म एक सिपाही

राज्यको रक्षक अनि जनताकाे रखवाला ।

मेराे पनि मन छ मेराे पनि अात्मा छ।

मेराे अात्मा अरूकाे जस्तै काेमल छ

ढुङ्गाकाे जस्तो अात्मा भएको सिपाही नभन मलाई ।

तिम्रो मन(जनता) दुखाउनु मेराे रहर हैन बाध्यता हाे।

जब तिम्रा अाखाबाट धर धरि अाशु बग्छ

मन हुन्छ तिमी संगै बसेर म पनि अाशु बगाउ

तर

म बाध्य छु राज्यको नियमले गर्दा।

म बिबस र बाध्य छु कठाेर मन बनाउनलाई।

बाेर्डरमा खटिएको सिपाही म

राज्यको नियम पालना गर्न कठाेर भै बसेकाे छु ।

किन अायाै अाफ्नाे कार्य क्षेत्र छाेडेर

घर जान मिल्दैन बाेर्डर काटन दिनेछैन भनी तिमीलाई डर देखाउछु।

जब तिमीलाई अाखा सामुन्ने देखे

उमेरले ६०वर्ष पार गरेकाे तिमी थरथर २ हात जाेडेर रूदै कराउँदै बिलाैना गर्दै

मेराे सामु घुडा टेकेर भनिरहेकाे थियाै

सर मलाई घर जान दिनुसन म मरे नि अाफ्नै जन्मभुमिमा मर्छु भनेर।

जब उसका ति अाखाबाट बगेकाे अाशु देख्दा

मेराे मन पनि राेइरहेकाे थियाे तर पनि म कडा स्वरमा उसलाई हप्काइरहेकाे थिए।

किनकि म एक सिपाही कठाेर हुन बाध्य छु।

उसलाई सम्झाएर अझ भनिरहेको हुन्छु

तिमीलाई कुनै पनि हालतमा अाउन दिने छैन

जुन बाटाे अायाै साेहि बाटाे जाउ भनी पठाउछु।

मेराे हप्काइ र कठाेर शब्दले गर्दा

तिमी कमजाेर भएर हातका हत्केलाले

अाखाबाट निरन्तर बगिरहेको अाशुका धारा पुछ्दै

अाफ्नाे जन्म भुमि देखुन्जेल सम्म हेर्दै जान्छौ ।

उसकाे अन्तिम शब्दले म भित्र प्रश्न सिर्जना गराउछ

” सर म पनि नेपाली हाे हामी सबै दाजुभाइ हाै

तर अाज म नेपालकाे लागि किन पराई भए

तपाईंको मन ढुङ्गाकाे रहेछ भन्याे” ।

म सिपाही बाध्य छु

राज्यको नियमले उनिहरू पराई हुन भन्न सिकाएकाे छ

म सिपाहीलाई कठाेर बन्न सिकाएकाे छ ।

तर अरूकाे नजरमा म सिपाही ढुङ्गाकाे मा भएर चिनिदै छु।

मेराे पनि मन काेमल छ तर म बाध्य भएर कठाेर बन्दैछु

किनकि म एक सिपाही हाे।

– उजिता निरौला अधिकारी , सुन्दरहरैंचा,बिराटचोक ,  मोरङ्ग

Back to top button