सदा उपेक्षित  एउटा वर्ग

खोज पत्र
खोज पत्र July 27, 2020
10 Min Read
Aa

केही समय अगाडि  सेतोपाटी अनलाइन पत्रिकामा राजिन पनेरुको  “जग्गा किनिस् ? घर छ ? ”  शीर्षकको मर्मस्पर्शी लेख प्रकाशित भएको थियो ।  हाम्रो सामाजिक चरित्र र मनोविज्ञानका कतिपय  तीता यथार्थलाई आत्मपरक शैलीमा प्रस्तुत  गरेका लेखकले सर्कारी कर्मचारीको आम्दानी र अहिलेको चर्को महङ्गीका बीच  जिन्दगीको गाडी गुडाउनै  मुस्किल  परेको नाजुक अवस्था मन छुने गरी  देखाएका छन् ।  यो अवस्था  हामी सबैको मन पोल्ने खालको छ र यसबाट  हाम्रो मानसिक स्वास्थ्यको क्रमिक क्षयीकरण  मात्र भएको छैन  पढेलेखेकाहरूको निराशा  निरन्तर  बढ्न गई समाज  निराशहरूको  भीड  बन्दै गएको छ।  सेतोपाटीको लेखमा वर्णित पात्र  लेखक स्वयम्  हुन्  वा  उनीजस्तै कोही अरू हुन्  त्यो मलाई थाहा छैन  तर पात्र र व्यक्ति  जो भए पनि  उसले भोगिरहेको  जीवनको कठिनाइ जो छ , त्यो चाहिँ  सबैको ध्यान आकृष्ट  गर्ने खालको छ।  तर ध्यान दिनु पर्ने विधाताहरूले  ध्यान नदिएपछि  यस्तै  लेखरचनामा आफ्ना पीडा पोख्ने त होला नि । पीडा मनमा  राखिरहनु भन्दा व्यक्त गर्नु राम्रो । गनगन  गरिरहनु भन्दा निबन्ध लेख्नु राम्रो होला। निबन्ध लेख्नु भन्दा अझ गीत लेख्नु राम्रो होला। जे होस्  मर्नु भन्दा बहुलाउनु निको !

मैले यहाँ उठाउन खोजेको विषय  लेखक राजन पनेरुको जस्तै अभाव र असन्तुलनको हो । अभाव , अपुग र अपर्याप्तताको पनि एउटा तह हुँदो हो । सीमा र सतहहरू हुँदा हुन् ।  पति पत्नी नै सरकारी  जागिरे हुँदा पनि घर , खेत र सम्पत्ति  जोड्न नसकेका नेपालीहरूको सामाजिक आर्थिक हैसियत र  यसबाट  उत्पादन हुने पारिवारिक , सामाजिक र मनोवैज्ञानिक समस्याको सामना गर्ने हुति दिनप्रतिदिन कमजोर हुँदै गएको छ। र  लेखक पनेरु भन्दा पनि कमजोर हालतमा एउटा वर्ग छ , जोसँग  न  कुनै नाम छ  , न पहिचान !  न कुनै इज्जत  छ , न भरपर्दो कुनै मदत ! न जमिन छ , न  पैसा , न   घर छ  , न कतै  हिड्ने डगर ! र   यस जगतमा मौजुदा  मनुष्य मध्येका  हद अभागी मनुष्यहरू हुन् :  प्राइभेट स्कुलका टिचर।

