विपद

आफ्नै मात्र सोच्न थाल्यौं

अरुको कसले सोच्छ यहाँ

विपद पर्दा चिच्याउँछौँ

गुहार कस्ले दिन्छ यहाँ

 

कान सुन्ने बहिरा हामी

हाँसेर उडाइदिन्छौं जहाँ

प्रकोपले पनि पर्खेस भनी

पखेटा फिजाउँछ त्यहाँ

 

हावा नदिने पंखा राख्छौ

खोज्छ कस्ले अब यहाँ

प्रकोप आउदा त्यही पंखाले

टाउको फुटाउँछ अब यहाँ

 

जता गयो जहाँ बस्यो

जोखिम कै मात्र माला भो

हतार हाम्रो त्यही कामले

अनमोल जीवन नै धराप भो

 

पुष्प माला उन्दा उन्दै

बारुदले उनिदिन्छौं हामी

पुजा गर्दा दिप बाल्दा

धुवा सँङ्गै उडिदिन्छौ हामी

 

बनेको छ देश हाम्रो मिलि

हिमाल ,पहाड र तराई

हुँदैन कहिले पनि

भुकम्प ,आगलागी बाढी पहिरो पराइ

 

आउँछ हल्लाइ ,उडाइ, जलाइ

भत्काइदिन्छ त्यो

घर विहिन हुन्छौं बसेर रुन्छौ

प्राणी होइन कसरी बुझ्छ त्यो

 

कति गफ मात्रै गर्दै बस्ने

उठौं सबै जना मिलि

विपतबाट बच्न

जसरी हुन्छ गरौं पुर्वतयारी।

 

                                                           (लेखक हाल भुकम्प प्रविधि राष्ट्रिय समाज नेपालमा सामाजिक विकास अधिकृत हुनुहुन्छ । )

Back to top button