नदेखिएको कलाकारका कलाहरु भनिमण्डलमा

सुनिल राज ढकाल
सुनिल राज ढकाल २७ मंसिर २०७९, मंगलवार ०६:००
6 Min Read
Aa

खुला आकासमुनि अवस्थित एउटा सानो भवनमा करिब ३० जनाभन्दा बढी कलाकारहरुको कलाकृति प्रस्तुती भइरहेको छ । जहाँ कलाकारहरुका विभिन्न कलाकृतिको रस्वास्वादन गर्न सकिन्छ । समसामयिक कलाहरुलाई प्रस्तुत गरिएको यस कलाप्रर्दशनी भनिमण्डल स्थित आर्ट वेयर हाउसमा यहि मंसीर २३ गते देखि पौष ३ गतेसम्म चल्नेछ ।

यस प्रदर्शनीको उदेश्य विभिन्न नयाँ कलाकारहरुलाई समेत स्थान दिनु हो । कलाप्रति हौसला बढाउनु र उनिहरुको कलालाई प्रदर्शनीमा राख्नु हो । जसले गर्दा नयाँ कलाकारहरुको काम पनि दर्शकहरुले हेर्न सकुन् भन्छन् आयोजकका तर्फबाट कलाकार कपिलमणि दीक्षित ।

यस प्रदर्शनीमा विक्रि भएको पेन्टिङको रकम मध्ये १० प्रतिशत रकम भने ‘एक पाइला’लाई जाने छ । पहिलो वर्षको प्रदर्शनीमा आएको रकम ‘होस्टेहैंसे’ नामक संस्थालाई गएको थियो भने दोस्रो पटक बालबालिकाको लागि अन्तर्राष्ट्रि स्तरको अस्पताल खोल्न लाग्नुभएको डा. भगवान कोइराला आबद्ध संस्थालाई गएको थियो । सामाजिक सेवामा लागिरहेका विभिन्न संस्थाका मानिसहरुले यस्तो खालको च्यारिटिमा हामीलाई पनि समावेश गर्नुस् न भन्दै आइरहको र यस्ता कार्यक्रमहरु गर्न हौसला पनि बढाइरहेको आयोजकका तर्फबाट एरिना ताम्राकार बताउँछिन् ।

मंसीर २४ गते शनिबारको दिन बालालिकाहरुको लागि विभिन्न कला सम्बन्धी कार्यक्रम समेत भएको थियो । जहाँ साना साना बालबालिकाहरुलाई माटोको भाँडा बनाउन सिकाउने, चित्र बनाउन सिकाउने लगायतका कार्यक्रमहरु आयोजकका तर्फबाट गरिएको थियो । जुन कार्यक्रममा अग्रज कलाकारहरुले साना साना बालबालिकाहरुलाई चित्रकला तथा माटोको भाँडा बनाउने कला सिकाएका थिए । त्यसमा सहभागिता जनाउने बालबालिकाहरुको केही पैसा तिर्नुपर्ने थियो, उठेको सबै रकम एक पाइलालाई जाने छ ।

आउने शनिबार पौष २ गते भने कला पारखीहरुको लागि चित्रकला तथा माटोको भाँडा बनाउने कलाको विषयमा कार्यशाला हुँदैछ । जसमा जो कोहीले पनि सहभागिता जनाउन पाउनेछन् । सहभागिता जनाउनको लागि केही दस्तुर तिर्नुपर्ने र त्यो तिरेको दस्तुर राम्रो काममा एक पाइललाले खर्च गर्नेछ ।

समसायिक कला, नयाँ ठाउँमा, नयाँ तरिकाले, कला प्रदर्शनी गर्दाको आनन्द छुट्टै हुने कलाकारहरु बताउँछन् । यस्ता कार्यक्रमहरुमा हुने मानिसहरुको सहभागिताले फन्ड रेजिङमा मदत पुग्ने र कार्यशालाहरु आयोजना गर्दा शिक्षकहरुले समेत कुनै पैसा नलिनु यसको अर्को विशेषता हो भन्छन् कलाका आशा डंगोल ।

पहिलो वर्षमा धेरै कार्यक्रम राखिएको थियो, नयाँ स्पेस सबैको लागि नयाँ नै थियो । विक्रिका हिसावले पनि धेरै विक्रि भएको थियो । त्यसपछि यसले निरन्तरता पाउँदै आएको हो । यस्ता कार्यक्रमले नयाँ कलाकारहरु शैली विष्ट, एकता बुधिया, कृपा थापा, प्रशान्त दाहाल, मिना नेवा, प्रविन मानन्धर, उर्भी सिंह, अन्जु श्रेष्ठ, ल्हाकी मुतुत्साङ खम्पा राई, यशोधा श्रेष्ठ का कामहरु मानिसहरुले देखेका थिएनन् । उनिहरु नयाँ भइकन उनिहरुको काममा देखिने निखारता हेर्न दर्शकहरुले प्रदर्शनी अवलोकन गर्नसक्नेछन् ।