युनिभर्सिटीको मास्टरसँग त अलिकति इज्जत , मोहब्बत , जान – पहिचान , मान- मर्यादाको सामाजिक पुँजी त हुन्छ नै । पैसो पनि अलिकती हुन्छ होला ;  खुलेर खर्च गर्न पुग्दैन  , समस्याको  यो बेग्लै पाटो हो । निजि विद्यालयका मास्टरहरूलाई त  औसतमा  हेर्ने हो भने दाल भातसमेत खान पुग्दैन । बजारमा बिक्ने विषय पढेका साथीहरूले  थोरबहुत आमदानी गरे होलान्   तर  समग्रतामा  भन्दा निजी विद्यालयका  शिक्षकहरू सबैभन्दा गएगुज्रेको हालतमा काम गर्न बाध्य छन् र अब त त्यो पनि सकिएजस्तो देखिन्छ। स्कुलका साहु , भातको भकारी सरकार र अभिभावकहरूको  लफडाको सिकार बन्न पुगेका यी मास्टरहरू  दुनियाँका ती अजीव प्राणी हुन्  ,  जसका बारे बोलिदिने  कुनै सङ्गठन छैन । बालबालिकाका अधिकार र समस्याका बारेमा बोल्ने हजार सङ्गठन छन् । मजदुरका छन् । उपप्राध्यापकहरुको पनि होला नै। अहिले त कतिसम्म भएको छ भने :  यी मास्टरहरू पनि बाँच्नलाई भात खान्छन्  भन्ने कुरा  समाज र सरकारका  मुख्य ठेकेदारहरूले बिर्सिएका छन् । कसैले यी मास्टरहरूलाई निगाह  गरिदिए  यिनले भात खान पाउँथे भन्ने मेरो आशय होइन , यिनले  आफ्नो  पवित्र पसिनाको सिधा र सामान्य प्रतिफल पाउन पनि यति प्रताडित , लान्छित र अपमनित हुनुपर्ने ? लकडाउन र कोरोनाले बितेका चार महिनामा यिनको बेपार चौपट भएछ  रे मानौं । भनेपछी दुई चार महिना समेत नधान्ने यिनको हैसियत रहेछ भन्ने बुझ्नुपर्‍यो । यी साहुहरू पनि हामी जस्तै दुई  छाक खान धौ धौ पर्ने समूहकै रहेछन् अथवा  कम्तीमा  अहिले चाहिँ उनीहरू यो हालतमा पुगेछन् । अब मास्टरहरू मिलेर हाम्रा  साहुहरूको जीवन रक्षाका निम्ति चन्दा उठाउन थाल्नुपर्ने भएछ। साहुहरू टाट पल्टिए । के यो कुरा सत्य हो ? यहाँ धेरै कुराको छानबिन र खोजबिन  आवश्यक छ।  अर्बौंको नाफाको कारोबार गर्ने र मुनाफाको दुई पैसा मास्टरहरुको भागमा नहाल्ने नाफाखोर साहुहरू आज असजिलो अवस्था आयो भन्ने  बहानामा आफ्नो अनिवार्य कर्तव्यबाट च्युत  हुन मिल्दैन। विद्यालयको मुख्य साहुको बर्थडेमा केक पाटीको रङमन्च गर्नुपर्‍यो  मास्टरकैकै खातामा बिल , कुन्नि  के को पाटी गर्नुपर्‍यो मास्टरकै दुई  पैसामा चुना , हजार मिटिङका बहाना बनायो , चिया चाउचाउ र खोस्टे बिस्किट खायो मास्टरकै दिमाग भुट्यो । अनि घर पुगेर साहु खसीको कान खान्छ। यता डेराको थोत्रो कोठामा बुढी मास्टरको कान खान्छे। मास्टरका मान्छेरुपी बाछाबाछीहरू पनि रहेछन् भने त ऊ  रातको साढे नौ बजे पछि सकिएको साहुबासँगको बैठकबाट हाँप र झाँप गर्दै (साउनको महिना पानी परेकै हुन्छ , अभागी मास्टर भिजेकै हुन्छ। छाता  त कल्ले उडायो उडायो)  डेरा फर्किन्छ र आफ्ना प्राणभन्दा प्यारा बाछाबाछीको घोडा बनिदिन्छ र कम्तीमा एकैछिन भए पनि  जगतका यी काला मनहरू र खोटी आत्माहरूलाई भुलिदिन्छ  ।  ती कलिला र निम्छरा  मुनाहरू यो अभावमा पनि मुस्काउँछन् , आफ्नो बाबालाई सताउँछन् तर माया गर्छन् । यी नानीहरू पनि सायद त्यही अभाव भोग्दा हुन् , त्यही संघर्ष गर्दा हुन् , त्यही आधुनिक दासताको दाम्लो भिर्दा हुन्  र आफ्नो एकबारको जुनी समाप्त पार्दा हुन् । यस दौरान देशमा कति कानुन बने। कति अधिकारको लडाइँ भयो , कति तन्त्रहरू आए र गए  कति मन्त्रीहरू आफ्नो खप्पर सपार्न मन्त्रालय गए , मालामाल भए , हराए । निजि विद्यालयका यी मास्टरहरूको दर्दको कहानी जस्ताको  तस्तै छ ! जहाँको त्यहीँ छ। निजि विद्यालयको मास्टर पनि गल्ती गर्छ। ऊ पनि मान्छे  हो। उसका पनि सीमा छन् । उसले पनि सानाठूला गल्ती र बदमासी समेत गरेको छ। सजाय भोग्नुपरेको ठाउँमा ऊ सधैं तयार  छ र गल्तीका निम्ति माफी माग्न कत्ती पनि हिच्किचाउँदैन । तर साहुहरूको बदमासी , गल्ती र अपराधको भारी पनि मास्टरले भोग्नुपर्ने ?  गुरु पुर्णिमाका दिन नमन र शुभकामनाका डङ्गुर भारी बोक्ने सरकारी स्कुलका भाग्यमानी शिक्षकहरू मखलेल थिए । हुनु पनि पर्‍यो। गुरु पुर्णिमा  जस्तो सार्वजनिक र पवित्र दिनमा पनि निजी विद्यालयका हद अभागी मास्टरहरू उनीहरूका पाएको शुभकामना र विष कुन चाहिँ मेरो भागमा परेको हो भनेर छानी छानी हेर्नुपरेको थियो। र  यसै क्रममा तलब नपाएर सडकमा निस्किएका मास्टरहरूमाथी  समाजका सबै तह र तप्काका मान्छेहरू  नफरत र उपेक्षाका गालीद्वारा प्रेमको नयाँ  परिभाषा सम्झाइरहेथे।

