कला श्रृजनाको २८ वर्ष

सुनिल राज ढकाल
सुनिल राज ढकाल ७ श्रावण २०७९, शनिबार ०६:००
7 Min Read
Aa

कला श्रृजना आफैंमा साधना हो । यो साधनामा कुनै ध्यान वा व्यायाम भन्दा पनि छुट्टै रस भएको यसका साधकहरु बताउँछन् । कसैका लागि यो नशा जस्तै बनेको हुन्छ । किनकी प्रत्येक दिन कुनै न कुनै नयाँ श्रृजना वा भनौँ नयाँ नयाँ सोच अनि भावहरुमा कलाकारहरु घोत्लि नै रहेका हुन्छन् । यहि घोत्लाई अनि एक कलाकारको जीवनको आरोह अनि अवरोहको विषयमा कलाकार संगी श्रेष्ठसँग खोजपत्र परिवारको कुराकानीको आधारमा यो आलेख तयार पारिएको छ ।

विक्रम संवत् २०३४ सालमा पाटनमा जन्मिएकी संगी सानै उमेरदेखि चित्रकला कोरि नै रहन्थिन् । त्यसो त उनको परिवारमा अरु कोही पनि कलाकार नभएको बताउने उनी, अहिलेको समयमा भने उनका परिवारका केही सदस्यहरुले आफुलाई पनि चित्रकला सिकाइदिनुुु प-यो भनी भन्न आउँदा खुशी हुने गरेको कुरा बताउँछिन् । तर यहि क्षेत्रमा संघर्षका शुरुआती दिनहरु भने उनका लागि त्यति सजिलो थिएन । विद्यालय जीवनमा उनको चित्रकलामा रुचि भएका कारण कति पय शिक्षकहरुले उनलाई गाली गर्ने गरेको अनुभव पनि सुनाउँछिन् । तर कक्षा ६ र ७ मा पढ्दा देखि भने विद्यालयका अरु साथीहरुले पनि आफ्नो विद्यालयको गृहकार्यहरुमा चित्र बनाउन लगाउने गरेको अनुभव छ उनलाई । आफु त्यति धार्मिक प्रवृत्तिको व्यक्ति नभएको मान्ने संगीलाई त्यस बेलामा भने गणेशका चित्रहरु कोर्न मन पर्ने गरेको अनुभव सुनाउँछिन् ।

विस्तारै जव उनको विद्यालयको प्रवेशिका परिक्षा सकियो, घरमा अब छोरीलाई के पढाउने भन्ने विषयमा वादविवाद हुन थाल्यो । त्यस बेलामा चलेको विषय नर्स बन्ने वा कमर्श पढ्ने थियो । तर कलाकारिताको सोच भएको संगीलाई भने ती विषयहरुले आकर्षित गरिरहेको थिएन । उनले त्यही नै बेलामा घरका अरु सदस्यहरुसंग पनि कुराकानी गर्न थालिन् कि उनलाई कलाकारिता सम्बन्धि पढाई गर्ने मन छ । उनका काका अनि दाइहरुले काठमाडौँतिर घुम्न जाने क्रममा ललितकला क्याम्पस देखेको र संङ्गिको चित्रकारितामा रुचि भएकाले त्यहाँ नै पढ्ने बारेमा सुझ्याउन  थाले । कारणः उनले घरमा स्पष्टसंग भनिसकेकी थिइन् कि उनी त्यो विषय बाहेक अरु कुनै पनि विषय पढ्ने छैनन् । यसरी २०५० सालतिर उनी ललितकला क्याम्पसमा पढ्न शुरु गरिन् । घरमा छोरी विग्रिने भइन् । यसले पढिसकेपछि के गर्लिन् भन्नेमा उनका बुबाआमालाई चिन्ताले सताइरहेको थियो किनकी कलाकारहरु त्यस बेलामा सिमित हुने र कलाको त्यस्तो विकास भइसकेको समय भइसकेको थिएन ।

काम गर्ने क्रममा अनि कलेजमा पढ्दा उनी कयौँ दिनसम्म भोकै बसेर पनि काम गरेको बताउँछिन् । यस्तो लगनका साथ काम गरेकी उनी यो विषय पढिसकेपछि के बन्ने वा जीवनयापन कसरी गर्ने भन्ने विषयमा कुनै निश्चित गन्तव्य या भनुँ यात्रा तय नभइसकेको अवस्था रहेको बताउँछिन् । समयक्रमसंगै उनले चित्रकलाको विविध विधा जस्तै ल्याण्डस्केप, इचिङ्ग, मूर्तिकला जस्ता क्याम्पसमा पढाइ हुुने सबै विषयलाई रुचिका साथ पढ्दै गइन् अनि जब उनको पढाई सकियो, उनले विभिन्न प्रदर्शनीहरुमा समेत भाग लिन थालिन् । त्यसबेलाका उनका शिक्षकहरुले पनि उनको मार्गनिर्देशनमा टेवा पुु-याएको कुरा सम्झिन्छिन् संगी । समयक्रमसंगै आफ्नो कलेज जीवनको समापन संगै उनले जीविकोपार्जनका लागि प्रस्फुटन नामक एक दैनिकमा कार्टुन बनाएको अनि ग्राफिक डिजाइनमा समेत काम गरेको अनुभव रहेको बताउँछिन् ।