सँधै एउटा समूहले एउटै खाले काम मात्र प्रदर्शनीमा राख्नु दर्शकहरुका लागि पनि त्यति न्याय गरेको जस्तो ठहरिँदैन त्यसैले हामीले यस पटक कलाकारहरुको अनुमान गर्न नसकिने खालका कामहरुलाई समावेश गर्यौं । त्यसको लागि नयाँ कलाकारहरुलाई डेब्यु गरायौं भन्छन् कलाकार कपिमणि दीक्षित ।

प्रदर्शनीको भुइँ तलामा नयाँ कलाकारहरुको कामलाई स्थान दिइएको छ भने दोस्रो तलामा नाम चलेका कलाकारहरुको कामलाई देखाइएको छ । नयाँ कलाकारहरुलाई भुइँ तलामा स्थान दिनुको कारण के हो नि भन्ने खोजपत्रको प्रश्नमा आयोजकका तर्फबाट कलाकार कपिलमणि दीक्षित भन्छन् नयाँ कलाकारहरुलाई हौसला तथा प्रोत्साहन गर्न यसो गरिएको हो । दर्शकहरु सुरुमा भुइँतलाको प्रदर्शनी हेरेरमात्र दोस्रो तलामा जान्छन् । उनिहरुले सुरुमा नयाँ टेस्ट पाउँछन् । आजसम्म नदेखेको काम हेर्न पाउँछन् ।

एउटा नव कलाकारको पेन्टिङ यहाँ प्रदर्शनी गर्दा त्यो कलाकार अब एकल प्रदर्शनी गर्ने सोचमा काम गर्न उत्साहित भएर गएको छ । र, सुन्नमा आए अनुसार उसले काम गर्न थालिसकेको छ । यस प्रदर्शनीले त्यति मोटिभेसन त गर्यो नि भन्नुहुन्छ कलाकार एरिना ताम्राकार ।

विदेशमा पपअप ग्यालरी हुन्छ, एउटा खाली ठाउँमा काम गरेर प्रदर्शनी गर्छन् र त्यो सँधै ग्यालरी जस्तो भएर बस्दैन । यहाँ पनि त्यस्तै खाले प्रदर्शनीको आयोजना गर्नुपर्छ दर्शकहरु निरन्तर गइरहने ग्यालरीमा देखिने कलाभन्दा भिन्दै कला देखिनुपर्छ भनेर नयाँ खाले आइडियामा प्रदर्शनी गरिएको आयोजकले बताए ।

ग्यालरीलाई भाडा तिरेर च्यारिटि इभेन्ट गर्न नसकिने तथा कोही कसैले कुनै ठाउँ जुन खाल छ त्यस्तो स्थानमा कला प्रदर्शनीको लागि अफर गरेको खण्डमा कुराकानी गरेर त्यस्तो ठाउँमा कला प्रदर्शनी पनि गर्न सकिने दीक्षितले बताए ।

यस प्रदर्शनीमा राखिएको कलाकारहरुलाई कसरी छनौट गर्नुभयो त भन्ने प्रश्नमा उहाँहरुको जवाफ भने यस्तो थियो –‘छोटो समय थियो, छोटो समयमा जसजसलाई फोन गर्यौं र जस जसले भन्ने वित्तिकै काम ल्याइदिनुभयो उहाँहरुको कामलाई राखिएको हो । विशेषतः प्राथमिकता भने नयाँ कलाकारहरुलाई दिइएको थियो । उहाँहरुलाई अवसर पनि थियो, त्यसैले उहाँहरुले छिटो काम पनि ल्याउनु भयो । अरु कुनै छनौट प्रक्रिया भने थिएन ।’

यस प्रदर्शनीमा कलाकार रोशन मिश्रको जहिले प्रतिस्थापन कला देखिरहेका दर्शकहरुले नयाँ काम देख्नु सक्नुहुन्छ । त्यस्तै कलाकार जुपिटर प्रधानका कामहरु विशेष लाग्नसक्छन् दर्शकहरुलाई । दर्शकहरुले चिनिरहेको देखिरहेको कामभन्दा केही फरक काम समेत यस प्रर्दशनीमा समावेश गरिएको छ ।

रोशन प्रधानका कामहरुले दर्शकको आँखालाई तान्न सक्छ भने विजय महर्जनले प्रदर्शनीमा राखेको काममा मानिसहरु आनन्द लिन सक्छन । मनिस लाल श्रेष्ठले बनाएको चित्रकला, आशा डंगोलको सिर्जना राजन पन्तको कलाकारिता हितेश वैद्यको काम तथा पुजा दुवालका सिर्जनाले स्वदेशी तथा विदेशी दर्शकहरुको मन तानिरहेको देख्न सकिन्छ ।

भाइजराजा महर्जन, विनोद प्रधान, एरिना ताम्राका, कुन्तिश्री थापामगर, प्रतिप बज्राचार्य, प्रमिला बज्राचार्य, सौरगंगा दर्शनधारी, विधाता केशी, सागर मानन्धर, सुस्मा शाक्य, सम्झना राजभण्डारी, कपिलमणि दीक्षित, रिता मानन्धर, नविना सुनुवार, गोपाल कलाप्रेमी श्रेष्ठ, पृथ्वी श्रेष्ठ लगायतका कलाकाहरुको सिर्जनालाई यस प्रदर्शनीमा समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array