काेराेना लभ

खोज पत्र
खोज पत्र June 15, 2020
2 Min Read
Aa

रोगलाई घृणा  हैन माया गर्नु पर्छ
दुई आात्माकाे प्रेम हाे माया
मन तिमी बिना बेचेन छ यहाँ
बिश्व मै फैलिएको छ काेराेनाकाे त्रास
तर मनमा छ तिमी प्रतिकाे माया
म जित्न चाहान्छु, यस  युद्धमा लडन चाहन्छु।
देशका महासागरलाई लडदै म हिमाल झै उच्च हुन चाहन्छु।
अनगिन्ती माया तिमीमा भर्न चाहन्छु
तिम्रो रूपलाई सुन्दरता दिन चाहन्छु।
शरीरमा तिमीले दिएकाे कष्ट भएर के भयोर
म यात्री तिम्रो साथकाे, मनाेवल उच्च बनाउछु ।
नियमित झै तारन्तारकाे सरसफाइमा विशेष ध्यान दिई,
पाेषीलाे आहार मज्जाले पकाइ पकाइ झाेलीलाे खान्छु ।
म तिम्रो पिडालाई सहजै काटदैछु
कसाे तिम्रो मन नपग्लिएला मेरी माया काेराेना।
साथ दिने स्वास्थ्यकर्मीकाे, पवित्र सेवा देखि म दंग पर्छु माया
सेना प्रहरीको सुरक्षा लाेकमा पाई
तिमी
म भित्र हुदा म गर्व गर्छु माया।
प्रेमकाे मधुरतामा हास्दै रमाए माया
विश्व सारा तिम्रो चपेटामा रहेमाे बेला
तिमी संगै आए प्राणीहरूमा
भिन्न भिन्न दिर्घकालीन
असर
तर नि तिमी मेरी माया मैले तिमीलाई
स्वीकार गरे।
तिमी बाट म पहिला पर हुन,घरमै बस्थे सुरक्षित हुन चाहन्थे
जिन्दगी जिउन व्यवहारीक लापरवाही अन्जानमा गरे
त्यहि बेला काेराेना तिमीलाई भेटन पुगे।
जात धर्म नगर्ने तिम्रो वाणीले म तिमी तिर आकर्षित भए।
बिस्तारै मैले तिमीलाई स्वीकार गर्दै मन पराउन थाले।
मस्तिष्कको गहन साेच नै मन हाे,
यसमा मैले माया तिमीलाई सजाउन थाले ।
म तिमी संगै जिउन चाहन्छु,
बस तिमी मेराे प्राण नहरी देउ काेराेना
I love you corona
मेरी माया Covid 19

उज्वल निराैला
बिराटनगर
स्वास्थ्यकर्मी

प्रतिक्रिया दिनुहोस्