काठमाडौं अन्तर्राष्ट्रिय साहित्य महोत्सव नेशनल कलेजमा

सुनिल पौडेल
सुनिल पौडेल १३ फाल्गुन २०७९, शनिबार १९:००
2 Min Read
Aa

नेशनल कलेज, धुम्बाराहीले यही फागुन १२, १३ र १४ गते काठमाडौँ अन्तर्राष्ट्रिय साहित्य महोत्सव, २०२३ आयोजना गरिरहेको छ । साहित्यले फरक भाषाहरू, फरक संस्कृति एवं परम्परा, फरक फरक कला र अनुभूति, विचार एवं भावनाको प्रस्तुतिलाई एउटै साझा मञ्च प्रदान गरी नेपाली साहित्य तथा अन्य विभिन्न विदेशी साहित्यका बीचमा अन्तरक्रिया, छलफल, आदानप्रदान तथा सम्पर्क स्थापनाको लागि मद्दत पुगोस् भन्ने उद्देश्यले यस साहित्य महोत्सवको आयोजना गरिएको हो । यसबाट प्राज्ञिक वर्ग, साहित्यिक वर्ग तथा विद्यार्थी वर्गमा समेत सकारात्मक सोच, सकारात्मक विचार एवं मानवीयताको अभिवृद्धिमा सहयोग पुग्ने विश्वास गरिएको आयोजकका तर्फबाट साहित्यकार भिष्म उप्रेती बताउनुहुन्छ । यस किसिमका कार्यक्रमहरूले साहित्यको क्षेत्रलाई आपसी छलफल, सहयोग, अनुवाद एवम् प्रकाशनको माध्यमबाट विस्तृत तथा प्रभावकारी बनाउँदै लगेर साहित्यिक निधिलाई पुस्तान्तरण गर्न समेत सहयोग पुग्ने विश्वास समेत गरिएको छ ।

यस तीन दिने कार्यक्रममा नेपाल लगायत भारत, भुटान, बङ्गलादेश, श्रीलङ्का, अफगानिस्तान÷डेनमार्क, कम्बोडिया, न्यूजिल्याण्ड, इजिप्ट र अमेरिकाका कवि÷लेखकहरूको सहभागिता रहनेछ । महोत्सवभरि सहभागी कवि÷लेखकहरूले कवितावाचन, गद्य वाचन गर्नुका साथै तीनवटा साहित्यिक छलफल कार्यक्रममा समेत सहभागिता जनाए ।

यो महोत्सव नेपाल टुरिज्म बोर्ड, प्रभू बैंक लिमिटेड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लि. ग्लोबल आइएमई बैंक लि., माछापुच्छ्रे बैंक लिमिटेड,  गरिमा विकास बैंक लिमिटेड, ज्योति विकास बंैंक लिमिटेड, कुमारी बैंक लिमिटेड, महालक्ष्मी विकास बैंक लिमिटेड, जरा फाउन्डेसन र गोर्खा फाइनान्स लिमिटेडको सहयोगमा नेशनल कलेजको सभाकक्ष, धुम्बाराही, काठमडौँमा आयोजना भइरहेको छ । यस कार्यक्रममा साहित्यमा रुचि भएका व्यक्ति तथा लेखकहरूका लागि नौलो अनुभव हुन सक्ने आयोजक बताउँछन् ।

ब्याचलर्स इन डेभलपमेन्ट फाइनान्स, ब्याचलर इन डेभलपमेन्ट स्टडिज र ब्याचलर इन सोसियल साइन्स विषयको पठनपाठन गराउने नेशनल कलेजले समय समयमा विभिन्न किसिमका सेमिनार, विचार गोष्ठी, छलफल तथा अन्तरक्रियात्मक कार्यक्रम जस्ता प्राज्ञिक गतिविधि अगाडि बढाउँदै आइरहेको छ । यस काठमाडौं अन्तर्राष्ट्रिय साहित्य महोसत्व, २०२३ दोस्रो संस्करण हो ।

प्रतिक्रिया दिनुहोस्

Array