În practică, metronidazolul rămâne o piesă cheie în tratamentul infecțiilor bacteriene atunci când sunt implicate anaerobe, deoarece radicalii săi activi se formează eficient doar în medii cu potențial redox scăzut. Dincolo de eticheta de „antibiotic”, dozajul Flagyl se ajustează frecvent după indicație și funcția hepatică, iar pentru detalii actualizate merită consultate informații despre Flagyl din surse clinice. Un fapt mai puțin discutat: apariția genelor nim la unele Bacteroides poate crește toleranța la nitroimidazoli, ceea ce face utilă corelarea rezultatului de laborator cu răspunsul clinic.

केहीका वर्तमान असहज छ होला यद्यपि  सङ्लो वा  धमिलो जस्तो भए पनि भविष्यको आशा त छ। कालो बादलमा चाँदीको घेरो त छ। हाम्रो के छ ? न वर्तमान छ , न भविष्य  छ।  छ त  खाली एउटा  बोझसरिको जुनी ! न चाँदीको घेरो देखिन्छ , न   आशाको फेरो।  यो निराशाको गीत भयो होला तर अहिलेको सबभन्दा चम्किलो सत्य यही हो।

केहीले त घरखेत जोड्न नसकेको पीडा पोखेका छन् तर हाम्री हजुरआमा  त यो निजी विद्यालयमा पढाउने कामलाई त कुनै काम नै मान्नुहुन्न रहेछ। काठमाडौँबाट घर फर्किदा हरेक भेटमा उहाँ ‘तँ  के काम गर्छस नाति’ भनेर सोध्नुहुन्थ्यो । म एउटा निजी विद्यालयमा पढाउँछु हजुरआमा भन्ने जवाफ दिने गर्थेँ  । ‘होइन तैंले  अझै जागिर खाको छैनस’ भनेर मलाई हप्काउनु हुन्थ्यो ।

सरकारी जागिर  र सरकारी निगाहप्रती आजका दिनसम्म पनि  नेपाली  समाजमा अति ठूलो मोह र थामिनसक्नु आकर्षण छ।  सरकारी जागिरे भैसकेपछी र हुनुअघिको सामाजिक औकात र प्रतिष्ठाको तराजु हेर्दा यो कुरामा कति दम छ भन्ने कुरा प्रमाणित हुन्छ। र नेपालको सबैभन्दा  ठुलो रोजगारदाता सरकार नै देखिन्छ। यद्यपि  विदेसिन बाध्य  लाखौं युवाहरूको दर्दभरी कहानी लेखिसाध्य छैन।

यी अभागी मास्टरहरूले पनि  सरकारी जागिरे बनेर गजक्क पर्दै देशदुनिया हाक्ने सपना देखे होलान् । पटकपटक परीक्षा पनि दिए होलान् । बुद्धि  , ढङ्ग, औकात , क्षमता र भाग्यले नदिएपछी  यी यसरी मास्टर भए हुन् । के गर्नु जिन्दगीको यो हरिप चाला सुधार्दिने विधाता कोही  हुन्न भन्ने जान्दाजान्दै पनि , हाम्रो अधोगतिको यो छनौट र प्राप्ती हाम्रै  निर्णयको परिणाम हो भन्ने जान्दाजान्दै पनि निजी विद्यालयमा  काम गर्ने तमाम शिक्षकहरूमाथी विद्यालयका साहुकारहरूले  जुन अन्याय र अत्याचार गरेका छन् , यसको न्यायपूर्ण समाधान खोजी हामीलाई इन्साफ दिलाउन सरोकारवाला सबैको ध्यान जाओस्  भन्दै निजी विद्यालयका शिक्षकलाई हेर्ने सामाजको आँखामा पनि सभ्यताको उज्यालो किरण परोस्  भन्ने कामना पनि गर्दछु।

प्रतिक्रिया दिनुहोस्