु भयो कि उसको उमेर बढाएर १२ वर्ष बनाएर एक वर्ष पढाउने र त्यसपछि उमेर सच्याइ जतिको तति नै बनाउन सकिने छ । त्यसपछि भने उनी विधिवत रुपमा जुद्धकला पाठशालमा पढ्न थाले ।

त्यहाँ पढ्दै गर्दा उनले कलात्मक वातावरणलाई नजिकबाट नियाल्न पाए । जब उनी ३ वर्ष जति त्यहाँ पढिसकेका थिए । अर्का एक व्यक्तिले उनको घरमा आइ आफ्नो बच्चालाई कला सिकाएर हुँदैन उसलाई विद्यालयको शिक्षा पनि दिनुपर्छ भनीसकेपछि फेरी बुबाआमाले जुद्धोदय पाठशालामा एक वर्षका लागि भर्ना गरिदिए । तर कला सिर्जनामा नै रमाउन थालिसकेका उनलाई त्यस पढाइले तान्न सकेन ।

पुनः उनी जुद्धकला पाठशालामा नै गई अध्ययन गर्न थाले । जब त्यहाँको पढाइ सकियो, उनको जागिर नेपाल हुलाक सेवामा लागिहाल्यो । डल्लुमै निवास गर्दा उनलाई कान्छा भएकोले सबैले कान्छा भनि चिन्दथे । त्यहाँ एक जना बृद्ध महिलाले उनलाई खुब मायाँ गर्ने गर्दथिन् । परिवारका कसैले नाम नराखिदिएपछि, ती महिलाले उनलाई ऊ कान्छा त छँदै छ त्यसमा कुमार थपेर कान्छा कुमार बनाइदिइन् । उनको एक दाजु अझै पनि जीवित नै छन् र उनको नाम भने गणेश रहेको छ । हुलाक सेवामा जागिर खान थालिसकेपछि उनले कैयौं हुलाक टिकटहरुको डिजाइन गर्ने अवसर पाए । करिब ३८ वर्षको उनको सेवा अवधिमा २५ वर्ष भने एउटै पदमा रही काम गरे । जब उनलाई कामबाट दिक्क लाग्न थालेपछि जागिर छोड्छु भनि भन्न पनि गएका थिए तर उनको सिद्धहस्ततालाई बुझेर उनका हाकिमले उनको लागि नयाँ पद सिर्जना गरी बढोत्तरी गरी त्यही थमौती गरिदिए । रुचिले कलाकार भएका उनी हुलाक टिकटहरुमा आफ्ना रचनाहरु गर्न पाउँदा खुसी नै हुन्थे ।

के के कर्माचार्यका चित्र

त्यही क्रममा उनले कति मानिसहरुको मुहार चित्र बनाए त्यो उनलाई नै थाहा छैन । कतिपय मुहार चित्रहरुमा त उनले सहि समेत गरेका छैनन् । किनकी जब ती मुहार चित्रहरु सकिन्थे, ती उनीसँग रहँदैन थिए । उनलाई मनपर्ने अर्को विधा भने बालबालिकाहरुका लागि चित्र कोर्नु पनि रहेको कलाकार बताउँछन् । कथाका कितावहरुमा चित्रकला बनाउँदा उनी के के कर्माचार्यको नामले लेख्ने गर्दछन् । अहिले सम्म कतिवटा कितावमा चित्र बनाउनु भयो भन्ने प्रश्न गर्दा उनीसँग त्यसको हिसाव किताव छैन । गाइजात्रा, मछिन्द्रनाथ जस्ता सांस्कृतिक महत्व भएका विषयमा बालबालिकाहरुको लागि चित्र कोरेका उनी त्यस्ता चित्र बनाउँदा आफुलाई बढो आनन्द लागेको बताउँछन् ।

