काठमाडौं । आज एक समारोहविच नेपाल सरकार र चीनले एकैपटक सगरमाथाको उचाइ परिवर्तन भएको औपचारिक घोषणा गरेका छन् ।
अब सगरमाथाको उचाइ ८८४८.८६ मीटर पुगेको छ । परराष्ट्रमन्त्रीले नापी विभागमा आयोजित पत्रकार सम्मेलनमा उक्त विषय सार्वजनिक गरेका हुन् ।
नेपाल र चिनले छुट्टाछुट्टै रुपमा सगरमाथाको उचाइ सार्वजनिक गरेको हो । पहिले सगरमाथाको उचाइ ८८४८ मीटर कायम थियो भने अब त्यो उचाइ परिवर्तन भएको छ ।
२०७२ सालको भूकम्प पछि सगरमाथाको उचाइमा केही हेरफेर भयो कि भन्ने नापी विभागको अनुमानपछि सर्वाेच्च शिखर सगरमाथाको उचाइ नापिएको हो ।
आर्थिक वर्ष ७५÷७६ बाट मापन कार्य सुरु गरिएको र करौडौं रुपयाँ खर्च गरिएको उक्त कार्यक्रमलाई मन्त्रिपरिषद्को हालसालै बसेको बैठकले समेत स्वीकृती दिएको हो । २०७६ सालमा चिनका राष्ट्रपति सि चिङ फिङको नेपाल भ्रमणको क्रममा संयुक्त रुपमा सगरमाथाको उचाइ घोषणा गर्ने सहमति भएको थियो । त्यही सहमति बमोजिम नेपाल तथा चीनका सरकारी टोली सगरमाथाको उचाई नाप्ने काममा खटिएका थिए ।
सन् १९५४ मा मापन गरिएको सगरमाथाको उचाई ८८४८ मि. सर्भे अफ इन्डियाले गरेको थियो र यो मापन अब परिवर्तन भएको छ ।
प्रतिक्रिया दिनुहोस्