विस्तारै कलाको विषयमा उमेरसँगै परिपक्वता समेत आउँदै गर्दा महिलाहरुको विषयलाई लिएर पनि किन काम नगर्ने भन्ने सोच उनको चित्रकारितामा विकसित हुन थाल्यो । मूलतः लैङ्गिक हिंसा अनि समाचारहरुमा आउने महिला संबन्धि विभेदहरुले उनका चित्रहरुमा स्थान पाउन थाले । त्यही क्रममा पश्चिमा दार्शनिक भर्जिनिया वुल्फ जसले महिला सशक्तिकरणमा महिलाहरुलाई आफ्नो छुट्ट्रै कोठा या भनौँ रुम अफ वन्स वन भन्ने कन्सेप्टमा आधारित रहि काम गर्न उनलाई रुचि पलाउँदै गयो । यहाँ रुम भन्नाले एउटा कोठा मात्रै नभइ सबै अर्थिक पक्ष, भावनात्मक पक्षले पनि महिला स्वतन्त्र हुनुपर्छ भन्ने मान्यता उनको कलामा आउन थालेको बताउँछिन् ।

पछिल्लो समयमा उनका चित्रकलामा साना साना बाकसहरु देख्न सकिन्छ जसलाई उनी मानिसहरुको संज्ञा दिन्छिन् । त्यसै गरी उनको चित्रकलाको विशेषता भनेको एउटा लामो बाकस जसबाट दुइवटा धर्का बाहिरतिर निस्किरहेका हुन्छन्, त्यसलाई उनी दुई नयनको रुपमा चित्रित गर्दछिन् । भने बाकसभित्रबाट आइरहेको एक लामो धर्कालाई नाकको रुपमा लिन्छिन् भने त्यस भन्दा मुनि दुइवटा स सानो बाकसलाई भने उनी ओठको रुपमा चित्रण गर्न रुचाउँछिन् । समयक्रमसंगै मानिसमा हुने संवेदना अनि भावनाहरुलाई उनको चित्रकलाले देखाउने गरेको बताउने संगी आफ्नो काममा कल्पनाशिलताले भने त्यति स्थान नपाउने कुरा बताउँछिन् । लामो समयसम्म क्यानभासको अगाडि घोत्लिरहेने उनी उनका कयौँ चित्रहरु आफुलाई पूर्ण रुपमा ठीक तरिकाले प्रस्फुटन नभएसम्म सोचाइमा नै डुबिरहने बताउँछिन् । उनको चित्रकलाको अर्काे राम्रो पक्ष भने उनले प्रयोग गर्ने रङ्गहरु पनि रहेको कुरा बताउँछिन् ।

यसरी शुरु भएको कला यात्राले झण्डै ३ दशक टेक्न लाग्दा अहिले भने उनको चित्रकलालाई बुझ्नेअनि मन पराउने जमात बढ्दै गएको सन्तुष्ट भएको पनि बताउँछिन् । के चित्रकलाबाट जीवनयापन सम्भव छ भन्ने प्रश्नमा भने संगी बताउँछिन् कि लामो समयसम्म यहि क्षेत्रमा कार्यरत रहँदा उनले धुम्बाराहिमा रहेको आफ्नो निवास बनाउनका लागि चाहिने पैसाको जोहो गर्न पनि कलाकारीताले मदत गरेको संगी बताउँछिन् । त्यसो त उनका श्रीमान् पनि कलाकारितामा विशेषतः कार्टुन जगतमा चर्चित नाम हो । उनीहरुको संघर्ष र कलाकारितामा एक अर्का प्रतिको सहयोगले गर्दा सफलताको सिँढी चढ्न सकेको उनि बताँउँछिन् ।

अहिलेको नयाँ पुस्ताले पहिलेका कलाकारले जस्तो संघर्ष गर्नुपर्ने देखिदैन । कारण विभिन्न प्रख्यात कलकारहरुको कलाकृतिहरुलाई इन्टरनेटको माध्यमबाट हेर्न पाउने भाग्यमानी पुस्ता हुन् यिनीहरु । तर त्यति नै मात्रामा लगनशिलता अनि धैर्यताले गर्दा मात्र कालान्तरमा उनीहरु सफल हुने कुरामा उनी विश्वास राख्दछिन् । एक कलाकारको रुपमा उनको जीवनमा जतै नै उतारचढाव भएता पनि उनी विगतलाई कोट्याएर हेर्दा भने आफुले खर्चेको यो २८ वर्षको मेहेनतको फल भने मिठो नै पाइरहेको बताउँछिन् ।

एक फरक प्रसंगमा कलाकारहरुका कलाकृतिहरु चोरी वा भनौँ बौद्धिक चोरीको प्रश्नमा भने संगी बताउँछिन् कि यो हुनै नहुने कुरा हो । कलाकारहरुले लामो समयसम्म क्यानभासमा पैँठेजोरी खेल्दै बनाएको श्रृजना कसैले त्यसरी चोरेर आप्mनो नाम वा त्यही कलाकारको नाम राखि विक्रि गर्नु कलाकारहरुका लागि सरासर ना इन्साफि हो । यसमा कलाकारहरु स्वयं जिम्मेवार भइ यसको विरुद्धमा खरो रुपमा उत्रनुपर्ने उनको बुझाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array