हुलाक सेवाबाट अवकास प्राप्त भइसकेपछि ललितकला संस्थाको रुपमा राजा वीरेन्द्रको बाहुलीबाट प्राप्त भइसकेको थियो । त्यसका लागि कलाकारहरुलाई ललितकलामा सदस्यहरु बनाउनका लागि पहल गरेको उनी बताउँछन् । राजा वीरेन्द्रसँगले समयसमयमा कलाको उत्थानको लागि कलाकारहरुसँग वार्तालाप गर्ने गरेको उनि बताउँछन् । ललितकला संस्थाबाट ललितकला प्रज्ञा प्रतिष्ठान बनाउन उनको पनि भूमिका रहेको उनी बताउँछन् । समय क्रमसँगै दुई जना कुलपतिपछि उनी नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपतिको रुपमा काम गर्ने अवसर प्राप्त गरे । यही क्रममा उनले नेपालका राष्ट्रिय विभूति अरनिको, कलाकार रहेको र विदेशी भूमि तीब्बतमा गई नेपाली कला, संस्कृतिलाई चिनाउनमा मदत गरेको कारण अरनिको कला पुरस्कार समेत नाफाले स्थापना गरि पुरस्कारहरु विगतमा पनि वितरण गर्दै आइरहेको सन्दर्भमा अहिले  आफ्नो कार्यकालमा करिब १७ फिट अग्लो अरनिकोको मूर्ति बनाउनका लागि कलाकारहरुलाई तालिम सँगसँगै मूर्ति पनि पूर्ण हुने बुझेर उनले कलाकारहरुलाई आवेदन दिने माहौल बनाए । कोरोनाले गर्दा त्यो तालिम केही समय रोकियो पनि तर मूर्ति बनाउने काम भने रोकिएन । जब मूर्तिको ढाँचा तयार भइसकेको थियो । त्यस मूर्तिलाई माइतीघर मण्डलामा राख्ने प्रस्ताव लगे तर त्यो सफल भएन त्यसपछि तीनकुनेको खाली चौरमा राख्ने कुरा गरे तर त्यो पनि एयरपोर्टको नजिक भएको कारण सफल हुन सकेन । हाल उक्त मूर्ति ललितकला प्रज्ञा प्रतिष्ठानको प्राङ्गणमै राख्नुपर्ने विकल्प समेत उनले सोचिरहेको बताउँछन् ।

के के कर्माचार्यका चित्रहरु

आफ्नो कार्यकालमा राष्ट्रिय कला प्रदर्शनीहुँदा विभिन्न विवादहरु आइरहनुको कारण के होला भन्ने प्रश्नमा उनको जवाफ थियो– यस्ता प्रदर्शनीमा विवादहरु पहिले देखिनै आइरहेका छन् । हामीले जति प्रयास गर्दा पनि विवाद आइनै रहेको छ । त्यसमा कलाकाहरु स्वयम् पनि जिम्मेवार हुनुपर्छ भन्ने तर्क राख्दछन् कर्माचार्य ।

नेपाल सरकारसँग प्रत्येक वर्ष उनि बजेटका लागि प्रस्ताव लिएर जान्छन् । तर आफुले मागेको बजेट भन्दा एक तिहाइ पनि बजेट विनियोजन नहुनुले कला क्षेत्रको विकासमा असर पारिरहेको उनी बताउँछन् । बजेट आएको खण्डमा भने नेपाली कलाको विकासमा अझै टेवा पुग्ने उनि बताउँछन् ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको प्राङ्गणमा एक अत्याधुनिक ग्यालरी सहितको भवन निर्माणका लागि समेत उनले पहल गरिरहेका छन् । विदेशमा देखिएका अत्याधुनिक शैलीका ग्यालरीहरु अवलोकन गर्ने मौका पाएका उनले विदेशीहरु नेपालमा आउँदा –‘तिम्रो देशमा ग्यालरी खोई ? भनेर सोध्दा सँधै उनि नाजवाफ हुन्छन् । त्यही समस्यालाई परिपूर्ति गर्न उक्त ग्यालरी बनाउन सरकारलाई प्रस्ताव पेश गरेका छन् । उनका अनुसार उक्त प्रस्ताव बजेटका कारण पारित हुन नसकेता पनि यदि नेपाल सरकारले दाता खोजेर बनाउने बाटो प्रसस्त गरिदिएमा संस्थाले दाता खोजि उक्त बनाउन पहल गर्ने उनको विचार रहेको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

Array